बजेटमा अटाएन कोरोना बीमा : सरकार दाबी भुक्तानी कहिले दिने ?

काठमाडौं । नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा स्थापित भइसकेको बीमाक्षेत्रलाई विगतका बजेटहरूले उचित ढंगले सम्बोधन गरेका थिएनन् । यसपालि (आव २०७९/८०) को बजेटले भने बीमासम्बन्धी विभिन्न नयाँ कार्यक्रम ल्याएको छ ।  पहिलोपटक राष्ट्रिय बीमा नीति ल्याउने, बीमा कलेज स्थापना गर्ने, लघुबीमा कम्पनी स्थापना गर्ने, कर छूटको सीमा बढाउने लगायत नयाँ कार्यक्रम बजेटमा उल्लेख छ । तर, बीमासम्बन्धी यी कार्यक्रम ल्याइरहँदा सरकारले लामो समयदेखि रोकिएको कोरोना बीमाको दाबी भुक्तानीलाई भने बेवास्ता गरेको देखिएको छ । कोरोना बीमाको दाबी भुक्तानी नपाएकोमा व्यापक गुनासो छ । यसमा सरकारले आफ्नो दायित्वबाट ११ अर्ब ४३ करोड रुपैयाँ निकासा गनुपर्ने छ । तर, स्रोत नभएको भन्दै सरकारले अझैसम्म उक्त रकम निकासा गरेको छैन । त्यो अवस्थामा सरकारले बजेटमै रकम विनियोजन गर्नुपर्ने हो । तर, त्यो नभएको सरोकारवाला बताउँछन् । यसले गर्दा कोरोना बीमाको दाबी भुक्तानी थप ढिलो हुने देखिएको छ । चालू आवको बजेटले पनि यस विषयलाई सम्बोधन गरेको थियो । तर, अर्थ मन्त्रालयले चालू आवमै रकम निकासा गर्न स्रोत जुटिरहेको थिएन । सोही अवस्थालाई दृष्टिगत गर्दै बीमा समितिले आगामी आवको बजेटमार्फत कोरोना बीमाको दाबी भुक्तानी सुनिश्चित गर्न अर्थलाई सुझाव दिएको थियो । बजेटले यस विषयलाई सम्बोधन गर्ने बीमाक्षेत्रको अपेक्षा थियो । त्यसो नहुनु दु:खद पक्ष भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।  ‘समग्रमा यसपालिको बजेटले बीमाक्षेत्रलाई न्याय गरेको छ । यसअघिका बजेटले यो स्तरमा सम्बोधन गरेको थिएन,’ उनले भने, ‘बीमाक्षेत्रका लागि राम्रो बजेट आउँदा आउँदै पनि कोरोना बीमाको दाबी भुक्तानीलाई भने बेवास्ता गरेको देखियो ।’ निकट भविष्यमा अर्थले रकमान्तर गरेर भए पनि केही रकम दिन सक्ने उनको अपेक्षा छ ।  यति ठूलो रकम रकमान्तर गर्न पनि चुनौती हुन्छ । तसर्थ, सरकारले बजेटबाटै आवश्यक रकम विनियोजन गर्नुपर्ने हो । तर, बजेटमा उल्लेख नभएपछि कोरोना बीमाको दाबी भुक्तानी थप अन्योलमा परेको छ । अर्थ मन्त्रालय वित्त महाशाखाका एक अधिकारीले पनि यस विषय सम्बोधन हुन नसकेको बताए । ‘बजेटले कोरोना बीमाको दाबी भुक्तानीको विषयलाई सम्बोधन गर्न सकेन । अब यसलाई के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उच्च (मन्त्री/सचिव) स्तरबाटै केही निर्णय होला,’ उनले भने, ‘यस विषयमा हामी थप जानकार भएनौं ।’ यस विषयमा थप बुझ्न खोज्दा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासनी सम्पर्कमा आएनन् । सरकारले आगामी आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । त्यसमा वितरणमुखी कार्यक्रमको अंश ठूलो छ । त्यो अवस्थामा पनि कोरोना बीमाको दाबी भुक्तानीलाई बेवास्ता गर्दा सरकार यसमा सकारात्मक नभएको स्पष्ट हुने सरोकारवाला बताउँछन् ।  कोरोना महामारी शुरू भएपछि बीमा समितिले २०७७ वैशाखमा कोरोना बीमाको कारोबार गर्न बाटो खुला गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले यसको कारोबार गर्दै आएका थिए ।  जोखिम बढ्दै गएपछि बीमा कम्पनीहरूले यो कार्यक्रम स्थगित गरे । तैपनि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले कोरोना बीमामा पर्ने साढे ३ अर्ब रुपैयाँभन्दा माथिको दायित्व सरकारले बेहोर्ने नीति ल्याएर यो कार्यक्रमलाई निरन्तरता दिएका थिए । कोरोना बीमा सञ्चालन भएको अन्तिम दिन (गत असार मसान्तसम्म) १५ अर्ब रुपैयाँ हाराहारी दाबी परेको छ । त्यसमा बीमाक्षेत्रको साढे ३ अर्ब बराबरको दायित्व घटाउँदा सरकारले ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ । यसमा बीमाक्षेत्रले आफ्नो दायित्वभन्दा १ अर्ब बढी रकम भुक्तानी गरिसकेको छ । सरकारले भने आफ्नो दायित्व बराबरको रकम अझै निकासा गरेको छैन । फलस्वरूप कोरोना बीमाको दाबी भुक्तानी हुन सकेको छैन । सरकारले आवश्यक रकम निकासा नगरेपछि कोरोना बीमाको दाबी भुक्तानी चालू आवको शुरूदेखि नै रोकिएको छ ।  

सम्बन्धित सामग्री

कोरोना बीमा : अर्थको १ अर्बले थप तनावमा बीमा समिति

कोरोना बीमा वापतको दाबी भुक्तानीको १० प्रतिशत मात्रै रकम पाएपछि बीमा समिति कसरी भुक्तानी गर्ने भन्ने तनावमा परेको छ । सरकारले दिनुपर्ने दाबी रकममध्ये १० प्रतिशत मात्रै रकम उपलब्ध गराएपछि कसकसलाई कति बाँड्ने भन्ने अन्योलमा समिति परेको हो ।सरकारले कोरोना बीमा दाबी भुक्तानीको लागि हालैमात्र बीमा समितिलाई एक अर्ब रुपैयाँ उपलब्ध गराएको छ । झण्डौ साढे ११ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी बक्यौता रहेपनि सरकारले १ अर्ब रुपैयाँ मात्र निकाशा गरेको हो । सरकारले उपलब्ध गराएको रकमबाट भुक्तानी दिन समस्या भएक

रोकिएको कोरोना बीमा दाबी भुक्तानीको लागि आवश्यक प्रक्रिया थालिने

लामो समयदेखि रोकिएको कोरोना बीमा दाबी भुक्तानीको सम्बन्धमा बीमा समितिले आवश्यक प्रक्रिया थाल्ने भएको छ । भुक्तानीका लागि आवश्यक पर्ने स्रोत, साधन र उपाय अबलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी समितिले तयारी गरेको हो । अर्थमन्त्रालयको निर्देशन आएसँगै समितिले गृहकार्य शुरु गरिसकेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । भुक्तानीको अर्थात् विवरण, स्रोत सुनिश्चितता र भूक्तानीको आवश्यक प्रक्रिया थालनी भएको उनको भनाई छ । गत बुधबार अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा बक्यौ

कोरोना बीमा भुक्तानी हुने/नहुनेमा अन्यौल, अर्थमन्त्रीले थाले छलफल

बुधबार अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहित पदाधिकारीहरुसँग कोरोना बीमा भुक्तानीका लागि आवश्यक स्रोत साधनको उपलव्धता कसरी गर्ने वा अर्को विकल्प के गर्ने भन्ने विषयमा छलफल गरेका हुन्।

कोरोना बीमा भुक्तानी नगर्नुको लिखित जवाफ माग

उच्च अदालत विराटनगरले कोरोना बीमा गराएका कोरोना सङ्क्रमितलाई सम्झौताबमोजिम बीमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।    नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा बीमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरको थियो । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश दिएको छ । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले बीमा सम्झौता गर

कोरोना बीमा भुक्तानीमा सरकारी अकर्मण्यता

हिजो आजको ताज़ा र जटिल विषय बनेको कोरोना बीमा भुक्तानी र नयाँ बीमा रोक्ने बीमा कम्पनीहरूको निर्णयले आम बिमकहरूलाई अन्योल र दुःखित बनाएको छ। सरकारले आफ्नो दायित्व वहनमा आलटाल गरेपछि बीमा कम्पनीहरूले कोरोना दावी भुक्तानी रोकेका छन् भने पटक–पटक बीमा समितिमार्फत् दायित्व अनुसारको कोरोना बीमा दावी रकम माग गर्दा पनि सरकारले वास्ता नगरेपछि कम्पनीहरूले भुक्तानी […]

सकियो कोरोना बीमा अवधि

काठमाडौं, साउन ३ । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा रकम भुक्तानीमा ढिलाइ भइरहेको छ । कुनै पनि महामारीको बीमा गर्ने […]

सकियो कोरोना बीमा अवधि, सरकारले सात अर्ब दिन बाँकी

२०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा रकम भुक्तानीमा ढिलाइ भइरहेको छ ।कुनै पनि महामारीको बीमा गर्ने प्रचलन विश्वका अन्य देशमा नभए पनि नेपालमा भने लघु बीमाअन्तर्गत परीक्षणका रूपमा कोरोना बीमा थालिएको थियो । आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै कोरना बीमासम्बन्धी व्यवस्था गर्ने उल्लेख भएपछि बीमा समितिले कोरोना बीमा माप

नयाँ कोरोना बीमा नहुने, दाबी गरेकाको के हुन्छ ?

कोरोना माहामारी बढ्नै गएपनि अब सरकारले कोरोना बीमा नै नगर्ने भएको छ । बीमा क्षेत्रको नियामक बीमा समितिले नयाँ कोरोना बीमा नगर्ने जनाएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि एक वर्ष भएकाले नयाँ बीमालेख जारी नगर्ने समितिले जनाएको छ ।दोस्रो चरणको बीमालेख असार मसान्तमा सकिदैछ । यो भदौ २८ गते पछि स्वास्थ्य बीमा अन्र्तगत गरिएको बीमालेख हो । जसमा २५ हजार र ७५ हजार रुपैयाँको बीमा रहेको छ । एउटा बीमा लेख चैत मसान्तमै सकिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।उनले भने, ‘सरकारल

यी व्यक्तिले नपाउने भए कोरोना बीमा

काठमाडौं । कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन् ।बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा रू. ५ अर्ब ८५ करोड १५ लाख बराबरको दाबी भुक्तानी भएको छ । गत कात्तिकसम्म दाबी भुक्तानीमा ढिलाइ भएको थियो । तर, पछिल्लो समय दाबी भुक्तानी नियमित रूपमा भइरहेको छ ।आवेदन गरेकामध्ये ६६६ जनाले भने दाबी रकम नपाउने भएका छन् । प्रतीक्षा अवधिमा कोरोना संक्रमित भएका, नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा