एमालेको विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म हुने

काठमाडौँ । नेकपा (एमाले) को विधान महाधिवेशन साउन २५ देखि हुने भएको छ । केन्द्रीय समितिको सर्वसम्मतिले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले जानकारी दिए । विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो । विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर […]

सम्बन्धित सामग्री

अनेरास्ववियुको विधान महाधिवेशन असोजमा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ‘तेस्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला’ असोजमा हुने भएको छ। अनेरास्ववियुको पदाधिकारी बैठकले आगामी असोज १ देखि ३ गतेसम्म सङ्गठनको...

एमालेको विधान महाधिवेशन सकियो

काठमाडौँ– नेकपा एमालेको विधान महाधिवेशन सकिएको छ। शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको विधान महाधिवेशन आइतबार सकिएको हो। अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै विधान महाधिवेशन सकिएको हो। प्रस्तुत प्रस्तावमाथि […]

एमाले विधान महाधिवेशन : महामारीमै मास्कको मतलव छैन (फोटोफिचर)

कोभिड-१९ महामारीकैबीच शुक्रबारदेखि एमालेको विधान महाधिवेशन सुरु भएको छ। तर, यो महाधिवेशनमा महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड अपनाएको पाइएन। विधान महाधिवेशन ६ हजार ३४७ नेता–कार्यकर्ता उपस्थित छन् तर सवैले मास्क लगाएको देखिएन।...

एमाले विधान महाधिवेशन : न उत्साह, न एकता

१५ असोज, काठमाडौं । तीन पटकको स्थगनपछि नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार शुरू भएको छ । राजधानी उपत्यकाको रिङरोडबाट झण्डै दश किलोमिटर दक्षिण गोदावरीस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शुरू भएको विधान महाधिवेशन एमाले पार्टी जीवनमा पहिलो अभ्यास हो । यसअघि एमालेले नेतृत्व चयन र नीति विमर्श एकैपटक गर्दै आएको थियो । नवौं महाधिवेशनसम्म कायम त्यस्तो अभ्यासले […]

एमालेको विधान महाधिवेशन सुरु

काठमाण्डौ – नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ ।  ललितपुरको गोदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा आयोजित विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोबाइलकाे बटम थिचेर लोगो अनावरण गरी उद्घाटन गर्नु भएको हो । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको विधान महाधिवेशन सुरु भएको हो। ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ । भेला...

एमालेको विधान महाधिवेशन सर्‍यो

काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाकारी दिए ।

सर्यो एमालेको विधान महाधिवेशन

अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना गर्ने गरी प्रस्ताव गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते गर्ने निर्णय

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन भदौमा गर्ने निर्णय गरेको छ।  भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। 'भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय भएको छ,' उनले भने। मुख्यगरि आजको बैठकमा पार्टीको सांगठनिक विषयका बारेमा…