शिक्षकको लागि बन्ने भयो ३०० बेडको छुट्टै अस्पताल

सरकारले तीन सय शय्याको केन्द्रीय शिक्षक अस्पताल चितवनमा बनाउन सैद्धान्तिक सहमति दिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । मन्त्री पौडेले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल निर्माणको प्रस्ताव पेश गरेका थिए । अस्पताल निर्माणका लागि २१ बिगाह जग्गा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको छ । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । विमल शर्मा चालिसे संयोजकत्वको सम्भाव्यता समितिले यी सबैभन्दा उपयुक्त हुने ठाउँ चितवनको भरतपुर महानगरपालिका १५ भगवानपुरमा रहेको सुझाव दिएको थियो । समितिका सदस्य एवम् जनस्वास्थ्य विज्ञ लिलानाथ भण्डारीले देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउने जस्ता साइट डेभ्लपमेन्ट कार्यमा किफायती हुने देखिएको बताए ।‘हाल शिक्षकहरुलाई सिभिल अस्पतालबाट सेवा लिने र सबै शिक्षकहरुको स्वास्थ्य बिमा सरकारले गरिदिने गरी हामीले प्रतिवेदन मन्त्रालयलाई सुझाव दिएका छौं’ भण्डारीले भने । ‘अध्ययन समितिले दिएको प्रतिवेदनमाथि छलफल गरेर भरतपुर महानगरपालिका–१५ भगवानपुरमा उपयुक्त हुने गरी मन्त्रिपरिषद्मा सिफारिस लगेका थियौं,’ मन्त्री पौडेलले भने, ‘समग्र सबैलाई उपयुक्त स्थान भरतपुरमा हुनेभएकाले त्यहाँ बनाउनका लागि निर्णय भएको छ ।’मन्त्री पौडेलका अनुसार सैद्धान्तिक सहमति भएपछि डिपिआरका लागि प्रक्रिया मन्त्रालयले अघि बढाउनेछ । ‘पहिले तीन सय शय्याको अस्पताल बन्छ,’ मन्त्री पौडेलले भने, ‘पछि प्रतिष्ठान हुने गरी १५ सय बेडको अस्पताल बनाउने गरी लक्ष्य लिएका छौं ।’ अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ ।अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दा शिक्षकका लागि छुटै अस्पताल बनाउने घोषणा गरेका थिए ।  

सम्बन्धित सामग्री

कोरियाको सहयोगमा १५० शय्याको अस्पताल बन्ने

कोरियाको आर्थिक सहयोगमा भक्तपुरको ठिमीमा १५० शय्याको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । हाल नेपाल कोरियामैत्री नगरपालिका अस्पताल रहेकै स्थानमा नयाँ अस्पताल बन्ने भएको हो । अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण उपलब्ध र...

सिमरामा बन्ने भयो सुविधासम्पन्न अस्पताल

बारा : जिल्लाको सिमरामा १५ शैय्याको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ।प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गर्ने उद्देश्यसहित नेपाल सरकारका स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले शिलान्यास गरेका छन्। अस्पताल निर्माणका लागि काठमाडौंको एचपिसी कन्स्ट्रक्सनसँग उपमहानगरपालिकाले २० करोड ५५ लाखमा कार्य सम्झौता गरेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने उद्देश्यले निर्माण सुरु गरिएको अस्पताल भवन करिब सात कठ्ठा क्षेत्रफलमा तयार गरिने इन्जिनियर अभयकान्त झाले बताए ।उनका अनुसार स

जनकपुरधाममा विश्वस्तरीय क्यान्सर अस्पताल बन्ने

जनकपुरधाम – जनकपुरधाममा विश्वस्तरीय क्यान्सर अस्पताल बन्ने भएको छ। विनयतारा क्यान्सर ट्रस्टले जनकपुरधामको लोहनामा २०० शय्याको सुविधा सम्पन्न क्यान्सर अस्पताल बनाउन लागेको हो। फाउन्डेसनका अध्यक्ष डा. विनय साहले विनयतारा फाउन्डेसन (अमेरिका) सँगको सहकार्यमा निर्माण गर्न लागेको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) आधुनिक अमेरिकी क्यान्सर अस्पतालजस्तै हुने बताए। करिब १ अर्ब २५ करोड रुपैयाँ लागतमा निर्माण […]

पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने

पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने भएको छ। अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढीसकेको छ।

बन्ने भयो श्रमिक अस्पताल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको लागि तयारी अघि बढाएका छन् । पदबहाली गरेदेखि नै आफ्नो कार्यकालको प्रमुख लक्ष्यमध्ये श्रमिक अस्पताल निर्माणलाई प्राथमिकता दिएका मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणा पत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गठन गरेका हुन् ।मन्त्रालयका श्रम सम्वन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको सम्भाव्यता अध्ययन टोलीले अस्पताल संचालनको लागि मानवीय, भौतिक,

शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह

चितवन । मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् । दुई ठुला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठुला निजी अस्पताल रहेको […]

शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह बढ्यो

मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन्। शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन्।

शिलन्यास भए तर बनेनन् अस्पताल

अस्पताल भवनको शिलन्यास भएपछि सर्वसाधारणमा खुसियाली छाएको थियो। गाउँमै अस्पताल बन्ने देखेर औधी खुसी भएका सर्वसाधारण अस्पताल नबेपछि भने निरास भएका छन्।...

प्रधानसेनापति शर्माद्वारा बुटवलमा बन्ने सैनिक अस्पताल भवनको शिलान्यास

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले आइतबार बुटवलमा बन्ने सैनिक अस्पताल र सैनिक महाविद्यालय भवनको शिलान्यास गरेका छन् । नेपाली सेनाले मध्य कमाण्ड अन्तर्गत बुटवलमा ती दुई संस्था बन्न लागेका हुन् । सेनाले सबै प्रदेशमा अस्पताल र महाविद्यालय बनाउने नीति अनुसार बुटवलमा नयाँ भवन शिलान्यास गरिएको जनाएको छ । प्रधानसेनापति शर्माले रुपन्देहीस्थित ऐतिहासिक जितगढी किल्लाको भम्रण गर्नुका […]