सेवाग्राहीद्वारा तिलोत्तमा-१ को कार्यालयमा तालाबन्दी

रुपन्देहीको तिलोत्तामा नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । नयाँ जनप्रतिनिधि आएपनि अत्यावश्यक काम नभएको भन्दै मंगलबार सेवाग्राहीले तालाबन्दी गरेका हुन् ।वडाका अध्यक्ष फसुराम गिरी आफू कार्यालय नआएको र अरुलाई पनि कार्यवाहकको जिम्मेवारी नदिएको सेवाग्राहीले बताएका छन् । उनलाई  पटक पटक फोन गर्दा पनि फोन नउठाउने र फोन काट्ने गरेपछि वाध्य भएर तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले  रातोपाटीलाई बताए ।उनले उक्त वडाको डाईभर टोलमा चौकिल्ला बनाउनका लागी &n

सम्बन्धित सामग्री

सचिव निकाल्न अध्यक्षले गरे वडा कार्यालयमा तालाबन्दी

दोलखा : दोलखाको कालिन्चोक गाउँपालिका–५, का अध्यक्षले कार्यालयमा तालाबन्दी गरेर वडा सचिव निकालेका छन्। वडा अध्यक्ष सहदेव खड्काले वडा सचिव बन्दना मल्ललाई हाजिर नहुनु भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।वडा सचिव मल्ललाई निकाल्न वडा अध्यक्ष खड्काले नयाँ तालाचाबी किनेर कार्यालयमा तालाबन्दी गरेका थिए। ‘तपाई अब कार्यालयमा हाजिर नहुनु, आजदेखि नयाँ ताला लगाउँछु’, भन्दै उनले मल्ललाई वडा कार्यालयबाट निकालेको प्रत्यक्षदर्शीले बताए।वडाबाट अपमानजनक रुपमा निकालिएपछि मल्लले वडा कार्यालयम

कांग्रेस इटहरीको पार्टी कार्यालयमा तालाबन्दी

इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाका उपसभापति बालकृष्ण विष्टको नेतृत्वले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । मंगलबार बिहान विष्टको नेतृत्वमा भेला भएका कार्यकर्ताले पार्टी कार्यालयमा तालबन्दी गरेका हुन् । विष्टका अनुसार इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले उपसभापति कोवितजंग कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएको र कार्यवहाकले विधानविपरीत मनोनयन गरेको तथा बैठक एवं चुनावी समीक्षा नभएको भन्दै पार्टी […] The post कांग्रेस इटहरीको पार्टी कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी

रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ । कार्यपालिका सदस्यको चुनावमा गैरदलित र गैर अल्पसंख्यकको नाममा दर्ता भएको  उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो ।नगर कार्यपालिका सदस्यका लागि आयोगले  दलित, अल्पसंख्यक महिलालाई उम्मेदवारी दिन पाउने नियम बनाएको थियो । उक्त नियम विपरित निर्वाचन अधिकृतले अन्यको उम्मेदवारी दर्ता गरेपछि त्यसलाई रद्द गर्नुपर्ने मागसहित एमाले र एकीकृत समाजवादीका कार्यकर्ताहरूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका

नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी

पाँचथर । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय तह निर्वाचनमा टिकट बाँडफाडको बिषयमा अन्सन्तुष्ट बनेका आक्रोशित नेता–कार्यकर्ताले आफ्नै पार्टीको कार्यालयमा तालाबन्दी गरेका हुन् । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले जिल्लामा उम्मेद्वार टुङ्गो लगाइसक्दा पनि काँग्रेसले मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेद्वार टुङ्गो लगाउन नसकेको भन्दै नेतृत्वसँग असन्तुष्ट समूहले कार्यालयमा तालाबन्दी […] The post नेपाली काँग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँचथरको कांग्रेस कार्यालयमा तालाबन्दी

पाँचथरको नेपाली कांग्रेस कार्यालयमा तालाबन्दी भएको छ। सदरमुकाम फिदिमको शनिबारे क्षेत्रमा रहेको कार्यालयमा कांग्रेसकै कार्यकर्ता अजेन्द्र वाईवा तामाङले तालाबन्दी गरेका हुन्। पार्टी नेतृत्वले पार्टी कार्यालयबाट भन्दा पनि फिदिममै रहेको मनश्वी होटलबाट पार्टी गतिविधि सञ्चालन गरेको र पार्टीलाई एकलाैटी ढंगले चलाएका कारण असन्तुष्ट भएर तालाबन्दी गरेको बताए। पाँचथरमा पार्टी सभापति रूपनारायण जबेगू छन्। उनले आफू निकट […]

गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी

दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गरेको जनाएको छ । वडा अध्यक्षको राय विपरीत र कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्षलगायतका कर्मचारीले अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमाले गुराँस गाउँपालिकाका अध्यक्ष हेमबहादुर वलीले बताए । बिहीबार गाउँपालिकाले गुराँस आधारभूत विद्यालय रानीमत्ताको विद्यालयमा गोदाम गरी राखिएको लत्ताकपडा, भाँडाकु

अध्यक्षकै निर्देशनमा गाउँ पालिका कार्यालयमा तालाबन्दी

जनप्रतिनिधि आएपछि सप्तरीको जिल्ला सबैभन्दा विवादित छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ। अध्यक्ष मण्डलले महिलाहरु ल्याएर आफ्नै निर्देशनमा कार्यालयमा तालाबन्दी गराएको स्थानीयका आरोप छ।नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएको स्थानीय श्याम मण्डलले बताए। कर्मच

नेपालगञ्जस्थित नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

नेपाल वायु सेवा निगमको बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।

ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी

कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन । गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नं १ बाट छनोट भएका थिए । प्रति व्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए ।उनले आफुहरुलाई ५० दिनस

वायुसेवा निगमका कर्मचारीले गरे कार्यालयमा तालाबन्दी

काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् । सरकारी स्वामित्वमा रहेको निगमलाई सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका […]