पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो ।विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एरो