नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको ८९ प्रतिशत निर्माण सम्पन्न

विदुर नगरपालिका–६ खम्बाली क्याम्पमा निर्माणाधीन केन्द्रीय कारागारको भौतिक संरचना निर्माणको ८९ प्रतिशत काम सकिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङमार्फत करिब ४२ करोड रुपैयाँको लागतमा केन्द्रीय कारागारको संरचना निर्माण भइरहेको छ । हालसम्म ६८ प्रतिशत अर्थात २९ करोड रुपैयाँ निकासा भइसकेको छ । दैनिक रुपमा १ सय ५० भन्दा बढी […]

सम्बन्धित सामग्री

कुइने ठूलोखोला आयोजनाको मुख्य सुरुङ छिचोलियो

म्याग्दी। उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणाधीन २१ दशमलव ३ मेगावाट क्षमताको कुइने ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ । इनलेट र आउटलेट गरी दुई ठाउँबाट निर्माण थालेको आयोजनाले करीब २० महीनामा २ हजार ७०० मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)को ‘ब्रेक थू्र’ गरेको हो । संयुक्त ऊर्जा लिमिटेड प्रवद्र्धक रहेको यस आयोजनाको सुरुङ निर्माण २०७८ मङ्सिरदेखि शुरू भएको थियो, जुन गत शनिवार दुवै तर्फबाट जोडिएको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिए । उनका अनुसार हिमाली क्षेत्र, प्राकृतिक प्रकोपलगायत कारण आयोजनामा करीब २० महीना मात्रै नियमित रूपमा काम भएको छ । ‘आयोजनाको सबैभन्दा कठिन मानिने टनेल दुवै तर्फबाट जोड्ने काम सकिएको छ,’ उनले भने, ‘बाधस्थल र विद्युत्गृह निर्माण समेत धमाधम भइरहेको छ ।’ ७० प्रतिशत निर्माण सम्पन्न भएको यो आयोजना आगामी ८ महीनाभित्र सम्पन्न गरेर विद्युत् उत्पादन थालिने हमालले बताए । रघुगंगा नदीस्थित फेदीखोलामा आयोजनाको मुहान रहेको छ । त्यहाँबाट ल्याइने पानी छरीस्थित रघुगंगा नदीको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ६०० मिटर पेनस्टक टनेल रहनेछ । ४९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने १०० मिटर भर्टिकल पेनस्टक टनेलमध्ये ५० मिटर खन्न बाँकी छ । यो आयोजनामा अहिले २२५ कामदारले नियमित रूपमा काम गर्दै आएका छन् । गैरआवासीय नेपाली र नेपालीको ३० प्रतिशत लगानी रहेको उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण लगानी छ । नेपाल बैंक लिमिटेडको नेतृत्वमा लक्ष्मी सन्राइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले आयोजनामा लगानी गरेका छन् । गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्‍याएपछि आयोजनाको निर्माण केही पछि धकेलिएको हो । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मेसिनरी उपकरण परिचालन गरेर आयोजनाको कामलाई गति दिएको छ । आयोजनाको निर्माण सम्पन्न गर्न करीब ३ अर्ब ६० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रणालीमा जोड्न २३ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुँदै छ । म्याग्दीमा हालसम्म ३५३ मेगावाट क्षमताका ११ ओटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । विद्युत् विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका चारओटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् । जिल्लामा ७०० मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् । कुल ३४६ मेगावाट क्षमताका ६ ओटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । त्यस्तै ८३ दशमलव ५ मेगावाट क्षमताका तीनओटा आयोजनाले निर्माणको अनुमति मागेका छन् ।

अन्नपूर्ण गाउँपालिकाले रोयल्टीबापत ८ करोड पाउने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ गाउँमा सञ्चालित पाँचओटा जलविद्युत् आयोजनाबाट उक्त गाउँपालिकाले चालू आर्थिक वर्षमा रू. ८ करोडभन्दा बढी विद्युत् रोयल्टी पाउने भएको छ । ६ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली एक वर्षदेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । यसैगरी ७१ मेगावाटको नीलगिरि क्यास्केड, ३८ मेगावाटको नीलगिरि खोला र ६ मेगावाट क्षमताको रेलेखोला आयोजना निर्माणाधीन छन् । नीलगिरि १ र २ दुवैले चालू आर्थिक वर्षमा निर्माण सक्ने लक्ष्य लिएका छन् । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माका अनुसार वित्त आयोगबाट विद्युत् रोयल्टीबापत रू. ८ करोड रोयल्टी विनियोजन भएको पत्र गाउँपालिकामा प्राप्त भएको छ । साथै पर्यटनबाट रू. ४० हजारभन्दा बढी रोयल्टी विनियोजन भएको पत्र पनि पालिकालाई प्राप्त भएको उनले जानकारी दिए । नारच्याङमा सञ्चालित जलविद्युत् आयोजनाबाट ५०० भन्दा बढी स्थानीय बासिन्दाले रोजगारी पाएको वडाध्यक्ष लोकबहादुर फगामीले बताए । उनका अनुसार विद्युत् आयोजनाले स्थानीय तीनओटा विद्यालयका शिक्षकको तलबभत्ता, खेलकुद मैदानसहितका पूर्वाधार, आमा समूह र युवा क्लबलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् । जलविद्युत् आयोजनाबाट सामाजिक तथा वातावरणीय क्षेत्रमा प्राप्त औसत वार्षिक रू. दुई करोड पनि यही वडाभित्र खर्च हुने गरेको उनले जानकारी दिए । यसअघि निर्माण सम्पन्न भएको मिस्त्रीखोलाबाट पनि वडाले सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग पाएको उनले बताए । ‘जलविद्युत् आयोजनाकै कारण गाउँको विकासमा सहयोग पुगेको छ, स्थानीयले रोजगारी पनि पाएका छन्,’ उनले भने ।

दोर्दीखोला करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण तयार

लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्थासहितको प्रसारण लाइन तयार भएको छ । सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली उदीपुर हुँदै मध्यमस्र्याङदीको स्वीचयार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत बिजुली जोड्न सकिने गरी नयाँ व्यवस्था गरिएको मस्र्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले जानकारी दिए ।“हामीले सबै परीक्षणको काम सम्पन्न गरिसकेका छौं, प्रवद्र्धकले चाहेको बेलामा नै अब बिजुली जोड्न सक्छन्”, आयोजना प्रमुख राणाले भने “कार्यकारी निर्देशकले पनि शिघ्र काम सम्पन्न गर्न दिनुभएको छ, हामीले सबै काम सम्पन्न गरेर तयारी अवस्थामा बसेका छौं ।”वन क्षेत्रको रुख कटानमा देखिएको समस्या तथा अन्य स्थानीयवासीको मागका कारण लामो समयदेखि मार्कीचोक हुँदै लमजुङ खण्डमा प्रसारण लाइन निर्माणको कामले गति लिन नसकेपछि प्राधिकरणले आफ्नो प्रतिवद्धताअनुसार प्रसारण लाइन तयार पारेको हो ।हाल तयारी हालतमा रहेको प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ । सो प्रसारण लाइनको क्षमता २२० केभी भए पनि तत्काल कम क्षमता चार्ज गरेर प्रवद्र्धकको बिजुली प्रणालीमा जोडिने आयोजना प्रमुख राणाको भनाइ छ । लमजुङकै ङादी तथा त्यसका सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् खुदी सवस्टेसनमा जोडिने छ ।मस्र्याङ्दी र त्यसका सहायक नदीमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।उनका अनुसार हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले बिजुली जोड्छौं भनेकै दिन जोड्न सकिने भएको छ । यस्तै लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको आयोजना निर्माणाधीन छ । त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको १२.१ दोर्दी–१ पनि तत्कालै जोड्न सकिनेछ ।चेपे खोलाका निर्माणाधिन सात मेगावाटको अर्को एक आयोजनाको समेत बिजुली सोही प्रसारण लाइनमा जोडिँदा तत्कालै ७० मेगावाट बराबरको बिजुली केन्द्रीय प्रणालीमा थप हुनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब एक सय १३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई सवस्टेसन निर्माण भइरहेका छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब बराबर छ ।लमजुङमा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन छन् । यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ पनि सोही प्रसारण लाइनमार्फत नै प्रवाह हुनेछ । सो करिडोरका सबै आयोजना निर्माण सम्पन्न भएपश्चात् एक सय २५ मेगावाट बिजुली उत्पादन हुनेछ । त्यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरको सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजनामा कूल रु आठ अर्ब ८० करोड लगानी छ । सो आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको पनि रु २७ करोड लगानी रहेको छ ।

बुटवल पावरको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । बुटवल पावर कम्पनीको २९ औं वार्षिक साधारणसभा केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समिति अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न सभाले आव ०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितका वित्तिय विवरण, आव ०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणलाई पनि पारित गरेको छ । साधारणसभाले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर वितरण गर्ने, बोनस शेयर वितरणका लागि चुक्ता पुँजी वृद्धि गर्नेलगायत प्रस्ताव पारित गरेको छ । सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम स्वीकृति लिएर नगद लाभांश यथाशक्य छिटो शेयरधनीलाई वितरण गरिने कम्पनीले बताएको छ । बोनस शेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी रु. ३,२४,६३,२६,८०० कायम हुनेछ । हाल कम्पनीले ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत्गृह सञ्चालन छन् । साथै, सहायक तथा सम्बद्ध कम्पनीमार्फत सञ्चालित ४ मेगावाटको खुदी जलविद्युत्गृह र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत्गृह सञ्चालन हुँदै आएको छ । निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई प्रसारण लाइन तथा सबस्टेसन अभावले विद्युत् उत्पादन तथा वितरण ढिलाइ हुन गएको छ ।

माथिल्लो तामाकोशीको सन्देश

राष्ट्रिय गौरवको आयोजना मानिएको माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रीडमा आउन थालेको छ । आयोजना पूर्णरूपमा सम्पन्न नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार यसको उद्घाटन गरेसँगै नेपालले आफ्नै लगानीमा यति ठूलो परियोजना बनाउन सक्छ भन्ने प्रमाणित भएको र यसले जलविद्युत् क्षेत्रमा नेपालको आत्मविश्वास बढाएको छ भनेर उत्सव पनि मनाउन थालिएको छ । ठीक तरीकाले मर्मत सम्भार भए यस्ता आयोजनाको आयु ६०–७० वर्ष मात्र होइन, १०० वर्षसम्म पनि हुन्छ । त्यसैले अनुमान गरेभन्दा निकै बढी खर्च भए पनि यस्ता आयोजनामा भएको नोक्सान धान्न नसकिने भने हुँदैन । यो आयोजना लक्ष्यअनुसार ५ वर्ष ढिला सम्पन्न भएको छ । यसले भूकम्प र भारतीय नाकाबन्दीको असर भोग्नुपर्‍यो भने ठेकेदार कम्पनीहरूको पनि केही समस्या झेल्नुपर्‍यो । आयोजना ५ वर्ष ढिला हुँदा यसको लागत पनि झन्डै तेब्बर पुगेको छ । नेपालका पूर्वाधार आयोजनाहरू समयमा सम्पन्न भएको खासै पाइँदैन । त्यही रोग यस आयोजनामा पनि देखिएको हो । तर, मेलम्ची खानेपानी आयोजनाको तुलनामा लागत वृद्धि, ढिलाइ र चलखेल यो आयोजनामा अलिक कम अनुभव गरिएको छ । महँगो आयोजना भए पनि जलविद्युत् क्षेत्रमा यसको ठूलो महत्त्व छ । जलविद्युत् आयोजनाहरू दीर्घकालीन हुन्छन् । ठीक तरीकाले मर्मत सम्भार भए यस्ता आयोजनाको आयु ६०–७० वर्ष मात्र होइन, १०० वर्षसम्म पनि हुन्छ । त्यसैले अनुमान गरेभन्दा निकै बढी खर्च भए पनि यस्ता आयोजनामा भएको नोक्सान धान्न नसकिने भने हुँदैन । अन्य केही क्षेत्रका आयोजनाहरूमा भने लागत बढेमा त्यसलाई धान्न गाह्रो पर्छ । सडक आयोजनाहरूको लागत बढ्यो भने त्यो धान्न गाह्रो पर्छ किनभने त्यसको बारम्बार मर्मत र पुनर्निर्माण गरिरहनुपर्छ र त्यसका लागि विदेशी सहयोग खोज्न परिरहेको छ । जलविद्युत् आयोजनामा प्रतिमेगावाट लागत हेर्ने गरिन्छ । जलप्रवाहमा आधारित आयोजनामा प्रतिमेवा २० करोड रुपैयाँभन्दा बढी लागत पर्ने भयो भने त्यसलाई नराम्रो भन्ने गरिन्छ । तर, मौद्रिक लागत बढे पनि योजना इन्जिनीयरिङ हिसाबले निर्धारित समयभित्र बनाइसक्छु भन्ने ठेकेदारलाई इन्जिनीयरिङ हिसाबले अनुमानित लागतको २५ वा ३० प्रतिशत बढी रकमसम्म दिँदा पनि दीर्घकालीन दृष्टिमा देशलाई लाभ नै हुन्छ । आयोजना निर्माणमा ढिला हुँदा बेहोर्नुपर्ने अपर्च्युनिटी कस्ट (अवसर लागत) नहेरेर केवल मौद्रिक लागत मात्र हेर्ने प्रणालीमा सुधार गर्ने गफ मात्र भइरहेको छ । यो परियोजनाको उद्घाटनमा गरिएको हतारो आलोच्य छ । उद्घाटन गरेर जस लिन हतार गरेको देखिन्छ । यो परियोजना सम्पन्न हुन अझै थुप्रै काम बाँकी छ । परियोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनसँग जोड्ने आफ्नो प्रसारण लाइन बनिसकेको छैन । अन्य आयोजनाको प्रसारण लाइनबाट काम चलाइएको छ । ६ ओटा युनिटमध्ये एउटा युनिटबाट मात्रै विद्युत् उत्पादन भएको छ । राष्ट्रिय गौरवका आयोजनाहरूको कार्य प्रगति सन्तोषजनक छैन । तिनको बजेट खर्च निराशाजनक छ । निर्माण सम्पन्न हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको मोडालिटीसमेत तयार पार्ने काम भएको छैन । यस्तोमा हतारले उद्घाटन गर्न चासो देखाउनुभन्दा ती परियोजनाहरूको काम तीव्र पार्न प्रधानमन्त्रीको ध्यान जानुपर्ने हो । माथिल्लो तामाकोशी परियोजनाबाट नेपालले थुप्रै पाठ सिकेको छ, अनुभव प्राप्त गरेको छ । यसको पाठबाट अन्य परियोजनामा लाभ लिन सकेमा त ठीकै हो । तर, नेपालमा यस्ता पाठ सिकेर त्यसलाई उपयोग गरेकोे उदाहरण खासै पाइँदैन । चिलिमे जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणले छुट्टै कम्पनी बनाएर विकास गरेको राम्रो अनुभव थियो । तर, त्यसपछि त्यही मोडेलमा विकास गर्न खोजिएका परियोजनाहरूमा त्यस्तो सफलता देखिएको छैन । यस वर्ष आएको बाढीले जल विद्युत् परियोजनाको भविष्यबारे चिन्ता थपेको छ । विगतको भन्दा फरक प्रकृतिको बाढी आएको भन्ने विज्ञहरूको भनाइ छ । यसबाट निर्माणाधीन आयोजनाहरूमा असर परेको छ । खासगरी पहिरो गएर नदी थुनिने र एक्कासि ठूलो बाढी आउने नयाँ समस्या यस वर्ष देखापरेको छ । यसबारे गम्भीर अध्ययन गर्नुपर्ने भएको छ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, भूगर्भअनुसन्धान विभागजस्ता संस्थामार्फत यसबारे अनुसन्धान गराउनु अनिवार्य देखिएको छ ।

५ वर्षमा पनि सकिएन सोलु करिडोरको निर्माण कार्य, छैटौँ पटक म्याद थपिँदै

जेठ १८, सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले छैटाँै पटक म्याद थपका लागि फाइल अगाडि बढाएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरेको आयोजनाले पुनः छैटौँपटक म्याद थपका लागि फाइल अघि बढाएको हो । सन् २०२१ मेमा काम सक्ने शर्तमा पाचौँपटक म्याद थप गरेको आयोजनाले पुनः तीन महीनाका लागि समय थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । उनका अनुसार जिल्लामा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएको भए पनि  स्थानीयवासीको अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो । सिरहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ ओटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २९२ ओटामात्रै फाउण्डेशनको काम सकिएको आयोजनाले जानकारी दिएको छ । आयोजना प्रमुख गौतमका अनुसार अन्य १० ओटा टावरको फाउण्डेशन निर्माण गर्ने क्षेत्रमा भने स्थानीयवासीले अवरोध गरेका छन् । उदयपुरको मरुवामा १० ओटा टावर निर्माण गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण काम अगाडि बढाउन नसकिएको प्रमुख गौतमको भनाइ छ । उनीहरुले मुअब्जाको माग गर्दै काम अगाडि बढाउन नदिएको बताइएको छ । यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ । बाँकी ३० किलोमिटर सोही अवरोध हुने क्षेत्रभित्रमा पर्छ । सोलुखुम्बुको पत्तालेमा दुई किलोमिटर र बाँकी मरुवामा नै तार टाँग्न बाँकी रहेको आयोजनाले जानकारी दिएको छ । प्रसारण लाइन क्षेत्रमा मुआब्जा दिनुपर्ने स्थानीयवासीको मागपछि तार तान्ने काम रोकिएको बताइएको छ ।  स्थानीयवासी र आयोजनाबीच कुरा नमिल्दा तीन महिनादेखि निर्माणको काम ठप्प बनेको छ । आयोजनाले स्थानीयवासीको चित्त बुझाउन नसक्दा सोलुखुम्बुमा उत्पादन भएको सयौँ किलोवाट विद्युत् खेर गएको छ । एक वर्षअघि नै निर्माण सम्पन्न भएको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना २३ दशमलव ५ मेगावाटले अहिले पाँच मेगावाट मात्रै उत्पादन गरिरहेको आयोजनाले बताएको छ ।  यसलाई तिङ्लामा रहेको ३३ केभी सबस्टेशनबाट ओखलढुंगाको रुम्जाटारमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । यो १३२ केभी प्रसारण लाइनको विकल्पका रूपमा प्रयोग गरिएको हो । यससँगै जिल्लालाई विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा ११, ३३ र १३२ केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । करीब एक वर्षअघि नै उक्त सबस्टेशन तयार भए पनि करिडोरको काममा बिलम्ब हुँदा समस्या भएको हो । यस्तै, तल्लो सोलुखोला जलविद्युत् आयोजना ८२ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । यता सोलुखोलामा नै निर्माणाधीन अवस्थामा रहेको बेनी हाइड्रोपावर १९ दशमलव ५ मेगावाटको कामसमेत अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताए ।  यी आयोजनाको काम यसअघि नै निर्माण सम्पन्न हुने भए पनि विद्युत् लाइनको काम सम्पन्न नुहँदा ढिलाइ भएको सम्बन्धित आयोजनाको दाबी छ । विद्युत् निर्माण सम्पन्न भए पनि प्रसारण लाइन नहुँदा कम जनशक्तिमा काम भइरहेको तल्लो सोलुखोला जलविद्युत् आयोजनाका कविराज पौडेलले बताए । यस्तै सोलुखोला दूधकोशी हाइड्रोपावर ८६ मेगावटको काम पनि धमाधम भइरहेको छ । सोलुखोलामा मात्रै आधा दर्जन हाइड्रोपावर निर्माणाधीन अवस्थामा छन् । यी आयोजना निजी क्षेत्रको लगानीमा निर्माण हुँदैछन् । रासस

माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले शुरु गर्‍यो व्यवसायिक उत्पादन

वैशाख ९,सिन्धुपाल्चोक । शिवश्री हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको व्यवसायिक उत्पादन शुरु भएको छ ।  बिहीवार एक कार्यक्रम गरेर कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा निर्माण सम्पन्न भएको सो आयोजनाको व्यवसायिक उत्पादन शुरु गरेको हो । निजी क्षेत्रको अगुवाइमा निर्मित २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु–ए जलविद्युत् आयोजनाले गत वैशाख २ गते आफ्नो उत्पादन केन्द्रीय प्रशारण लाइनमा जोडेको थियो । सम्पूर्ण परीक्षणका प्रक्रिया सकेर आयोजनाले व्यवसायिक उत्पादन गर्न थालेको हो । आयोजना रहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आयोजनाको व्यवसायिक उत्पादनको सुभारम्भ गरेका हुन् । नेपाल–चीन सीमावर्ती भोटेकाशी गाउँपालिका– ४ फूल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दुरीमा लामोसाँघुमा रहेको विद्युत् प्राधिकरण स्वामित्वको सुनकोशी जलविद्युत् केन्द्रको सव–स्टेसनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको  कम्पनीका  अध्यक्ष बच्चु पौडेलले बताए । हिउँदको सुक्खा मौसम भएकाले आयोजनाबाट तत्काल साँढे तीन मेगावाट विद्युत् उत्पादन भइरहेको उनले बताए ।  ‘आगामी असारदेखि मात्र पूर्णक्षमतामा उत्पादन हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘प्राधिकरणले हिउँदमा सात रुपैयाँ र बर्खामा चार रुपैयाँ तिरेर प्रतियुनिट विद्युत् खरीद गर्ने छ ।’  अध्यक्ष पौडेलका अनुसार उत्पादित विद्युत् विक्रीबाट महशुलवापत वार्षिक ५० देखि ६० करोड रुपैयाँ आयोजनाले आम्दानी गर्ने छ । फूल्पिङकट्टीको चन्द्राकुमा रहेको बाँधबाट २ हजार ५०० मिटर लामो भूमिगत सुरुङमार्फत चाकु खोलो छिराइ चाङ्लेकट्टीस्थित उत्पादन गृहमा पुर्‍याइएको आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको हो ।  विसं २०७३ भित्र सक्ने गरी विस २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो । विसं २०७१ साउनको जुरे पहिरो, विसं २०७२ वैशाख १२ को भोटेकोशी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पुर्‍याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको कम्पनीका संस्थापक कार्यकारी अध्यक्ष तथा सल्लाहकार उमेश कसजूले बताए । निर्माण सम्पन्न हुँदा प्रतिमेगावट लागत २३ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए ।  ‘निर्माण अवधि लम्बिँदा आयोजना केही महंगो पर्न गएको छ,’ उनले भने । उनका अनुसार भूकम्पले निर्माणाधीन आयोजनालाई धेरै क्षति पुर्‍याएको थियो । शिवश्रीका अनुसार सिटिजन बैंक लिमिटेडको अगुवाइमा विभिन्न १२  ओटा बैंक तथा वित्तीय संस्थाले आयोजनामा ३ अर्व रुपैयाँ ऋण लगानी गरेका छन् । स्थानीयसहित सर्वसाधरणलाई २० प्रतिशत शेयर वितरण गरिसकेको आयोजनामा निजी क्षेत्र (संस्थापक) को १ अर्व ४७ करोड रुपैयाँ लगानी रहेको शिवश्रीका कार्यकारी अध्यक्ष बच्चु पौडेलले बताए । शिवश्री र विद्युत् प्राधिकरण बीच विसं २०६७ मा विद्युत खरीद सम्झौता( पीपीए) भएको थियो । कम्पनीले विसं २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो । विसं २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग पीपीए गरेको आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँ रहेको छ । कम्पनीले आयोजना पुरा गर्न सर्वसाधारणहरुको लागि प्राथमिक शेयरसमेत जारी गरिसकेको छ । अहिले आयोजनाको १ करोड ४१ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत रहेको छ ।

भूकम्पपीडितका ५८ हजार ६५६ घरको निर्माण सम्पन्न

भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ५८ हजार ६५६ घरको निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार, निर्माणाधीन घरको सङ्ख्या एक लाख ४२ हजार ८६३ रहेका छन् ।निजी आवास पुनर्निर्माणको तथ्याङ्क अद्यावधिक गर्ने निकाय शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईको आज दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न…