सोलारबाट उत्पादित ५ मेगावाट विद्युत् प्रसारणलाइनमा जोडियो

नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गरेकी हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जाको विकास सम्भव रहेको बताईन्। सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री भुसालले भनिन्, “हामीसँग ठूलो स्रोत छ, तर सँगसँगै मिश्रित नीतिको ऊर्जामा पनि गएका छौँ ।” मन्त्री भुसालले राज्यको तर्फबाट सातै प्रदेशमा जलाशययुक्त आयोजना उत्पादन गर्ने निर्णय गरिएको र प्रदेश नम्बर २ मा २०० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने निर्णय भएको जानकारी दिईन्। गरिबीको रेखामुनि रहेका जनतालाई २० युनिटसम्म निःशुल्क गर्ने निर्णय गरिएको र त्यसबाट २८ लाख परिवारका एक करोड ४० लाख जनता लाभान्वित हुने उल्लेख गरिन्।विद्युत् दर महँगो रहेको उल्लेख गर्दै मन्त्री भुसालले यसलाई न्यूनीकरणका लागि सरकारले निर्णय गरेको मन्त्री भुसालले बताईन्। “अब हाम्रो भान्सामा विद्युतीय चुलोको प्रयोग गरौँ, यसले हाम्रो अर्थतन्त्रको विकास हुन्छ”, उन्भल भनिन्, “सँगसँगै व्यापार घाटा पनि न्यूनीकरणमा सहयोग पुग्छ ।”जलाशययुक्त आयोजनालाई प्राथमिकता दिएको चर्चा गर्दै मन्त्री भुसालले प्रदेश नम्बर १ मा दूधकोशी, प्रदेश नम्बर २ मा सोलार, गण्डकी प्रदेशमा बूढीगण्डकी, लुम्बिनीमा नौमुरे, कर्णालीमा नलसिंगाढ र सुदूरपश्चिममा पश्चिम सेती आयोजना निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिईन् ।सन् २०१७ बाट निर्माण सुरु भएको परियोजना कोभिडका कारण ढिलाइ भएको प्रालिका अध्यक्ष मोहन गुरुङले जानकारी दिए  । “कोभिड सङ्क्रमण र निषेधाज्ञाका कारण तोकिएकै समयमा विद्युत् उत्पादन गर्न सकेनौँ, तर ढिलै भए पनि सोलारबाट विद्युत् उत्पादन गर्न सफल भएका छौँ”, गुरुङले भने, “सोलार आयोजना निर्माण गर्न सबैको सकारात्मक सहयोग प्राप्त भयो ।”कम्पनीले निकट भविष्यमा १५ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । गुरुङका अनुसार म्याग्दी जिल्लामा १२ र तनहुँ जिल्लामा थप तीन मेगावाट विद्युत् उत्पादन गर्ने सोच लिइएको छ । आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी गरेको छ । रु ४३ करोडको लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामा डोल्मा इम्प्याक्ट फण्ड र स्थानीय केही व्यवसायीको पनि लगानी रहेको छ ।प्रालिका प्रमुख कार्यकारी अधिकृत एलएन पाण्डेले सरकारले मिश्रित ऊर्जा प्रणालीको अवधारणा ल्याएपछि सोलार परियोजना सुरु गरिएको जानकारी दिए  । सोलार परियोजना जलविद्युत्को तुलनामा एक तिहाइ कम लगानी हुने भएपछि सोलार परियोजनालाई जोड दिइएको कार्यक्रममा पाण्डेले बताए  ।डोल्मा इम्प्याक्ट फण्डका सञ्चालक एवं प्रालिका सञ्चालक विद्यावारिधी सिग्देलले नेपालमा नवीकरणीय ऊर्जा, सोलार, जलविद्युत्मा लगानी गरिएको जानकारी दिए  । उक्त फण्डबाट ७५ मिलियन अमेरिकी डलर पुँजी परिचालन गरिएको छ । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले सबैको सहयोगबाट सौर्य परियोजना निर्माण सम्पन्न भएकामा धन्यवाद ज्ञापन गरे।आयोजनामा १३ हजार ५०० सौर्य प्यानल जडान गरिएको छ । प्रालिले बेलचौतारास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा भाडामा लिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउनमा विद्युत् खरिद सम्झौता (पिपिए) हुँदा आयोजनाबाट विसं २०७६ साउनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत् दमौली सवस्टेसनमा जोडिने भनिएको थियो । अहिले ५०० मिटर दूरीको बेलचौतारा सवस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ ।भारतको रेनेर्गो कम्पनीले सोलार परियोजना निर्माण गरेको हो । सोलार परियोजना नेपालकै नमूना भएको कम्पनीले जनाएको छ । विश्वका उच्च प्राविधिको उपकरण यहाँ जडान गरिएको बताइएको छ । आयोजनाबाट दैनिक करिब २४ हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट रु ७.३० मा खरिद गर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो ।

सम्बन्धित सामग्री

१० मेगावाट सोलार विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

सोलुखोला । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो ।

राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो सोलारको १७ मेगावाट बिजुली

नुवाकोट । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सोलार आयोजनामा १७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणाली ग्रिडमा थपेको छ । सोलार आयोजनाले हालै उक्त विद्युत् ग्रिडमा थपिएको जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको हो । २५ मेगावाट जडित क्षमता रहेको आयोजनामा ८ मेगावाटको काम भइरहेको छ । नयाँ वर्षबाट […]

३ जलविद्युत् आयोजनाको १०.६ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडियो

माघ ८, खोटाङ । खोटाङका तीन ओटा जलविद्युत् आयोजनाबाट उत्पादित् १० दशमलव ६ मेगावाट(मेवा) विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना र मेवाखोला हाईड्रोपावरगरी १० दशमलव ६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।            हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६ दशमलव ६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा–७ सुङ्देलको सीमानामा पर्ने रावा खोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ ।            जिल्लाका फरक–फरक तीन ओटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् नेपाल विद्युत् प्राधिकरणको जलजले–बुइपा ३३ केभी प्रशारणलाइनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।            साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएसँगै गत मङ्सिर–१४ गतेदेखि परीक्षण उत्पादन शुरु गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताए। साप्सुखोला जलविद्युत् आयोजना हिमालयन बैङ्क र राष्ट्रिय बाणिज्य बैङ्कले ६५ प्रतिशत ऋण तथा सञ्चालकको ३५ प्रतिशत स्वपूजी लगानीगरी करीब १ अर्ब ५० करोड रुपैयाँ खर्चमा सञ्चालनमा ल्याइएको हो ।            राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत् २ दशमलव ५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ । प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले विद्युत् तथा बाटो मर्मतको माग गरेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका मनोज राईले बताए ।            उता, रावाखोलाको पानीलाई सुङ्देलको बिहीवारेमा निर्माण गरिएको हेडड्रेसबाट २ हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत् उत्पादन गरिएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएसँगै नेपाल विद्युत् प्राधिकरण खोटाङले जिम्मा लिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताए।            राष्ट्रिय बाणिज्य बैङ्कको ७० प्रतिशत र प्रर्द्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशतगरी करीब ६० करोड रुपैयाँको लागतमा माथिल्लो रावाखोला जलविद्युतको काम सम्पन्न भएको बताइएको छ । विसं २०६८ सालदेखि उत्पादनको पहल थालिए पनि विसं २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको लागि कन्ट्रक्सन निर्माणको काम शुरु गरिएको थियो ।            यता, समुदायको ३० प्रतिशत तथा सानिमा बैङ्कको ६० र बैङ्क अफ काठमाण्डूको ४० प्रतिशतगरी करीब २२ करोड रुपैयाँको लागतमा उत्पादित मेवाखोला हाईड्रोपावर विसं २०७२ मङ्सिरदेखि सञ्चालनमा ल्याएको साप्सु–कालिका हाईड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । मेवाखोलाबाट उत्पादित विद्युत् जिल्लाका अन्य जलविद्युत् आयोजनाभन्दा पहिले केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।            १० ओटा स्थानीय तह रहेको जिल्लामा अहिले तीन मेगावाट विद्युत् खपत भइरहेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताए ।  दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा विसं २०६८ जनगणनाअनुसार ४२ हजार ६४७ घर बसोबास गर्छन् । उक्त तथ्याङ्कको आधार मानेर हेर्ने हो भने, खोटाङमा आधाभन्दा बढी घरधुरीमा केन्द्रीय प्रशारणलाइनको विद्युत् पुगेको छैन ।            यद्यपि, जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रशारणलाइनको विद्युत् विस्तार भएको पाइएको छ । केन्द्रीय प्रशारणलाइनका विद्युत् नपुगेका ठाउँमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत् खपत भइरहेको छ । रासस

राष्ट्रिय प्रसारण लाइनमा जोडियो साप्सु खोलाको बिजुली

खोटाङको साप्सु खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । साप्सु खोलाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।  ६.६  मेगावाट  क्षमताको  साप्सु  खोला  जलविद्युत् आयोजनाको  पावर  हाउस  जिल्लाको  हलेसी  तुवाचुङ नगरपालिका–११,  राजापानीमा  रहेको  छ ।   आयोजनामा हिमालयन  बैङ्क  र  राष्ट्रिय  वाणिज्य  बैङ्कको...

६.६ मेगावाटको साप्सु खोला जलविद्युत आयोजना राष्ट्रिय प्रशारणलाईनमा जोडियो

खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारणलाईनमा जोडिएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाईनमार्फत नेशनल ग्रिडमा जोडिएको हो ।थ्रिस्टार हाइड्रो पावर कम्पनी लिमिटेडले करिब १ अर्ब ५० करोड खर्चमा दुई वर्षमा अर्धजलाशययुक्त साप्सु खोला जलविद्युत आयोजनाको काम पुरा गरेको हो । आयोजनाको काम सम्पन्न भएसँगै गत १४ मङ्सिरदेखि परीक्षण उत्पादन सु

राष्ट्रिय प्रसारण लानइनमा जोडियो २५ मेगावाट सिंगटी आयोजना

२५ मेगावाटको सिंगटी जलविद्युत् आयोजनकोे विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले तयार गरेको सिंगटी–लामोसाँघु १३२ केभीको प्रसारणलाइन चार्ज भएसँगै सिंगटीको विद्युत् जोडिएको हो ।सिंगटी–लामोसाँघु प्रसारणलाइन बिहीबारदेखि चार्ज भएको हो । प्रसारण लाइनको सिंगल सर्किटको सफल परीक्षणसँगै शुक्रबारदेखि सिंगटी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् परीक्षणको रूपमा प्रसारण लाइनमा जोडिएको हो । सिंगटी […]

मिस्त्रीखोलामा उत्पादित विद्युत् जोडियो राष्ट्रिय प्रशारण लाईनमा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्त्र«ीखोला जलविद्युत् आयोजनाको उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना माउन्टेन इनर्जी नेपालले निर्माण गरेकोे हो ।कालिगण्डकी करिडोर प्रसारण आयोजनाअन्तर्गत दानामा निर्माण भएको सबस्टेसन मार्फत आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोडिएको आयोजनाका आवासीय इन्जिनियर दिवाकर खड्काले जानकारी दिए । आयोजनाको तीनवटै युनिटबाट […]

मिस्ट्री खोलाको ४२ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा जोडियो

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित ४२ मेगावाट विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। निजी क्षेत्रको लागानीमा निर्माण भएको उक्त आयोजनाबाट उत्पादित विद्युत् १५ दिनसम्म परीक्षणको रुपमा उत्पादन भएपछि व्यावसायिक उत्पादन हुने आयोजनाले जनाएको छ।माउन्टेन इनर्जी नेपालले निर्माण गरेको उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिका–३ दानास्थित सबस्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाएको हो। आयोजनाका आवासीय इञ्जिनियर दिवाकर