भारतीय एक्जिम बैंकको ऋण : कडा शर्तले खर्च गर्नै गाह्रो

काठमाडौं । कडा शर्तका कारण सडक पूर्वाधार निर्माणका लागि भारतीय एक्जिम बैंकबाट स्वीकृत ऋण परिचालनमा समस्या देखिएको छ । भारतीय एक्जिम बैंकसँग चार चरणमा गरी सडक पूर्वाधारको लागि ९२ करोड १ लाख डलर ९१ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी० सहुलियत ऋण लिन सरकारले विभिन्न समयमा सम्झौता गरेको छ । तर, सरकारले हालसम्म २३ अर्ब ५३ करोड रुपैयाँ ९१९ करोड ५६ लाख २६ हजार डलर० ऋण लिएर सम्झौतामा उल्लिखित पूर्वाधारमा खर्च गरेको छ ।  सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयका अनुसार पहिलो चरणअन्तर्गतको काम सकिए पनि दोस्रो र तेस्रो चरणको ऋण परिचालन कमजोर छ । एक्जिम बैंकले चौथो चरणमा दिने भनेको ऋण अहिलेसम्म दिएकै छैन ।  भारत सरकारको स्वामित्वमा रहेको एक्जिमको ऋणमा सञ्चालित परियोजनामा ठेक्काको नेतृत्व भारतीय कम्पनीले गर्नुपर्ने, ठेक्काको ५१ प्रतिशत शेयर भारतीय ठेकेदारकै हुनुपर्ने जस्ता जटिल शर्त छन् । ती आयोजनामा आवश्यक पर्ने निर्माण सामग्री पनि ५० प्रतिशत भारतीय नै हुनुपर्ने शर्त छ । यस्तै शर्तका कारण सबै आयोजनामा भारतीय ठेकेदार निर्णायक हुने गरी ठेक्का लगाइएको छ । कतिपय भारतीय ठेकेदार कम्पनीले काम नगर्दा उक्त ऋणमा सञ्चालित परियोजना अलपत्र छन् । कोभिड–१९ महामारी र अदालतको आदेशले पनि उक्त ऋणअन्तर्गतका आयोजना निर्माणको काम प्रभावित भएको निर्देशनालयका आयोजना निर्देशक रोहितकुमार बिसुराल बताउँछन् । नेपालले ऋणको शर्त पुनरवलोकन गर्न बारम्बार पहल गरे पनि भारतले चासो नदिएको अर्थ मन्त्रालयका उच्च अधिकारी बताउँछन् । निर्देशनालयबाट प्राप्त तथ्यांकअनुसार १४ डिसेम्बर २००७ को सम्झौताअनुसार पहिलो चरणमा एक्जिम बैंकको ऋणबाट १२ ओटा ठेक्काअन्तर्गतको काम पूरा भएको छ । यस चरणमा ५ करोड अमेरिकी डलर नेपालले खर्च गर्नुपर्नेमा ४ करोड ७६ लाख डलर ऋण लिएर सडक पूर्वाधारमा खर्चेको छ । यो ऋणबाट शतप्रतिशत भौतिक प्रगति हासिल भएको छ ।  २१ अक्टोबर २०११ को सम्झौताअनुसार दोस्रो चरणमा एक्जिम बैंकले ७ करोड ४७ लाख २० हजार डलर नेपालको सडक पूर्वाधारमा खर्च गर्न सहुलियत ऋण दिएको थियो । त्यसमध्ये ५ करोड ९० लाख ६ हजार डलर खर्च भएको छ । यो कुल ऋणको ८४ प्रतिशत हो । उक्त ऋणबाट दोस्रो चरणमा १७ ठेक्का लगाइएकोमा सातओटा निर्माणाधीन छन् । आठओटा पूरा भएको छ । दुईओटा ठेक्का तोडिएका छन् । यो ऋणबाट बन्नुपर्ने परियोजनाहरूको भौतिक प्रगति करीब ९० प्रतिशत छ ।  सहुलियत ऋण लिएर विस्तार शुरू गरिएको रानीपौवा–त्रिशूली र घोराही–होलेरी सडक खण्डमा ठेक्का लागे पनि शर्तअनुसार काम नभएपछि विभागले सम्झौता तोडेको बिसुरालले बताए । सम्झौता तोडेपछि निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी अदालत गयो । उक्त मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ । सडकको काम अलपत्र छ ।  यस्तै, २५ नोभेम्बर २०१४ को सम्झौताअनुसार तेस्रो चरणमा नेपाललाई एक्जिम बैंकले सडक पूर्वाधारमा खर्च गर्नुपर्ने गरी ३४ करोड ४ लाख २० हजार डलर ऋण दियो । त्यसमध्ये ८ करोड ६९ लाख डलर मात्रै ऋण परिचालन भएको निर्देशनालयका सिनियर डिभिजन इन्जिनीयर शिवलाल दाहालले जानकारी दिए । उनका अनुसार तेस्रो चरणअन्तर्गत १४ ओटा ठेक्का लागेका छन् । ११ ठेक्का चालू अवस्थामा छन् । तीन आयोजना निर्माणको चरणमा जाँदै छन् । यी आयोजनाको बजेट पनि समयमै खर्च भएको छैन । १६ सेप्टेम्बर २०१६ मा एक्जिम बैंकले सडक पूर्वाधार निर्माणका लागि ४५ करोड ५० लाख डलर सहुलियत ऋण दिने सम्झौता भएको छ । उक्त ऋण नेपालले अहिलेसम्म लिएको छैन । ऋण लिन नेपालका तर्फबाट बारम्बार प्रयास भइरहे पनि अहिलेसम्म पाउन नसकेको अर्थ मन्त्रालय स्रोतले बतायो । एक्जिम बैंकबाट लिएको ऋणमा नेपालले वार्षिक १ दशमलव २५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने शर्त छ । त्यो ब्याजदर पनि अन्य दातृ निकायको तुलनामा बढी रहेको अधिकारी बताउँछन् ।  ‘कडा शर्तले ऋण परिचालनमा ठूलो समस्या देखिएको छ,’ अर्थ मन्त्रालयका एकजना उच्च अधिकारीले भने, ‘मन्त्रालयबाट बारम्बार लबिङ भइरहेको छ । तर, भारतीय पक्षले चासो देखाएको छैन ।’ नेपाल सरकारका पूर्वसचिव किशोर थापा एक्जिम बैंकसँग ऋण लिँदा नै कमजोरी भएको बताउँछन् । उनका अनुसार ऋण दिनेले कडा शर्त राख्छ । त्यसमा विचार गर्ने जिम्मेवारी नेपाली अधिकारीकै हो । ‘विकास सहायता नेपाललाई आवश्यक पर्छ भन्दैमा कडा शर्त स्वीकार्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘हरेक ऋणमा राष्ट्र हितलाई ध्यानमा राख्नुपर्छ ।’ थापाका अनुसार त्यसबाट सम्बद्ध आयोजना त प्रत्यक्ष प्रभावित हुन्छ नै, यसले मुलुकलाई नै दीर्घकालीन समस्यामा पार्छ । नेपालले ऋण लिँदा शर्तका कारण बेहोर्नुपरेको समस्या समाधान गर्न उच्चस्तरको लबिङ गर्नुपर्ने उनी बताउँछन् ।

सम्बन्धित सामग्री

बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि नपाउने र कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । अर्थमन्त्रीले भन्नुभयोे, असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ । “बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन, कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्छ” । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले …

बैंकको ऋण लिनेले तिर्दिन भन्न मिल्दैन : अर्थमन्त्री

६ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन् । शंखधर दिवसको अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताएका हुन् । ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन […]

बैंकहरूले अझै पनि गरिबलाई ऋण दिएका छैनन्ः ओली

‘बैंकहरूले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उसकहाँ बैंकको ऋण पुग्दैपुग्दैन,' ओलीले भने, 'जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ ।'

माथिल्लो बलेफी आयोजनाले बैंकको ऋण चुक्ता गर्ने लक्ष्यसहित हकप्रद ल्याउने

काठमाडौँ । माथिल्लो बलेफी–ए जलविद्युत आयोजनाले बैंकको ऋण चुक्ता गर्न हकप्रद जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअनुसार जारी हुने हकप्रद सेयरले बैंकको कर्जा चुक्ता गर्ने छ । कम्पनीले नेपाल स्टक

सवा दुई अर्ब भारतीय ऋण लगानीको सडक आयोजनाको काम सुस्त

भारतीय एक्जिम बैंकको ऋण सहयोगमा निर्माणाधीन सहजपुर–बोगटान सडकको प्रगति निराशाजनक छ । ३० महिनाभित्र निर्माण गरिसक्ने सम्झौता भएको ३८ महिना बित्दा भौतिक प्रगति भने ५३ प्रतिशत मात्र पूरा भएको छ । काम...

दशैंपछि बैंकको ऋण लगानी ठप्प

८ असोज, काठमाडौं । दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् […]

मेगा बैंकको ऋण अटोमेसन प्रणाली सुरू

मेगा बैंकले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्ने दुवै संस्थाले जनाएका छन् ।मेगा बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर […]

विद्युत् कम्पनीले बैंकको ऋण तिर्न हकप्रद जारी गर्न पाउने

काठमाडौं, जेठ १२ । अब विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद (राइट) शेयर निष्कासन गर्न पाउने भएका छन् । यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाउँथे । अब भने बैंकको ऋण तिर्नका लागि पनि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् […]

विद्युत् कम्पनीले बैंकको ऋण तिर्न हकप्रद जारी गर्न पाउने

काठमाडौं । अब विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद (राइट) शेयर निष्कासन गर्न पाउने भएका छन् । यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाउँथे । अब भने बैंकको ऋण तिर्नका लागि पनि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको छ । आयोगले विद्युत् कम्पनीको शेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा सरोकारवालाको राय सुझाव संकलन गरिरहेको छ । त्यसपश्चात् उक्त निर्देशिकाको संशोधित मस्यौदाले अन्तिम रूप पाउने आयोगका सदस्य रामप्रसाद धितालले बताए । ‘हामीले यही व्यवस्था गर्न नै निर्देशिका संशोधन गर्न लागेका हौं । संशोधनको आवश्यक प्रक्रिया सकिएर लागू भएपछि विद्युत् कम्पनीहरूले बैंकको ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न पाउनेछन्,’ उनले भने, ‘यस सम्बन्धमा हामीले नेपाल धितोपत्र बोर्डसँग छलफल गरिसकेका छौं । यस सम्बन्धमा निकट भविष्यमा कुनै कानूनी समस्या पनि आउने छैनन् ।’ मस्यौदाअनुसार कम्पनीहरूले बैंकको ऋण तिर्ने प्रयोजन नै भनेर पूर्वस्वीकृतिका लागि आयोगमा आवेदन दिन सक्नेछन् । कम्पनीले आयोगबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न सक्नेछन् । यसरी उठाइएको रकम अन्य प्रयोजनमा खर्च गर्न नपाइने आयोगका सदस्य धितालको भनाइ छ । ‘बैंकको ऋण तिर्ने भनेर हकप्रद शेयर जारी गरेपछि अन्य प्रयोजनमा त्यो रकम खर्च गर्न भने पाइँदैन । सम्बद्ध कम्पनीले हकप्रद शेयर बाँडफाँट भएको ३० दिनभित्र नै बैंकको ऋण तिरेको प्रमाणपत्र आयोगमा बुझाउनुपर्ने छ,’ उनले भने । सबै कम्पनीहरूले ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न भने पाउने छैनन् । आयोगले तोकेको मापदण्ड पूरा भएका कम्पनीले मात्र यो सुविधा पाउनेछन् । यस्तो हकप्रद शेयर निष्कासन गर्न चाहने कम्पनीले विगत ३ वर्षदेखि शेयरधनीलाई लाभांश दिएको हुनुपर्ने छ । साथै, बैंक ऋणको किस्ता पनि नियमित तिरेको हुनुपर्नेछ । तोकिएका मापदण्डहरू पुग्ने कम्पनीले मात्रा बैंकको ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव गरिएको धितालले बताए । आयोगले २ वर्षअघि नै यस्तो व्यवस्था गर्न खोजेको थियो । तर, त्यसबेला प्राविधिक समस्या भएपछि आयोगले यस्तो व्यवस्था गर्न सकेको थिएन । त्यसबेला अधिकांश विद्युत् उत्पादनसम्बन्धी कम्पनीको शेयर मूल्य आधार मूल्य अर्थात् रू. १०० भन्दा पनि कम थियो । त्यो अवस्थामा हकप्रद शेयर विक्री गर्दा शेयरधनीलाई पनि मर्का हुने समस्या थियो । साथै, धितो बजारसम्बन्धी नीतिसँग पनि बाझिने समस्या थियो । त्यस कारण आयोगले पहिला नै यस्तो व्यवस्था गरेको थिएन । ‘तर, अहिले विद्युत् कम्पनीहरूको शेयर मूल्य पनि बढ्दो क्रममा छ । साथै, धितोपत्र बोर्डसँग आवश्यक समन्वय गरिसकेका छौं,’ आयोग सदस्य धितालले भने, ‘निर्देशिकाको प्रथम संशोधन लागू भएपछि मापदण्ड पुग्ने कम्पनीले यो सुविधा उपभोग गर्न सक्नेछन् ।’ अहिले केही कम्पनीहरू बैंकको ऋण तिर्न नसकेर प्रभावित भएका छन् । साथै, कम्पनीको आम्दानीको अधिकांश अंश बैंकको ऋण तिर्नमा नै जाने गर्छ । यस अवस्थामा हकप्रदबाट पनि बैंकको ऋण तिर्ने व्यवस्था गर्दा कम्पनीको वित्तीय अवस्था सुदृढ बनाउन सहयोग पुग्ने आयोगको अपेक्षा रहेको छ ।

बैंकको ऋण लिँदा विचार पुर्‍याउनुपर्ने कुरा

सामान्यतः भविश्यमा भुक्तान गर्ने गरी लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । ऋण लिने व्यक्तिलाई ऋणी भनिन्छ । कर्जा प्रवाह गर्नु बैंकको प्रमुख कार्य हो । सरकारले नै बैंकलाई कानुनी परिधिभित्र रहेर समाजमा तरलता आपूर्ति गर्ने जिम्मा सुम्पेको हुन्छ । देश र समाजमा पर्याप्त तरलता आपूर्ति भएमा उद्योग र व्यापारको विस्तार र विकास हुन्छ । […]