इन्जिनमा समस्या आएपछि उडेको ७ मिनेटमै समिटको जहाज अवतरण

इन्जिनमा समस्या आएको भन्दै पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज उडेको ७ मिनेटमै अवतरण गरिएको छ।...

सम्बन्धित सामग्री

विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि...

धनगढी : धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा समस्या आएको छ।धावन मार्गमा स्याल आएपछि जहाज अवतरणमा समस्या भएको हो। शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धान मार्गमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो।जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताए।धावन मार्गमा स्याल देखिएपछि जोखिम

उडेको पाँच मिनेटमै इन्जिनमा समस्या आएपछि श्री एयरको जहाज आकस्मिक अवतरण

काठमाडौं, साउन १९ । नेपालगन्जबाट काठमाडौं आउन उडेको श्री एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि पुनः नेपालगन्ज फर्काएर आकस्मिक अवतरण गराइएको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। श्री एयरलाइन्सका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच […]

यति ययरलाइन्सको जहाज पोखराबाट काठमाडौँ उडेको ६ मिनेटमै आकस्मिक अवतरण

काठमाडौँ-  पोखराबाट काठमाडौँको लागि उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएकाे छ। इन्जिनमा समस्या आएपछि जहाज आकस्मिक अवतरण गरिएकाे हाे। बिहान साढे ८ बजे पोखरा विमानस्थलबाट उडेको जहाजको ६ मिनेटमा नै इन्जिन फेल भएको संकेत देखिएपछि पोखरा विमानस्थलमा नै आकस्मिक अवतरण गरिएको हो। पौने ८ बजे उड्नुपर्ने जहाज साढे ८ बजे उडेको थियो। जहाजमा ४५ यात्रु  […]

समिट एयरको जहाज आपतकालिन अवतरण, इन्जिनमा समस्या

काठमाडौं, ४ वैशाख । सोलुखुम्बुको लुक्लाबाट उडेको समिट एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ । समिट एयरको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आपतकालिन अवतरण गरिएको बताइएको छ । सो जहाज आइतबार बिहान ११ः५० बजे एउटा इन्जिनको सहायताले अवतरण गराइएको हो । नागरिक उड्‍डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले इन्जिनमा समस्या आएपछि एउटा मात्र […]

धनगढीबाट काठमाडौं उडेको बुद्धको जहाज अचानक नेपालगञ्जमा अवतरण

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट काठमाडौंका लागि उडेको जहाज अचानक नेपालगञ्जमा अवतरण गरिएको छ। बुधबार बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरिएको हो।उडान नं २५२ को जहाजमा एकजना यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्जमा जहाज अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरेर यात्रुको चेकजाँच गरिएको बताइएको छ।यस्तै बिरामी यात्रुले ठिक छ भनेपछि आफन्तका साथ बाहिर निस्किएको जनाइएको छ।

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केही बेरमै यान्त्रिक गडबडी आएपछि पुनः भरतपुरमै अवतरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः १६ बजे आकाशमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो ।जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उनले जानकारी दिए । बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए ।जिल

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण

११ असोज, काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सुरक्षित अवतरण गरेको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौंतर्फ फर्किएको थियो । केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार […]

ककपिटमा समस्या आएपछि बुद्ध एयरको जहाज आपतकालिन अवतरण

काठमाडौबाट पोखरा लागि उडेको बुद्ध एअरको जहाज ककपिटमा धुँवा आएपछि काठमाडौंमा आपतकालिन अवतरण भएको छ ।

धनगढी आइरहेको जहाज फिर्ता, काठमाडौंमा आपतकालीन अवतरण

धनगढी : धनगढीका लागि उडेको श्री एयरको जहाजले पुनः काठमाडौँमा आपतकालीन अवतरण भएको छ। काठमाडौँबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौँ अवतरण गरिएको हो। ५ बजेर ३४ मिनेटमा काठमाडौँबाट उडेको जहाज ५ बजेर ५४ मिनेटमा डाइभर्ट भएको श्रीएर धनगढीका इन्चार्ज गजेन्द्र शाहीले बताए।‘जहाज इन्डिकेसन (लाइटसम्बन्धी) समस्या देखिएपछि डाइभर्ट भएर आपतकालीन अवतरण गरिएको रहेछ। त्यो समस्या अहिले समाधान भइसकेको छ। केही समयमा फेरि सोही जहाज धनगढीका लागि उड्छ,’ शाहीले भने।