इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिाइनमाथिको हवाई हमला जारी रहने बताएको केही घण्टापछि सोमबार पनि इजरायलको सेनाले गाजा पट्टीमा हवाई हमलालाई जारी राखेको छ । गाजा सहरको उत्तरदेखि दक्षिणसम्म अझ सशक्तरुपमा बमबारी गरिएको छ । आइतबार मात्र इजरायलको हवाई हमलामा एकै दिन ४२ जना प्यालेस्टाइनी नागरिकले ज्यान गुमाएका थिए ।एक हप्ता अघि सुरु भएको हिंसामा हालसम्मको इजरायलको कारवाहीमा ५८ जना बालबालिका र ३४ जना महिलासहित कम्तिमा १९२ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि, गाजापट्टीमा शासन गर्ने हम