काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।
सिंहदरबारमा भएको भेटका क्रममा संसदको अवरोध, प्रदेशको सत्ता समीकरणलगायतका विषयमा छलफल भएको बताइएको छ । छलफलपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले लगातार संसद् अवरुद्ध गरेकाले अधिवेशनक...