देउवा समूहले टुंग्यायाे सहमहामन्त्रीका उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री पदमा चुनाव लड्ने उम्मेदवारको नाम टुंगो लागेको छ।देउवा समूहको शनिबार बालुवाटारमा बसेको बैठकले सहमहामन्त्रीको नाम टुंगो लगाएको हो।सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार बन्ने भएका छन्।यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुं

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा उम्मेदवार रहेको डडेल्धुरामा २ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेका डडेल्धुरामा आज दिउँसो २ बजेदेखि मतगणना सुरु हुने भएको छ । अहिले सर्वदलिय बैठक बसिरहेको छ । बैठकसकिए लगत्तै मतगणना सुरु हुने जनाइएको छ । कांग्रेसका सभापति देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल […]

देउवा र प्रचण्ड सहभागी सभामा किन गएनन् पार्टीकै उम्मेदवार ?

२९ कात्तिक, नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी चुनावी सभामा दुई जना प्रदेशसभा सदस्य उम्मेदवार उपस्थित भएनन् । मंगलबार नवलपरासीको क्षेत्र नं. १ मा आयोजना गरेको सत्तागठबन्धनको चुनावी सभालाई सम्बोधन देउवा र प्रचण्ड बर्दघाटको चौपाता पुगेका थिए । तर त्यहाँ क्षेत्र नं. १ […]

डडेल्धुरामा देउवा निर्विकल्प उम्मेदवार बनेकै हुन् ?

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जिल्लालाई मंसिर ४ गते हुने आम निर्वाचनको ‘इपी सेन्टर’को रुपमा हेरिएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा यो क्षेत्रबाट ६ पटक निर्वाचित भइसकेर सातौं जितको खोजीमा उम्मेदवार बनेका छन् ।डडेल्धुरामा २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह पर्दछन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले २ नगरपालिकाका मेयरसहित ३ गाउँपालिका अध्यक्ष जितेको छ । माओवादी केन्द्रले २ गाउँपालिका अध्यक्ष जितेको छ । स्थानीय तह निर्वाचनक

डा.आरजु राणा देउवा खुला महिलाबाट केन्द्रीय सदस्य उम्मेदवार

काठमाडौँ– डा. आरजु राणा देउवा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छन् । उनी खुला महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी हुन् । उनले सभापतिका उम्मेदवार आफ्ना श्रीमान शेरबहादुर देउवाको प्यानललाई नै मत मागेकी छन् । उनी डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएकी थिइन् ।

पदाधिकारीका उम्मेदवार छान्न देउवा पक्षको बैठक बालुवाटारमा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूहमा पदाधिकारीका उम्मेदवारी छान्न आन्तरिक छलफल भइरहेको छ । शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा पक्षीय नेताहरु छलफलमा छन् । बालुवाटारमा पदाधिकारीका दाबेदार नेताहरुसँग सभापति देउवाले छलफल गरिरहेको बुझिएको छ । देउवा आफै सभापतिमा उम्मेदवारी दर्ता गर्दै छन् भने बाँकी पदाधिकारीका उम्मेदवार छनोटमा छलफल केन्द्रित छ । उपसभापतिमा वर्तमान सभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् ।यता महामन्त्रीमा गृहमन्त्

सिटौला समूहका चौधरी देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने निश्चित

कृष्णप्रसाद सिटौला निकटका उमाकान्त चौधरी शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार हुने निश्चित भएको छ । देउवा र सिटौलाबीच शुक्रबार भएको सहमतिअनुसार चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको एक नेताले जानकारी दिए । थारु कोटाबाट चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । देउवा समूहमा रामजनम चौधरी र योगेन्द्र चौधरी सहमहामन्त्रीका दाबेदार थिए । सिटौलाले देउवालाई साथ दिने भएपछि रामजनम र योगेन्द्र ब्याक भएका छन् । उनीहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।यस्तै

चौधरी देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार

काँग्रेस नेता उमाकान्त चौधरी शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार हुने भएका छन् । उनी कृष्ण प्रसाद सिटौला समूहका हुन् ।  देउवा र सिटौलाबीच शुक्रबार भएको सहमतिअनुसार चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने तय भएको एक नेताले जानकारी दिए । काँग्रेसको निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु हुँदैछ ।

देउवा र सिटौलाबीच सहमति, प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार पक्का

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्री पदको उम्मेदवार हुने पक्का भएको छ ।  स्राेतका अनुसार महामन्त्रीका रुपमा पौडेललाई उठाउने सहमति भएपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला...

कर्णालीमा पौडेल पक्षले छान्यो सभापतिका उम्मेदवार, देउवा पक्षको अझै लागेन टुंगो

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलले कर्णाली प्रदेश सभापतिमा युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाहीलाई एकल उम्मेदवार बनाएको छ । पौडेल पक्षले बृहत छलफलपछि बिहीबार शाहीलाई उम्मेदवार उम्मेदवार बनाएको हो ।पौडेल पक्षले उम्मेदवार घोषणा गरिसक्दा देउवा पक्षभित्र भने आन्तरिक प्रतिस्पर्धा चलिरहेको छ । युवाहरूबीच निकै लोकप्रिय बनेका युवा नेता शाहीले बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन नै गरेर आधिकारिक रुपमा आफु उम्मेदवार बनिसकेकाले आफुलाई सहयोग गर्न आम प्रतिनिधिहरूलाई