भक्तपुरमा ४३ प्रतिशत निजी आवासको निर्माण सम्पन्न

भक्तपुर। भूकम्प गएको ६ वर्षमा भक्तपुर जिल्लाको निजी आवास निर्माण ४३ प्रतिशत मात्र सम्पन्न भएको छ। पुनर्निर्माण गर्नुपर्ने २८ हजार ६५० घरमध्ये ११ हजार १०४ आवासको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुरले जनाएको छ। त्यस्तै प्रवलीकरण गर्नुपर्ने कूल २९ हजार ३०२ लाभग्राहीमध्ये सूचीमा परेपनि हालसम्म १२ हजार ३३२ लाभग्राहीले सम्पन्न गरेका छन्।

सम्बन्धित सामग्री

दोर्दी गाउँपालिका जोड्ने सडक ६० प्रतिशत निर्माण सम्पन्न

लमजुङ– जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने उदिपुर-रिठ्ठेबगर-नौथर सेरा सडक कालोपत्रको कामले तीव्रता पाएको हो ।  ग्याबेल, ग्याबिन वाल, मेशिन वालको काम तीव्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालयका सडक इन्जिनियर राजेश अधिकारीले हालसम्म साढे तीन […]

सुरुङमार्ग निर्माण सम्पन्न समयमा नै गर्न आवश्यक

नेपालमा पछिल्लो समय बन्दै गरेको काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगतिमा धेरैको चासो छ । तर, निर्माणाधीन सुरुङमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुन नसक्ने देखिएको छ । किनकि हालसम्म निर्माणाधीन सुरुङमार्ग समग्र कुल प्रगति ६५.३० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम आगामी १० महिनामा पूरा गर्नुपर्ने भए पनि सो समयमा नहुने भएपछि निर्माण कम्पनीले समय […]

हुलाकी राजमार्ग: ७२ प्रतिशत निर्माण सम्पन्न

काठमाडौँ– तराई-मधेसको समृद्धिको आधारका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७२ निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो राजमार्ग अबको दुई वर्षमा सम्पन्न हुने बताइएको छ । आयोजनाअन्तर्गत हालसम्म झण्डै नौ सय किलोमिटर सडक कालोपत्र भएकामा अहिले साढे पाँच सय किमीका लागि  ठेक्का आह्वान भएर काम अघि बढेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको […]

सुपर दोर्दी ‘ख’ ८८ प्रतिशत निर्माण सम्पन्न

लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको निर्माणकार्य ८८ प्रतिशत पूरा भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको बाँध, विद्युतगृह, सुरङमार्ग सबै क्षेत्रको काम एक साथ अघि बढेको कम्पनीले जनाएको हो ।गत वर्षको असारमा आएको बाढी पहिरोले बाँध क्षेत्रको संरचना बगाएर क्षतिग्रस्त सो आयोजनाको बाँध क्षेत्रको पुनर्निर्माणको काम भइरहेको […]

मदन भण्डारी राजमार्गः ९५ प्रतिशत निर्माण सम्पन्न

निर्माणाधीन धरान—चतरा—सिन्धुली—हेटौँडा(मदन भण्डारी) राजमार्गको निर्माणकार्य करिब अन्तिम चरणमा पुगेको छ। सरकारको मुख्य प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग( धरान—चतरा—सिन्धुली—हेटौँडा वैकल्पिक सडक) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा भएपछि निर्माणल...

दोर्दीखोला-१ जलविद्युतको ९८ प्रतिशत निर्माण सम्पन्न

लमजुङ – लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनाको काम ९८ प्रतिशत सकिएको छ । दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएपछि विद्युत उत्पादन थालिनेछ । विद्युतगृहको सिभिल संरचनाको काम सकिएको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सम्पन्न गरी उपकरण […]

नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको ८९ प्रतिशत निर्माण सम्पन्न

विदुर नगरपालिका–६ खम्बाली क्याम्पमा निर्माणाधीन केन्द्रीय कारागारको भौतिक संरचना निर्माणको ८९ प्रतिशत काम सकिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङमार्फत करिब ४२ करोड रुपैयाँको लागतमा केन्द्रीय कारागारको संरचना निर्माण भइरहेको छ । हालसम्म ६८ प्रतिशत अर्थात २९ करोड रुपैयाँ निकासा भइसकेको छ । दैनिक रुपमा १ सय ५० भन्दा बढी […]

पोखरा विमानस्थलको ८५ प्रतिशत निर्माण सम्पन्न

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८४ प्रतिशत सकिएको छ । टर्मिनल, एटीसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएको छ भने ट्याक्सी–वे, एप्रोन, पार्किङ लगायतका काम पनि सम्पन्न भइसकेको छ । बत्ती जडान, कार पार्किङ, तारबार लगाउने काम पनि सम्पन्न भएको छ । विमानस्थलको भित्रको सडकको ७० प्रतिशत र विमानस्थल […]

४३ प्रतिशत निजी आवास निर्माण सम्पन्न

भक्तपुर । भक्तपुरमा भूकम्पपछिको निजी आवास निर्माण ४३ प्रतिशत सम्पन्न भएको छ । जिल्लामा पुनर्निर्माण गर्नुपर्ने २८ हजार ६५० र प्रबलीकरण गर्नुपर्ने ६५२ गरी कुल २९ हजार ३०२ लाभग्राही सूचीमा परे पनि हालसम्म १२ हजार ३३२ निजी आवास पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इञ्जिनियर भोजराज भट्टले जानकारी दिए ।       पुनर्निर्माणका लाभग्राहीमध्ये २५ हजार १५४ले अनुदान सम्झौता गरेका छन् । यसमध्ये २४ हजार १५४ले प्रथम किस्ता, १३ हजार १९६ले दोस्रो किस्ता र १२ हजार ३३२ लाभग्राहीले तेस्रो किस्ताको रकम लगेका उनले जानकारी दिए । उनका अनुसार प्रथम किस्ता ८८ प्रतिशत, दोस्रो किस्ता ४६ प्रतिशत र तेस्रो किस्ता लैजाने ४३ प्रतिशत रहेका छन् । पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको संख्या भने ११ हजार ८२२ रहेको छ ।      यस्तै पूर्णक्षति नभएको तर प्रबलीकरण गर्नुपर्ने निजी आवास अन्तर्गत प्रवलिकरण लाभग्राही सूचीमा रहेका ६५२ मध्ये ३८० जनाले मात्रै अनुदान सम्झौता गरेर प्रथम किस्ता लगेका छन् भने दोस्रो किस्ता लैजाने पाँच लाभग्राही मात्रै रहेका छन् । जिल्लाका चार नगरपालिकामध्ये सबभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ५२ प्रतिशतले निजी आवास निर्माण सम्पन्न गरेका छन् । यस नगरपालिकामा पुनर्निर्माणका लागि सात हजार १३२ ले प्रथम किस्ता, चार हजार १७४ ले दोस्रो किस्ता र तीन हजार ९२४ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् । रासस