रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।नीति तथा कार्यक्रमका कृषिलाई पकेट क्षेत्र बनाउनेदेखि आर्थिकरूपमा कमजोर भएकाहरूलाई नगर प्रमुख नागरिक सहायता कोष खडा गर्नेसम्मका योजना रहेका छन् । यस्तै स्वास्थ्य, शिक्षालाई विशेष जोड दिएको छ । नीति तथा कार्यक्रममा पुँजीगत खर्च बढाउन फागुन मसान्तभित्र सम्झौता गर्ने र जेठ मसान्