निषेधाज्ञाले अलपत्र परेका ११ विदेशी पर्यटकको उद्दार

काठमाडौं। नेपाल पर्यटन बोर्डले ११ जना विदेशी पर्यटकको उद्दार गरेको छ। निषेधाज्ञाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका उनीहरुलाई गृहमन्त्रालयको समन्वयमा उद्दार गरेको हो। लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकी पर्यटकको उद्दार गरिएको हो। बोर्डले समस्यामा परेका पर्यटकको उद्दार गर्न भन्दै विपद व्यवस्थापन तथा सञ्चार सेल गठन समेत गरेको छ।

सम्बन्धित सामग्री

उद्धार उडानमा करिब ४४ हजार विदेशी नेपाल आए

काठमाडौं। सरकारले बिभिन्न देशमा कोरोना महामारीले अलपत्र परेका नेपालीको उद्दारको निम्ती गरेको हवाइ उडानमा ४३ हजार ९६५ जना विदेशी नेपाल आएका छन्। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)काअनुसार २०७६ चैतदेखि २०७८ वैशाख ९ गतेसम्मको अवधिमा उनीहरू उद्दार उडानमार्फत नेपाल आएका हुन्। सबैभन्दा बढी भारतबाट १९ हजार ७७९ विदशी नेपाल आएको सीसीएमसीले जनाएको छ।

नेपालीको उद्दारमा अब विदेशी विमान

सरकारले विदेशी विमान कम्पनीलाई पनि विदेशमा अलपत्र नेपाली उद्दार अनुमति दिने भएको छ । सरकारको यस्तो तयारीसँगै विदेशबाट फिर्ता ल्याउने नेपाली नागरिकको उडान उद्दार तालिका तथा भाडादरमा पुनरावलोकन हुने भएको छ । कहाँबाट कसरी सहज, सुलभ र मितव्ययी ढंगबाट उद्दार गर्न सकिन्छ भनेर सरकारले यस्तो निर्णय गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । उनले भने, “अब नेपालबाट पनि र विदेशबाट पनि सम्बन्धित देशका विमान कम्पनीले हाम्रो दूतावासँगको सहजीकरणमा उद्दार गर्न पाउने व्यवस्था गर्दैछौं । तर, त्यसको लागि नेपाल सरकारले तोकेको शर्त भने पूरा गर्नुपर्ने छ ।”

विदेशीसँग आएका २५ मजदुरको उद्धार

संखुवासभा : सङ्खुवासभाको मकालु हिमाल ट्रेकिङका लागि आएर अलपत्र परेका २५ जनालाई रसुवाको कालिका गाउँपालिकाले उद्धार गरेको छ। उनीहरु विदेशी पर्यटकको भरियाका रुपमा सङखुवासभा आइपुगेका थिए। उनीहरुलाई खाँदबारीमै अलपत्र परेका बेला आइतबार उद्दार गरिएको हो। उनीहरु विदेशी पर्यटकको सामान बोकेर बन्दाबन्दी शुरु हुनुको अघि...

अन्नपूर्ण पदमार्गमा आएका ३० पर्यटकको उद्दार

विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत हिमाली जिल्ला मनाङ पुगेका ३० विदेशी पर्यटकको उद्दार गरेर पोखरा पठाइएको छ । सरकारले लकडाउन गरेपछि अलपत्र परेका पर्यटकलाई स्थानीय प्रशासन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङको समन्वयमा उद्दार भएको हो । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार स्थानीय तहसँग समन्वय गरी पर्यटकहरुको तथ्यांक खोजिएको र उनीहरुलाई पोखरा पठाइएको मनाङका प्रमूख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।