सत्ता गठबन्धनमा रहेका पाँच दलबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भए पनि नेपाली कांग्रेसले पर्सामा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको छ । जिल्लाका १४ वटै पालिकामा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकाल्दै पार्टीका अगुवा नेता(कार्यकर्ताहरूको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो । बुधबार नेपाली कांग्रेसका केन्द्रीय …