भैरहवाबाट उडान गर्न विदेशी वायुसेवाहरुको आकर्षण

नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडान गर्न विदेशी वायुसेवाहरुको आकर्षण बढिरहेको छ । यसै क्रममा आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ । गत जेठ २ गतेदेखि …

सम्बन्धित सामग्री

गौतम बुद्ध विमानस्थलबाट कार्गो सुरु

व्यावसायिक रूपमा सञ्चालनमा आएको तीन महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरु भएको छ । शुक्रबार पहिलोपटक काठमाडौँको हिमालेक्स ट्रेडर्सले राइजिङ स्टार कार्गो प्रालिमार्फत कार्गो विदेश पठाउन सुरु गरेको हो । हाल कुवेतको जजिरा एयरले साताको तीनवटा उडान गर्दै आएको भैरहवा विमानस्थलमा यात्रु जहाजबाटै कार्गो पठाउन सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताउनुभयो । काठमाडौँबाट ट्रकमार्फत भैरहवा पु-याइएको एक हजार तीन सय किलो हस्तकला र ऊनजन्य सामान निकासी गरिएको सो विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले बताउनुभयो । उक्त कार्गो कुवेत ट्रान्जिट भएर शनिबार बिहान ७ बजेको उडानमार्फत फ्रान्स पठाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भन्सार महसुल, भूमिस्थ सेवालगायतका छुट सुविधाले गर्दा भैरहवाबाट भाडादरसमेत सस्तो छ । यसले यो विमानस्थलमा आकर्षण बढाउन र विदेशी मुद्रा आर्जनमा सहयोग पु¥याउने विश्वास छ । हाललाई यात्रु उडानमार्फत नै कार्गो निकासी सुरु भएको हो

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै

कास्की । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् । पोखराबाट हेलिकोप्टर चढी पर्यटक नजिकैका माछापुच्छ्रे, मर्दीलगायत हिमालको अवलोकन गर्न मर्दी हाइक्याम्प तथा आधार शिविर, कोरी हिमाल, कफुचे हिमताललगायतको अवलोकन गर्न पुग्ने गरेको सत्यम् हेली सर्भिसका सञ्चालक अमृत अधिकारीले जानकारी दिए । पछिल्लो समयमा पोखरा आउने आन्तरिक पर्यटक पर्वतीय उडानतर्फ आकर्षित हुने गरेका छन् । सत्यम् हेली सर्भिसले फिष्टेल एयरको हेलिकोप्टर भाडामा लिएर पर्यटकलाई सेवा प्रवाह गरिरहेको छ । पोखराबाट कोरी हिमालका लागि प्रतिव्यक्ति २५ हजार, मर्दी हिमालका लागि प्रतिव्यक्ति २० हजार र पोखरा सिटीअन्तर्गत विश्वशान्ति स्तुप, पुम्दीकोट विशाल महादेवमूर्ति, सराङकोटलगायतका स्थानको अवलोकनका लागि प्रतिव्यक्ति १० हजार शुल्क लिने गरेको अधिकारीले बताए ।     पोखराबाट मुक्तिनाथ जाने पर्यटकका लागि एउटा उडानको दुई लाखसम्म लिने गरिएको छ । एउटा उडानमा पाँच जनासम्म सहभागी बन्न सक्ने क्षमता रहेको अधिकारीले जानकारी दिए । पोखरा आउने पर्यटकमा पछिल्ला दिनमा खर्च गर्ने क्षमता पनि बढेको व्यवसायी बताउँछन् । पोखराबाट प्रभु र डाइनेस्टी एयरले पनि पर्वतीय उडान गरिरहेका छन् । रासस

पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट

बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन् । दुवै एयरलाइन्सले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । कोभिड–१९ महामारीका कारण अझै पनि विदेशी पर्यटकको चहलपहल बढ्न नसकेका बेला एयरलाइन्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै आफ्ना छुट प्याकेज घोषणा गरेका हुन् । दुवै एयरलाइन्सले आगामी डिसेम्बर ५ तारिखदेखि औपचारिकरुपमा पर्वतीय उडान सञ्चालन गर्ने ती कम्पनीले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत जनाएका छन् । हरेक शनिबार पर्वतीय उडान हुनेछ । बुद्ध एयरले कात्तिक १३ गते शनिबारबाटै पर्वतीय उडान शुरु गरिसकेको छ । सो उडानमा १८ यात्रु सहभागी थिए । बन्दाबन्दीपछि पुनःपर्वतीय उडान शुरु गरेको बुद्ध एयरले स्थिर अवस्थामा रहेको पर्यटनलाई गतिशील बनाउने उद्देश्यले आगामी शनिबारदेखि नियमित पर्वतीय उडान गर्ने जनाएको छ ।

खुल्यो माउन्टेन फ्लाइट, एउटा टिकेट किन्दा एउटा फ्री अफर

काठमाडौं : सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ। पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ। विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । कोभिड–१९ सङ्क्रमणका कारण