भारतमा १५ प्रतिशतसम्म बढ्यो दूधको भाउ, ६ महीनायता देखिएन घट्ने छाँट !

काठमाडौं । भारतमा दूधको मूल्य वृद्धिको दबाब बढिरहेको छ । गाईबस्तुलाई खुवाउने दानाको भाउमा भएको वृद्धिका कारण दूधको मूल्यमा दबाब सृजना भइरहेको छ । गर्मीको सिजनमा आइसक्रिमका लागि दूधको माग बढेको अनि संक्रामक रोगका कारण गाईबस्तु मरिरहेकाले मूल्य बढेको हो । आगामी ५/६ महीनासम्म पनि यो स्थिति सुध्रिने छाँट नदेखिएको जानकार बताउँछन् ।   गएको १५ महीनामा दूध र दूधजन्य वस्तुको भाउ १४ देखि १५ प्रतिशतसम्म बढेको भारतको शीर्ष डेरी कम्पनी गुजरात कर्पोरेटिभ मिल्क मार्केटिङ फाउन्डेशनका पूर्वप्रबन्ध निर्देशक आरएस सोधीले बताए । भारत विश्वको सबैभन्दा ठूलो दूध उत्पादक देश हो । विश्वभर उत्पादन हुने कुल दूधमध्ये २२ प्रतिशत दूध भारतमै उत्पादन हुन्छ ।  भारतपछि अमेरिका, चीन, पाकिस्तान र ब्राजिल क्रमशः दोस्रोदेखि  पाँचौं शीर्ष दूध उत्पादक देश हुन् । खाद्य कमोडिटीको मूल्यसम्बन्धी डेटाबेस प्रदायक मिनटेकले दिएको डेटाका अनुसार भारतमा सन् २०२१ को नोभेम्बरदेखि यही वर्षको शुरुको बीचमा दूधको भाउ प्रतिलिटर ४३ रुपयाबाट बढेर ५३ रुपयामा उक्लियो ।भारतमा विश्वमै सबैभन्दा धेरै दूध खपत हुन्छ ।  भारतमा हरेक घरपरिवारमा दूध खपत हुन्छ । प्रतिव्यक्ति दूध खपत दैनिक ४४० ग्राम आसपास छ । भारतीयहरूले दिनको शुरुआत नै दूध पिएर गर्छन् । चिया, कफीको रुपमा दूधको खपत हुन्छ । दूधबाट अनेकौं परिकार बनाइन्छ । अहिले दूधको माग उच्च हुने बेलामा वस्तु भाउको दानाको भाउ अकासिएपछि सोको सिधै असर दूधको भाउमा देखिएको हो । रुसले गएको वर्षको शुरुमा युक्रेनमा आक्रमण गरेयता आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न भएर विश्व बजारमा मकै, गहुँ, धान, जौंलगायत अन्नको भाउ बढ्यो । गाईबस्तुको दाना यही अन्न राखेर बनाइन्छ । दानाको भाउ बढिरहेको समयमा परिवहन, भन्डारण र इन्धनको भाउ भएको  वृद्धिले पनि भाउमा दबाब दियो । उत्पादन लदागत बढ्नुअघि नै कोरोना भाइरसको महामारी र गाईबस्तुमा ज्यानै जाने छालाको रोगका कारण डेरी उद्योग समस्यामा थियो । गएको वर्ष छालामा बिबिरा आउने रोगका कारण भारतमा ३ लाखभन्दा धेरै बस्तुभाउ मरेका थिए । गर्मीका महीनाहरूमा आइसक्रिम लगायतका वस्तुको माग बढ्ने भएकोले दूधको भाउ नोभेम्बरपछि मात्रै घट्ने अनुमान गरिएको छ । एजेन्सी

सम्बन्धित सामग्री

विश्वको आर्थिक वृद्धि घट्ने, नेपालको भने ५ प्रतिशत पुग्ने

काठमाडौं । विश्वको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर भने सुधार हुने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र’bout सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको हो । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ सार्वजनिक गर्दै सन् […] The post विश्वको आर्थिक वृद्धि घट्ने, नेपालको भने ५ प्रतिशत पुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खसीबोकाको खपत ४० प्रतिशत घट्ने

पोखरा– महँगीको कारण यो वर्ष खसीबोकाको खपत ४० प्रतिशत घट्ने भएको छ । महँगीको कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष खपत कम हुने मासु व्यवसायीहरूले बताएका हुन् । दसैंमा हिमालपारि हुर्किएका भेडाच्याङ्ग्रा खाने परम्परागतदेखि चल्दै आएको छ । योसँगै दसैंमा खसीबोका पनि उत्तिकै खपत हुने गरेको थियो । तर, यो वर्षको दसैंमा भने अन्य वर्षको […]

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत थियो । आर्थिक गतिविधिमा अपेक्षाकृत […]

वर्ष २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले आगामी वर्ष सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ। आइएमएफका अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशतले सङ्कुचन भएकोमा २०२१ मा ६.० प्रतिशतले विस्तार भएको थियो । सन् २०२२ मा यस्तो वृद्धिदर ३.२ प्रतिशत कायम रहेको छ। आगामी वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने आइएमएफको प्रक्षेपण छ।

‘मौद्रिक नीतिको त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्छ’

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दापनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताए । बुधबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समीक्षाबारे प्रतिक्रिया दिँदै उनले बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे । उनले बैंकह

मौद्रिक नीतिको त्रैमासिक समिक्षाले बैंकहरुको नाफा १५ प्रतिशत घट्छः पवन गोल्यान

उनले मौद्रिक नीतिको समिक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरुको स्पेडदर ०.४ प्रतिशत घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गरे। उनले बैंकहरुको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने बताए।...

अर्थतन्त्र ७ प्रतिशत घट्ने चेतावनी

विश्व बैंक समूहद्वारा प्रकाशित नेपालको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदनले जलवायु परिवर्तनका असर न्यूनीकरण नगर्ने हो भने सन् २०५० भित्रमा नेपालको कुल गार्हस्थ्य उत्पादन यसैका कारण कम्तीमा ७ प्रतिशत घट्ने चेतावनी दिएको छ । प्रतिवेदनले जलवायु उत्थानशिलता निर्माण गर्नुपर्ने खाँचो औंल्याउँदै हरित, उत्थानशील र समावेशी विकास हासिल गर्न जलवायु तथा विकासका एकीकृत समाधानका लागि आवश्यक […]

साउन १ गतेदेखि नेपाल टेलिकमको महसुल घट्ने

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरूको महसुलमा साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो । कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ । यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइएको

असारमा बाली लगाउँदै किसान, यो वर्ष उत्पादन घट्ने चिन्ता

महोत्तरी, २६ असार । मलखाद तथा उन्नत बिउबिजन अभावले यस वर्ष महोत्तरीमा कृर्षि उत्पादन घट्ने किसानको भनाइ छ । समयमै बिउबिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार महोत्तरीमा असारको अन्तिमसम्म जम्मा ३३ प्रतिशत मात्रै रोपाइ भएको छ । ञधान रोपाइ त […]

बैंकको ब्याजदर घट्ने

काठमाडौं, २३ बैक । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश बैकहरुको आधारदर घटेको छ । बैंकहरुको ब्याजदर घट्दा ऋण लिनेहरुको लागि ब्याज सस्तो पर्ने जानकारहरु बताउँछन् । बैंकको आधारदरलाई हेरेर मात्रै पनि ऋण लिन सकिन्छ । चालु आव ०७/७८ को तेस्रो मसान्तसम्ममा सबैभन्दा कम स्ट्यान्डर्ड चार्टड बैंकको आधारदर ५ दशमलव ३३ प्रतिशत रहेको छ । […]