सिटौला समूहका चौधरी देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने निश्चित

कृष्णप्रसाद सिटौला निकटका उमाकान्त चौधरी शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार हुने निश्चित भएको छ । देउवा र सिटौलाबीच शुक्रबार भएको सहमतिअनुसार चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको एक नेताले जानकारी दिए । थारु कोटाबाट चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । देउवा समूहमा रामजनम चौधरी र योगेन्द्र चौधरी सहमहामन्त्रीका दाबेदार थिए । सिटौलाले देउवालाई साथ दिने भएपछि रामजनम र योगेन्द्र ब्याक भएका छन् । उनीहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।यस्तै

सम्बन्धित सामग्री

आरजुले छाेडेकाे कैलाली–५ मा पन्त, प्रदेशमा देउवा

'प्रतिनिधिसभाका लागि कैलाली–५बाट डिल्लीराज पन्त उम्मेदवार बन्ने निश्चित भइसकेकाे छ', उनले भने, 'बालुवाटारमा याे सहमति हुँदा म पनि त्यहीँ थिएँ ।'

श्रृलङ्कालाई ‘टाट’ पल्टाउने ‘राजापक्ष’ पथमा ‘देउवा परिवार’

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले असार १७ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा एकै परिवारको व्यक्तिलाई सबै खालका राजनीतिक अधिकार दिँदा श्रृलङ्का ‘टाट’ पल्टिएको बताएका थिए । ‘नेपालको वर्तमान आर्थिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वगभर्नर क्षेत्रीले नेपालको राजीतिक अधिकार श्रीलङ्काको जस्तो सीमित व्यक्तिको हातमा अहिले नै नपुगेकाकाले नेपालको अर्थ व्यवस्था अहिले नै श्रीलङ्काको जस्तो नहुने बताएका थिए । तर, राजनीतिक अधिकार सीमित मान्छेलाई दिइयो भने कुनै समयमा त्यस्तै संकट उत्पन्न हुन सक्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न आवश्यक रहेको उनको भनाई थियो । किनकी, महिन्द्रा राजापक्षको परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्री बनेर उनीहरुले जथाभाबी करका दरहरू चलाउँदा चरम आर्थिक संकटको स्थिति आएको तथ्य विश्व भरी नै छर्लङ्ग छ ।‘राजनीतिक अधिकार सीमित मान्छेलाई दिइयो भने कुनै समयमा हुन सक्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न सक्छौँ, त्यहाँ वंशीय रूपमा राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्री एउटै परिवारको भएपछि हामी नै राज्य भन्ने कुरा भयो । उनीहरूले आफूहरूले ल्याएको कुरामा कसैले चुनौती दिन सक्दैन भनेपछि आयकरको दायरा घटाए, भ्याट पनि १५ प्रतिशतबाट आठ प्रतिशतमा झारे’ पूर्वगभर्नर क्षेत्रीले भनेका थिए, ‘उत्पादन नहुँदा आयात गर्नुपर्ने भएपछि विदेशी मुद्राको सञ्चिति घट्दै गयो । ब्याज जस्तोसुकै भएपनि विदेशी ऋण ल्याइरहने भएकाले यस्ता कुराले श्रीलङ्कालाई गाँजेको हो ।’ठ्याक्कै राजापक्ष पथमा देउवानेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि राजापक्ष पथमा हिडिरहेको भान हुन थालेको छ । किनकी, बजेटमा फेरबदल गरिएका करका दरबाट देउवा परिवारले नै आर्थिक फाइदा उठाउने निश्चित भएको छ । सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट देउवाका एक मात्र सन्तान जयवीरसिंह देउवाको कम्पनीलाई फाइदा पुर्याउन ल्याईएको नीति भएको पुष्टि भएको छ । किनकी, देउवा पुत्र जयवीरले ब्लुप्रिन्ट ट्रेडिङमार्फत सेनेटरी प्याडको आयात गर्दै आएका छन् । उसो त, देउवा कसरी पनि राजापक्ष पथमा लम्किरहेका छन् भने, उनी राजनीतिकदेखि आर्थिक क्षेत्रमा समेत आफ्नो परिवारको प्रभूत्व जमाउन कसरत गरिरहेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमै जयवीर महाधिवेशन प्रतिनिधि बन्ने चर्चा थियो । यसका लागि देउवाले नै ‘अहिले बेला भएको छैन’ भनेर रोके । आलोचना नहोस् भन्ने माहोल बनाएर १५औँ महाधिवेशनबाट केन्द्रीय राजनीतिमा छोरालाई भित्र्याउने उनको दाउ छ ।२७ वर्षको उमेरमा २ वर्ष अगाडी काँग्रेसको क्रियाशील सदस्यता लिएका जयवीर २९ वर्ष लाग्दैछन् । लामो समय बेलायत बसेर उतै पढेर फर्किएका जयवीरको उठबस अहिले ब्यापारिक घरानासँग छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको काम भईरहँदा जनार्दन शर्मासँग जयवीरले आफ्नी आमा आरजु राणा देउवासँग गएर भेटघाट गरेका थिए । जयवीरकै लागि जनार्दनले बजेटमार्फत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुटको व्यवस्था गरिदिए । त्यसपछि जेठ १६ गते जयवीरले राज्यमन्त्री उमेश श्रेष्ठको घरमा ‘ककटेल पार्टी’ दिए ।यसअघिःप्रधानमन्त्री पुत्रलाई पोस्न प्याड आयातमा कर छुट दिलाएर रातभरी ‘ककटेल पार्टी’ गरेको पुष्टिविस्तारै आरजुले छोरा जयवीरलाई ब्यापार हुँदै राजनीतिक भेटघाटमा पनि ब्यस्त गराउँदै छिन् । जयवीरलाई तरुण दलको सचिव बनाएर परिवारको राजनीतिक उत्तराधिकारी बनाउन आरजुलाई कतिपयले उकासेका छन् । देउवा भने १५औँ महाधिवेशनबाट छोरालाई केन्द्रीय सदस्य नै बनाएर छिराउने मनशायमा रहेको बताइन्छ । डडेल्धुराको जिल्ला कार्य समितिमा प्रवेश गराउनेबारे कुराकानी भएपनि जिल्ला तहको राजनीतिले केन्द्रीय तहको जस्तो चर्चा नपाउने र ‘मिडिया’ले पनि जिल्लाको भन्दा केन्द्रकै राजनीतिको ‘कभर’ बढी गर्ने भएकाले यसमा उनी आफैँ पनि सहमत छैनन् भनिन्छ ।मंसिरमा प्रस्ताव गरिएको निर्वाचनमा पीताको चुनावी अभियानमा छोरालाई ‘कमाण्डर’ बनाउने दाउमा आरजु लागेकी छिन् । यसो हुँदा २०८४ सालमा हुने निर्वाचनमा जयवीर उम्मेदवार बन्ने बाटो तयार हुने दाबी आरजुको छ । तर, उनले सोचेजस्तो भएन नै भनेपनि २०८९ सालमा त जयवीरलाई डडेल्धुराबाट चुनाव लड्नबाट रोक्न यसै पनि कसैले सक्ने अवस्था छैन ।यो पनिःराज्यमन्त्री उमेश श्रेष्ठको घरमा अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’डडेल्धुरामा काँग्रेसभित्र देउवा परिवारको विरोध गर्नेहरु अहिले छैनन् । किनकी, विरोध गर्नेहरुलाई गत स्थानीय निर्वाचनमा गठबन्धन नमानेको भन्दै देउवाले धमाधम कारबाही गरेर निकालिसकेका छन् ।यता, मंसिरकै निर्वाचनमा माओवादीले भनेजति सिटमा गठबन्धन गरेर र प्रचण्डसँग आधा आधा कार्यकालका लागि प्रधानमन्त्री पदमा सहमति गरेर आफूले प्रधानमन्त्री पद छोडेपछि प्रचण्ड प्रधानमन्त्री बन्दा श्रीमती आरजुलाई ‘चाहेको मन्त्रालय’ दिलाएर सत्तामा हालिमुहाली कायम राख्ने रणनीतिमा पनि देउवा लागिरहेका छन् ।

प्रदीप पौडेलको प्रवेशपछि विश्वप्रकाश शर्मा देउवा प्यानल छाड्दै

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्यानल छाड्ने भएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता प्रदीप पौडेल देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि शर्माले प्यानल छाड्न लागेका हुन् । विश्वस्त स्रोतका अनुसार शर्माले संस्थापनइतर समूहको कुनै पनि पक्षबाट महामन्त्रीका लागि स्थान लगभग पक्का गरिसकेका छन् । झापामा सिटौलासँग […]

कांग्रेस संस्थापन इतर नेताहरु छलफलमा व्यस्तः सभापति टुंगो लगाउनै सकस

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन दुई दिनमात्रै बाँकी रहँदा संस्थापन इतर पक्ष बुधबार पनि सभापतिको उम्मेदवार टुंगो लगाउन असफल भएको छ । संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित भए पनि इतर पक्षले भने साझा उम्मेदवार तय गर्न सकेको छैन । वर्तमान नेतृत्वको विकल्प दिन इतर पक्षबाट साझा उम्मेदवार बनाउन […]

उम्मेदवार छान्न पदाधिकारीसहितको बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । बैठक बुधबार बिहान देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ । महाधिवेशन सुरु हुन दुई दिन बाँकी हुँदा उम्मेदवारको टुंगो लागेको छैन । सभापतिमा देउवा नै उम्मेदवार बन्ने निश्चित भएपनि पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो नलागेको हो ।

नेपाली कांग्रेस महाधिवेशनः सकसमा पौडेल समूह, सभापतिका साझा उम्मेदवार छान्नै कठीन

संस्थापनबाट देउवा र निधि उम्मेदवार हुने निश्चित देखिएका समयमा संस्थापन ईतर पक्षमा भने सभापतिको उम्मेदवार टुंगो लगाउनै हम्मेहम्मे परेको छ । १३ औं महाधिवेशनमा देउवासँग पराजीत हुनुभएका रामचन्द्र पौडेलले एक पटक आफै उम्मेदवार बन्ने भन्दै सघाउनका लागि आफूपक्षका नेताहरुसँग आग्रह गरिरहनुभएको छ ।