३ जलविद्युत् आयोजनाको १०.६ मेगावाट विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडियो

माघ ८, खोटाङ । खोटाङका तीन ओटा जलविद्युत् आयोजनाबाट उत्पादित् १० दशमलव ६ मेगावाट(मेवा) विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना र मेवाखोला हाईड्रोपावरगरी १० दशमलव ६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।            हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६ दशमलव ६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा–७ सुङ्देलको सीमानामा पर्ने रावा खोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ ।            जिल्लाका फरक–फरक तीन ओटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् नेपाल विद्युत् प्राधिकरणको जलजले–बुइपा ३३ केभी प्रशारणलाइनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।            साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएसँगै गत मङ्सिर–१४ गतेदेखि परीक्षण उत्पादन शुरु गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताए। साप्सुखोला जलविद्युत् आयोजना हिमालयन बैङ्क र राष्ट्रिय बाणिज्य बैङ्कले ६५ प्रतिशत ऋण तथा सञ्चालकको ३५ प्रतिशत स्वपूजी लगानीगरी करीब १ अर्ब ५० करोड रुपैयाँ खर्चमा सञ्चालनमा ल्याइएको हो ।            राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत् २ दशमलव ५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ । प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले विद्युत् तथा बाटो मर्मतको माग गरेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका मनोज राईले बताए ।            उता, रावाखोलाको पानीलाई सुङ्देलको बिहीवारेमा निर्माण गरिएको हेडड्रेसबाट २ हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत् उत्पादन गरिएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएसँगै नेपाल विद्युत् प्राधिकरण खोटाङले जिम्मा लिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताए।            राष्ट्रिय बाणिज्य बैङ्कको ७० प्रतिशत र प्रर्द्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशतगरी करीब ६० करोड रुपैयाँको लागतमा माथिल्लो रावाखोला जलविद्युतको काम सम्पन्न भएको बताइएको छ । विसं २०६८ सालदेखि उत्पादनको पहल थालिए पनि विसं २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको लागि कन्ट्रक्सन निर्माणको काम शुरु गरिएको थियो ।            यता, समुदायको ३० प्रतिशत तथा सानिमा बैङ्कको ६० र बैङ्क अफ काठमाण्डूको ४० प्रतिशतगरी करीब २२ करोड रुपैयाँको लागतमा उत्पादित मेवाखोला हाईड्रोपावर विसं २०७२ मङ्सिरदेखि सञ्चालनमा ल्याएको साप्सु–कालिका हाईड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । मेवाखोलाबाट उत्पादित विद्युत् जिल्लाका अन्य जलविद्युत् आयोजनाभन्दा पहिले केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।            १० ओटा स्थानीय तह रहेको जिल्लामा अहिले तीन मेगावाट विद्युत् खपत भइरहेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताए ।  दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा विसं २०६८ जनगणनाअनुसार ४२ हजार ६४७ घर बसोबास गर्छन् । उक्त तथ्याङ्कको आधार मानेर हेर्ने हो भने, खोटाङमा आधाभन्दा बढी घरधुरीमा केन्द्रीय प्रशारणलाइनको विद्युत् पुगेको छैन ।            यद्यपि, जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रशारणलाइनको विद्युत् विस्तार भएको पाइएको छ । केन्द्रीय प्रशारणलाइनका विद्युत् नपुगेका ठाउँमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत् खपत भइरहेको छ । रासस

सम्बन्धित सामग्री

राहुघाटको दोस्रो र तेस्रो सुरुङ जोडियो

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दोस्रो र तेस्रो अडिट (सुरुङमा पस्ने पहुँचमार्ग) सुरुङ बुधबार जोडिएको छ ।  रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत जनप्रतिनिधि, आयोजना, निर्माण...

दोर्दी कोरिडोरबाट ७२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

लमजुङ– जलविद्युत् आयोजनाको हब बन्दै गएको लमजुङस्थित दोर्दी कोरिडोरबाट ७२ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका चार आयोजनाबाट यतिबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।  दोर्दी करिडोर क्षेत्रका आयोजनाको बिजुली प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् […]

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ । चालु आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो । त्यसमा रसुवागढी आयोजनाबाट कूल १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीबाट ३७ मेगावाट, राहुघाटबाट ४० मेगावाट, मध्यभोटेकोसीबाट १०२ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट एक हजार ५५ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको भए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको उक्त सर्वेक्षणमा उल्लेख छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विवरणअनुसार राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ४२.६८, माथिल्लो त्रिशुली थ्री बीको भौतिक प्रगति ६१.५, रसुवागढी आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत, माथिल्लो साञ्जेनको ९३ प्रतिशत, तल्लो साञ्जेनको भौतिक प्रगति ८६ प्रतिशत र मध्यभोटेकोसीको भौतिक प्रगति ८० प्रतिशत बराबर छ । सो अवधिमा ५०० घरधुरीमा निःशुल्क बिजुली मिटर जडान र थप पाँच–पाँच जिल्लामा विद्युतीकरण सम्पन्न भएको छ । चालु आवमा उखुको बगासबाट तीन मेगावाट बिजुली र सौर्य ऊर्जाबाट १४ मेगावाट गरी थप १७ मेगावाट बिजुली उत्पादन भएको छ । त्यस्तै, ७२ हजार थान थ्री फेज स्मार्ट मिटर खरिद गरिएको, हालसम्म ४३ हजार ९३० थान प्रतिस्थापन गरी एएमआई प्रणालीमा जोडिएको छ । त्यस्तै, २४ हजार ९३९ थान नयाँ ग्राहकमा जडान भएको छ । चालु आवको फागुन मसान्तसम्म १७ लाख ५३ हजार ६४२ व्यवसायी स्थायी लेखानम्बर जारी भएको, २९ लाख चार हजार ७७१ व्यक्तिगत लेखा नम्बर, दुई लाख ९० हजार ८२६ मूल्यअभिवृद्धि कर र एक लाख १४ हजार ८८३ अन्तःशुल्कमा दर्ता भएका छन् ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो साप्सु खोलाको बिजुली

खोटाङको साप्सु खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । साप्सु खोलाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।  ६.६  मेगावाट  क्षमताको  साप्सु  खोला  जलविद्युत् आयोजनाको  पावर  हाउस  जिल्लाको  हलेसी  तुवाचुङ नगरपालिका–११,  राजापानीमा  रहेको  छ ।   आयोजनामा हिमालयन  बैङ्क  र  राष्ट्रिय  वाणिज्य  बैङ्कको...

रामेछापबाट ५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

लिखु नदीको पानी प्रयोग गरी अन्य ६ वटा आयोजना समेत निर्माणाधीन अवस्थामा छन् । लिखु १, २, ३ र लिखु ए जलविद्युत् आयोजना निर्माणको अन्तिम तयारीमा छन् ।

राष्ट्रिय प्रसारण लानइनमा जोडियो २५ मेगावाट सिंगटी आयोजना

२५ मेगावाटको सिंगटी जलविद्युत् आयोजनकोे विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले तयार गरेको सिंगटी–लामोसाँघु १३२ केभीको प्रसारणलाइन चार्ज भएसँगै सिंगटीको विद्युत् जोडिएको हो ।सिंगटी–लामोसाँघु प्रसारणलाइन बिहीबारदेखि चार्ज भएको हो । प्रसारण लाइनको सिंगल सर्किटको सफल परीक्षणसँगै शुक्रबारदेखि सिंगटी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् परीक्षणको रूपमा प्रसारण लाइनमा जोडिएको हो । सिंगटी […]

माथिल्लो तामाकोसीको ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । दोलखाको विगू गाउँपालिका लामाबगरमा निर्माण भएको ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । दोस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट १५२ मेगावाट विद्युत् उत्पादन भइरहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले जनाएको छ । अब हरेक […]

मिस्त्रीखोलामा उत्पादित विद्युत् जोडियो राष्ट्रिय प्रशारण लाईनमा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्त्र«ीखोला जलविद्युत् आयोजनाको उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना माउन्टेन इनर्जी नेपालले निर्माण गरेकोे हो ।कालिगण्डकी करिडोर प्रसारण आयोजनाअन्तर्गत दानामा निर्माण भएको सबस्टेसन मार्फत आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोडिएको आयोजनाका आवासीय इन्जिनियर दिवाकर खड्काले जानकारी दिए । आयोजनाको तीनवटै युनिटबाट […]

मिस्ट्रीखोला जलविद्युत् आयोजना केन्द्रीय प्रणालीमा जोडियो

प्रताप बानियाँ, म्याग्दी ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्ट्रीखोलाबाट उत्पादित विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । माउन्टेन इनर्जी प्रालि नेपालले बनाएको आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको आयोजनाले जनाएको छ । आयोजनाको पावर हाउसभित्र रहेका तीनवटै युनिटबाट […]

मिस्ट्री खोलाको ४२ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा जोडियो

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित ४२ मेगावाट विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। निजी क्षेत्रको लागानीमा निर्माण भएको उक्त आयोजनाबाट उत्पादित विद्युत् १५ दिनसम्म परीक्षणको रुपमा उत्पादन भएपछि व्यावसायिक उत्पादन हुने आयोजनाले जनाएको छ।माउन्टेन इनर्जी नेपालले निर्माण गरेको उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिका–३ दानास्थित सबस्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाएको हो। आयोजनाका आवासीय इञ्जिनियर दिवाकर