अन्नपूर्ण पदमार्गमा आएका ३० पर्यटकको उद्दार

विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत हिमाली जिल्ला मनाङ पुगेका ३० विदेशी पर्यटकको उद्दार गरेर पोखरा पठाइएको छ । सरकारले लकडाउन गरेपछि अलपत्र परेका पर्यटकलाई स्थानीय प्रशासन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङको समन्वयमा उद्दार भएको हो । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार स्थानीय तहसँग समन्वय गरी पर्यटकहरुको तथ्यांक खोजिएको र उनीहरुलाई पोखरा पठाइएको मनाङका प्रमूख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।