मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलले विभिन्न विश्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको बताउनुभयो । उहाँले अझै मनसुन बाहिरिन झन्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताउनुभयो ।  यो बेलामा अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्था...

सम्बन्धित सामग्री

लाइन काटिएका उद्योगमा दैनिक करोडौं क्षति

काठमाडौं डेडिकेटेड फिडर र टंक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले हालसम्म नौओटा उद्योगमा विद्युत् आपूर्ति रोकिदिएको छ । सामान्य भाषामा लाइन काटिदिएको छ ।  लाइन काटिएका उद्योगले अचेल दैनिक करोडौं रुपैयाँ बराबरको क्षति बेहोरिरहेको सम्बद्ध उद्यमीले गुनासो गरेका छन् । विवाद लम्बिएर विद्युत् आपूर्ति रोकिइरहे भोलिका दिनमा बजारमा औद्योगिक उत्पादनको अभाव हुन सक्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।  प्राधिकरणले विद्युत् आपूर्ति रोकिदिएपछि जगदम्बा स्टीलमा दैनिक २ करोड ५० लाख रुपैयाँ हाराहारी क्षति भइरहेको कम्पनी अध्यक्ष साहिल अग्रवालले बताए । ‘हाम्रो उद्योगमा दैनिक ४० मेगावाट बिजुली खपत हुन्छ । ३ हजार ५ सय मजदूरले काम गर्छन् । दैनिक २ हजार टन हाराहारी स्टील उत्पादन हुन्छ,’ अग्रवालले आर्थिक अभियानसँग भने, ‘लाइन काटिँदा उद्योगमा आश्रित मजदूरले काम गर्न पाएका छैनन् । स्टील उत्पादनको काम ठप्प छ । प्राधिकरण र उद्योगीबीचको विवाद लम्बियो भने भोलिका दिनमा औद्योगिक उत्पादनको समेत अभाव हुन सक्छ । त्यसैले बेलैमा यो विवाद सुल्झाउनतर्फ लाग्नुपर्छ ।’ प्राधिकरणले हालसम्म जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टील, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलको लाइन काटेको छ ।  रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवाल प्राधिकरणको कदमले उद्योगमा काम गर्ने हजारौं मजदूर समस्यामा परेको र उद्योगहरूले दैनिक ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताउँछन् । उनका अनुसार रिलायन्स स्पिनिङ मिल्समा पनि ३ हजार ५ सय श्रमिक कार्यरत छन् । विद्युत् काटिएर उद्योग बन्द भएपछि अधिकांश श्रमिक घर फर्किएका छन् ।  विवाद लम्बिएर विद्युत् आपूर्ति रोकिइरहे भोलिका दिनमा बजारमा औद्योगिक उत्पादनको अभाव हुन सक्ने चेतावनी रिलायन्समा दैनिक ५० लाख रुपैयाँभन्दा बढी क्षति भइरहेको उनको दाबी छ । ‘प्राधिकरणलाई हामीले टाइम अफ डे (टीओडी) मीटरको तथ्यांक देऊ हामी महशुल तिर्छौं, भनिरहेकै छौं । तर, प्राधिकरणले हाम्रो कुरा सुनिरहेको छैन । कि त प्रमाण दिनुपर्‍यो हामी महशुल तिर्छौं, कि उद्योगहरूमा विद्युत् आपूर्ति पुन: शुरू गर्नुपर्‍यो,’ उनले भने । विद्युत् आपूर्ति रोकिएका सबै उद्योगमा भइरहेको दैनिक क्षतिको यकीन तथ्यांक नभए पनि सबै उद्योगले ठूलो आर्थिक क्षति बेहोरिरहेको उद्योगीहरूको दाबी छ । उद्योगीले टीओडी मीटरको तथ्यांक मागे पनि प्राधिकरणले दिन नसकिने बताइरहेको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले देशमा औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने बेलामा उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठीक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्राधिकरणले फर्जी बिल काटेको भन्ने उद्योगीहरूको आरोपलाई प्राधिकरणले खण्डन गर्न सक्नुपर्छ । टीओडी मीटरमा नभएको बिल बनाएर नभएको आम्दानी कमाउनु गलत हो । उद्योगको लाइन काटेर महीनौंसम्म छलफल, बहस, अड्डा अदालत गरेर उद्योग बन्द गर्ने/गराउने कार्यले निकासी भइरहेका सिमेन्ट, जस्तापातालगायत सामग्रीको उत्पादन बन्द हुँदा उद्योगीलाई मात्र होइन, देशलाई नै घाटा हुन्छ । त्यसैले तत्काल टीओडी मीटरको तथ्यांक सार्वजनिक गरियोस् ।’ उनले औद्योगिकीकरणलाई सक्दो प्रोत्साहन गर्न पनि आग्रह गरेका छन् ।

मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।

मनसुन लम्बियो: ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन […]