काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विधान महाधिवेशन १० दिन पछि सरेको छ । यसअघि असोज ४ देखि ६ गतेसम्म हुने भनिएको महाधिवेशन शनिबार बसेको स्थायी कमिटी बैठकले असोजको १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । विधान महाधिवेशनका लागि पार्टीले स्थायी कमिटीको बैठक असोजको ३ र ४ गतेका लागि डाकेको छ। महाधिवेशनमा देशभरबाट तीन हजार प्रतिनिधि सहभागी हुनेछन्। बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संसोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक