गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट यान्त्रिक परीक्षण उडान

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट यान्त्रिक परीक्षण उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा भएको जनाएको छ । परीक्षण उडानका लागि हिजो साँझ विमान भैरहवा आएको छ । विमानस्थलको प्रविधि चेकजाँच गर्न एरो थाइको क्यालिव्रेशन गर्ने हवाइजहाज भैरहवा विमानस्थलमा आइपुगेको हो ।पाइलट, को–पाइलट, प्राविधिकसहित ७ जनाको टोली हवाइजहाजबाट आएको विमानस्थलको महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । एरो थाईले कोरोना महामारीलाई ख्याल ग

सम्बन्धित सामग्री

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : यान्त्रिक परीक्षण उडान आजदेखि

कुनै समय आयोजना नै खारेज हुने अवस्थामा पुगेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । ढिलै ...

गौतम बुद्ध विमानस्थलमा भोलिदेखि यान्त्रिक परीक्षण

रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पूर्णता पाएको छ । लामो प्रतीक्षापछि शुक्रबारबाट यान्त्रिक परीक्षण उडान हुने भएको हो । यहाँ परीक्षण उडानलाई भव्य तुल्याउन तयारी चलिरहेको छ । परीक्षण उडानको खबरले विमानस्थल व्यवस्थापन, आयोजना अधिकारी र सर्वसाधारण खुसी छन् । मंगलबारबाट उडानपूर्वको अन्तिम तयारी भइरहेको छ ।