डीपीआरमै अल्झियो ८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त आयोजना, 'पानीको विवादले लम्बिँदै'

गलकोट । नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मै अल्झिएको छ ।  उत्तरगङ्गा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा पाएको आयोजना भए पनि अध्यानमै सीमित भएको छ । आयोजनाको निर्माणको चर्चा विसं २०६१ देखि भए पनि बल्ल आएर डीपीआर थालिएको थियो । डीपीआर बनाउने विदेशी कम्पनीले काम नगरेपछि अहिले ठेक्का सम्झौता तोडिँदा आयोजना निर्माणमा थप अन्योल भएको हो । सम्भाव्यता अध्ययन सम्पन्नपश्चात् डीपीआरको काममा उत्तरगङ्गा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहीद, बहीद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर पनि उक्त कम्पनी फिल्ड नआएका कारण ठेक्का सम्झौता तोडिएको उत्तरगङ्गा जलविद्युत् आयोजनाका प्रमुख अम्बिकेश झाले जानकारी दिए ।  “गत असोजदेखि डीपीआरको काम थालेको कन्सल्टेन्सीले स्थलगतरुपमा काम खटिन रुस र युक्रेन युद्धका कारण असमर्थता जनाएकाले ठेक्का सम्झौता तोडिएको हो, अब नयाँ ठेक्का लगाउने विषयमा ऊर्जा मन्त्रालयसँग छलफल भइरहेको छ”, झाले भने, “आयोजना निकै ठूलो र नमुना भएका कारण निर्माणमा ढिलाइ भए पनि उत्तरगङ्गा जस्तो आयोजना निर्माण नगरेर सरकारलाई सुखै छैन, हाम्रो जस्तो देशमा यस्ता बहुआयामिक आयोजना कम मात्रै छन्, ढिलो होला तर अवश्यक आयोजना बन्नेछ ।” आयोजनाको वातावराणीय प्रभाव मूल्याङ्कनसमेत एक वर्षदेखि वन मन्त्रालयमा थन्किएको छ भने डीपीआरका लागि सम्झौता गरेको विदेशी कम्पनीले काम नगर्दा ठेक्का सम्झौता भङ्ग गरिएको झाले जानकारी दिए ।  “डीपीआरका लागि परामर्शदाता छनोट गरेर काममा खटाएका थियौँ, रुस र युक्रेनको युद्धका कारण विदेशी कम्पनी आएन, एक वर्षदेखि काम नभएपछि ठेक्का रद्द गरेका छौँ”, आयोजना प्रमुख झाले भने, “अब नयाँ परामर्शदाताका लागि ठेक्का खुलाउने विषयमा निर्णय हुन बाँकी छ, नेपालकै नयाँ र नमुना आयोजनामा ढिलाइ भएको स्वीकार गर्छु, राजनीतिकरुपमा यो आयोजना सफल पार्न दबाब हुनुपर्दछ ।”  ढोरपाटन उपत्यकामा जम्मा गरेको पानी निसीखोलामा खसाल्ने या रुकुमपश्चिमममा खसाल्ने राजनीतिक विवादका कारण आयोजना अध्ययनमै सीमित भइरहेको छ । तर आयोजनाका प्राविधिकले निसीखोलामै पानी खसाल्दा मात्रै आयोजना सम्पन्न हुने बताउँदै आएका छन् । झाका अनुसार आयोजनाले उत्तरगङ्गा पावर कम्पनीमार्फत निरन्तररुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको बताए । बाहिर आयोजना निर्माणमा ढिलाइ भएको देखिएपनि आयोजनाको प्रक्रियागत काम भने निरन्तररुपमा भइरहेको उनले दाबी गरे ।      बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगङ्गा नदी उपत्यकामा बाँध बाँधेर हिउँदमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । बागलुङमा बगिरहेको उत्तरगङ्गा नदी रुकुमको सानीभेरीमा मिसिँदै आएको छ । तर विद्युत् उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य रहेको छ ।  आयोजनाको पानी रुकम र बागलुङको निसीखोला कता खसाल्ने भन्नेमा नेताको द्विविधाका कारण आयोजनाले गति नलिएको स्थानीय रामबहादुर घर्तीमगरको भनाइ छ । नेपालकै महत्वपूर्ण आयोजनाका रुपमा सरकारले लिँदै आएको उत्तरगङ्गाप्रति जनताको धारणा दुईथरी रहेको छ । बाँध बन्दा ढोरपाटन उपत्यका पुरिने भन्दै आयोजना बनाउन समस्या हुने केही स्थानीयको भनाइ छ भने केहीले हाम्रो व्यवस्थापन भएमा आयोजनाले यहाँको आर्थिक विकासमा सहयोग पुर्‍याउने भन्दै सकारात्मक धारणा राख्दै आएको घर्तीमगरको भनाइ छ ।   विसं २०६१ देखि आयोजनाको प्रारम्भिक सर्वेक्षण शुरू गरे पनि वातावरणीय प्रभाव मूल्याङ्कनको काम भने ३ वर्षअघि मात्रै सम्पन्न भएको थियो । ढोरपाटनको उत्तरगङ्गा नदीमा २०० मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनको नवीदेखि सुरुङ माग हुँदै १ हजार ६३४ मिटर तल निसीखोलामा झार्दा ८२८ मेगावाट विद्युत उत्पादन हुने सम्भाव्यता अध्ययनमा उल्लेख छ । –रासस

सम्बन्धित सामग्री

१९ वर्षदेखि चर्चामै सीमित उत्तरगङ्गा जलाशययुक्त आयोजना

गलकोट, १८ जेठ । बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना १९ वर्षदेखि चर्चामा छ । सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यालाई विद्युत्को पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत्, सौर्य तथा वायुलगायत नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताए पनि यहाँको उत्तरगङगा जलाशययुक्त आयोजना अगाडि बढाउन सकिएको छैन । सरकारले आर्थिक […]

डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना

गलकोट-  नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मै अल्झिएको छ ।      उत्तरगङ्गा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा पाएको आयोजना भए पनि अध्ययनमै सीमित भएको छ । आयोजनाको निर्माणको चर्चा विसं २०६१ देखि भए ...

गण्डकीको बजेटमा बागलुङ : उत्तरगङ्गादेखि पञ्चकोटसम्म समावेश

सङ्घीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन नगरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले पहल गर्ने भएको छ । आगामी वर्षको बजेट तथा कार्यक्रममा उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने उल्लेख छ ।नेपालकै नमूना आयोजना भएकाले यो आयोजना तत्काल सुरु गर्न नेपाल सरकारसँग पहल थालिने गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना ८२८ मेगावाट विद्युत् उत्पादन गर्ने गरी

उत्तरगङ्गा हाइड्रोपावरसहित बागलुङका ठूला योजना बजेटमा आएनन्

बागलुङ : बजेट आउँदा बागलुङका नागरिकहरुले चासो दिएर सुन्ने भनेको उत्तरगङ्गा जलाशययुक्त आयोजना के होला? तर यस पटकको बजेट तथा कार्यक्रममा बागलुङको बलेवा विमानस्थल बाहेक अन्य कुनै ठूला आयोजना समावेश भएनन्।बागलुङले संघीय मन्त्री पाएको र बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित शिक्षा विज्ञान तथा मन्त्री देवेन्द्र पौडेलको क्षेत्रमा पर्ने उत्तरगङ्गा जलाशय युक्त आयोजना सरकारको प्राथमिकतामा पर्न नसक्दा यहाँका स्थानीयहरुले दुखेसो पोखेका छन्।गत वर्षदेखि चर्चामा रहेको र सरकारले अध्ययन थाल्ने भनेको बागलुङको

स्थानीयका माग सम्बोधन गरी उत्तरगङ्गा आयोजना निर्माण हुन्छ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्थानीय जनताको माग सम्बोधन गरी उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने प्रतिबद्धता जनाएक छन् । बागलुुङको ढोरपाटनमा रहेको आयोजनास्थलको सोमबार निरीक्षणपछि स्थानीयवासीसँग उनले आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको साथ र सहयोग जरुरी रहेको बताए ।