महिलाप्रति तालिवानको व्यवहारमा दुख ब्यक्त गर्दै कतारले भन्यो 'हामी उदाहरणीय मुस्लिम राष्ट्र'

कतारले अफगानिस्तानको सत्ता संचालन गरिरहेको तालिबानले महिलालाई शिक्षामा गरेको ब्यवहारले निराश बनाएको अभिव्यक्ति दिएको छ। युरोपियन युनियनको संयुक्त पत्रकार सम्मेलनको क्रममा कतारका विदेशमन्त्री शेख मोहम्मद बीन अब्दुलरहमान अल थानीले महिला शिक्षामा तालिबानको व्यवहारले अत्यन्त दुखी बनाएको र यस्तो व्यवहार परम्परागत र रुढीवादी भएको बताए।विदेशमन्त्री थानीले इस्लामिक मुलुकका रुपमा नेतृत्त्व कस्तो हुनुपर्छ र त्यहाँ व्यवहार कस्तो गरिनुपर्छ भनेर उदाहरणका लागि कतारलाई हेर्न समेत आग्रह गरेका छन्। सत्तामा आएको हप्ता दशदिनमै तालिबानले त्यहाँका महिला तथा बालिकालाई अध्ययनको लागि बिद्यालय जानलाई प्रतिबन्ध लगाउने जस्ता निर्णय प्रति कतारले असन्तुष्टि जनाएको हो। युरोपियन युनियनका विदेश नीति प्रमुख योसेफ बोरेलको साथमा कतारमा गरिएको संयुक्त पत्रकार सम्मेलनमा कतारका विदेशमन्त्री थानीले तालिबानको व्यवहारप्रति कडा प्रतिकृया दिएका हुन्।  शेख मोहम्मदले भने, 'शिक्षाको बिषयमा महिलालाई लिएर यस्तो कारवाही नगर्नलाई तालिबानलाइ आग्रह गर्न आवश्यक छ, महिलाको मुद्दामा कसरी अगाडी आउनुपर्छ र मुस्लिम देश आफ्नो कानुनको पालना कसरी गर्दछन भन्ने कुरा हामि तालिबानलाई देखाउने प्रयास गर्दैछौं''एक उदाहरण कतार हो, जो एक मुस्लिम देश हो, हाम्रो प्रणाली एक इस्लामिक प्रणाली हो तर हामिसँग कार्यबल, सरकार र उच्च शिक्षामा पुरुषको तुलनामा महिला धेरै छन्' उनले अगाडी थपे। अफगानिस्तानको सत्तामा तालिबानको पुनरागमनमा कतारले धेरै ठुलो सहयोग गरेको छ। अफगानिस्तानमा तालिबानसँगको समस्या समाधानका लागि कतारले कतारमै अमेरिका र तालिबानको वार्ता गराउनेदेखि, अफगानिस्तानबाट अमेरिकालाई फर्काउन र तालिबान सत्तामा आईसकेपछि अन्तराष्ट्रिय राजनीतिमा तालिबानलाई बिश्वास दिलाउन कतारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तालिबानको आगमनपछि अन्य देशले अफगानिस्तानबाट आफ्ना व्यवसाय फिर्ता गरिरहेका बेला कतारले त्यहाँ कतार एयरवेजको पहिलो उडान भर्ने काम गरेको थियो। त्यस्तै अन्य देशले तालिबानसँगको सम्बन्धलाई तोडीरहेका बेला कतारका विदेशमन्त्री अफगानिस्तान पुगेर तालिबानलाई आफ्नो साथ सहयोग रहने प्रतिबद्दता जनाएका थिए।   तालिबानको पछिल्ला गतिबिधिले उसले यस अगाडी सत्ता सम्हालेको सन १९९६ देखि २००१ सम्मको बेलाको जस्तो झल्को दिएको र यो अत्यन्त दुखद भएको कतारको जवाफ छ।तालिबानको लागि मुख्य साझेदार तथा सहजकर्ताको व्यवहार देखाईरहेको मुलुक कतारको यस्तो अभिव्यक्तिका कारण अन्तराष्ट्रिय स्तरमै तालिबानलाई अप्ठ्यारो बनाउन सक्ने विश्लेषण गरिएको छ।  

सम्बन्धित सामग्री

मुस्लिम कैदीबन्दीद्वारा कारागारमै इद

मुस्लिम समुदायका कैदीबन्दीले शनिबार कपिलवस्तु कागरागारभित्रै इदउल फित्र मनाएका छन्।

अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने

अफगानिस्तानको पाठ्यक्रमलाई मुस्लिम कानुन अनुसार परिमार्जन गरिने भएको छ । अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिँदै आएकाले पाठ्यक्रम पनि त्यही अनुसार परिमार्जन गर्न लागिएको हो ।

अलिगढ मुस्लिम विश्वविद्यालयमा सनातन धर्म पढाई हुने

अब उत्तर प्रदेशको अलीगढ मुस्लिम विश्वविद्यालयको इस्लामिक अध्ययन विभागमा पनि सनातन धर्म पढाइने भएको छ । अलीगढ मुस्लिम विश्वविद्यालयमा  स्नातकोत्तर विद्यार्थीहरूको लागि सनातन धर्मको पाठ्यक्रम ल्याइएको छ। अलीगढ मुस्लिम विश्वविद्यालयका प्रवक्ता उमर सलीम पिरजादाले भने – ‘अलीगढ मुस्लिम विश्वविद्यालय एक समावेशी विश्वविद्यालय हो जहाँ सबै धर्मका विद्यार्थीहरू आउँछन्। त्यसैले हामीले इस्लामिक अध्ययन विभाग (एमए) मा […]

सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।आइतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले मुस्लिम समुदाय देशको प्रगति, उन्नति र समृद्धिको लागि अघि बढेको समुदाय भएको […]

संयुक्त राष्ट्रसंघ–मुस्लिम आयोगका प्रतिनिधि भेट

संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ ।मंगलबार मुस्लिम आयोगका पदाधिकारीलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरुको सम्बन्धमा चासो व्यक्त गरेको हो । संयुक्त राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओलीभर डे […]

नेपालका मुस्लिम समुदायको अवस्थाबारे राष्ट्रसंघको चासो

काठमाडौँ– संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ। मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरुको सम्बन्धमा चासो व्यक्त गरेको हो। संयुक्त राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओलीभर डे […]

नेपालमा मुस्लिम समुदायको अवस्थाबारे राष्ट्रसंघको चासो

संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ। मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी राष्ट्रसंघको एक प्रतिनिधि मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था...

आज मोहोम्मद जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम समुदायले आज मोहोम्मद जयन्ती मनाउँदैछन् । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल–अल्लाहो अलैहे वसल्लमको शुभ जन्मोत्सवलाई मुस्लिम धर्मावलम्बीले विशेष दिनको रुपमा मनाउने गरेका छन् । मोहोम्मद जयन्तीको अवसरमा आज राष्ट्रिय मुस्लिम आयोगलगायतका मुस्लिम संघ संस्थाले विविध कार्यक्रम […]

मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच छलफल

मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको हो । छलफलपछि न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको […]

कांग्रेस महाधिवेशनको बिषयमा आन्दोलित मुस्लिम समुदाय

झापा, भदौ २३ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लिएर नेपाल मुस्लिम संघ आन्दोलनमा उत्रिएको छ । वडा तहभन्दामाथि कुनै पनि तहमा मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी आरक्षण नछुट्याएको भन्दै नेपाल मुस्लिम संघ आन्दोलनमा उत्रिएको हो । वडा तह भन्दा माथि सबै तहमा मुस्लिम समुदायबाट प्रतिनिधित्व हुने गरी प्रत्येक निर्वाचन क्षेत्र तथा संघीय निर्वाचन क्षेत्रबाट […]