पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने

पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने भएको छ। अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढीसकेको छ।

सम्बन्धित सामग्री

बन्दै गरेको भवनको जमिन भासिएपछि अलपत्र छ पर्वत अस्पताल निर्माण कार्य

पर्वत : नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी पर्वत अस्पतालमा आधुनिक भवन निर्माणको काम चलिरहेको छ। २८ करोड बजेट विनियोजन भएपछि सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ।अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकोमा ‘इ’ ब्लकको काम अझै पनि बाँकी रहेको छ। कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ रहेको &ls

पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने

पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने भएको छ। अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढीसकेको छ।

तेल्लोकमा दश शय्याको अस्पताल बन्दै

गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु गरिएको हो।

तेल्लोकमा दश शय्या अस्पताल बन्दै

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा बन्न लागेको अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु गरिएको हो । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सोवर्ण/हिमालयन जेभीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

महाकाली अस्पतालमा भौतिक पूर्वाधार निर्माण हुँदै

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरुयोजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो । अस्पतालमा ३० करोड लगानीमा प्रसूति सेवा र बालरोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ ।       शहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण हुने स्थानको माटो परीक्षण गरेको छ । विभागको प्राविधिक टोलीले निर्माणस्थल स्थलगत निरीक्षण गरी माटो परीक्षण गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पतालको गुरुयोजनाअनुसार प्रसूति सेवा र बालरोग सेवाका लागि भवन बनाउन लागिएको बताए । ‘अस्पतालको गुरुयोजनाअनुसार सबै नयाँ संरचना बनाउने लक्ष्य छ । त्यसअनुसार यस वर्ष शहरी विकास तथा भवन निर्माण विभागले भवन बनाउन माटो परीक्षण गरेको छ,’ उनले भने, ‘माटो परीक्षण गरिएको छ, यसपछि अन्य प्रक्रिया अघि बढेर कार्य शुरू हुन्छ ।’ महाकाली अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष अशोकप्रसाद पाण्डेयको कार्यकालमा गुरुयोजना बनाइएको थियो । गुरुयोजनाअनुुसार बन्ने प्रसूति र बालरोग सेवाको भवन चार तलाको हुनेछ । ती दुवैमा ५०/५० शय्या व्यवस्थापन गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए । ‘अहिले पुरानो साँघुरो भवनमा प्रसूति सेवा दिने गरिएको छ, बालरोगका लागि भवन अभाव नै छ,’ उनले भने, ‘नयाँ भवन बनेपछि त्यसमा दुवैका ५०/५० शय्या व्यवस्थापन गर्ने लक्ष्य छ ।’ शहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकले माटो परीक्षणको नतीजापछि भवन निर्माण प्रक्रिया ठेक्कामा गएर शुरू गरिने जानकारी दिएको अध्यक्ष जोशीले बताए । महाकाली अस्पतालका बासिन्दालाई स्वास्थ्य सेवा प्रवाहका लागि चार दशकअघि महाकाली अस्पताल स्थापना गरिएको थियो । रासस

रत्ननगरमा १४ करोडको लागतमा मातृशिशु अस्पतालको निर्माण प्रक्रिया शुरु

असार २, चितवन । चितवनको रत्ननगर नगरपालिकामा साढे १४ करोडको लागतमा मातृशिशु अस्पतालको निर्माण प्रक्रिया अघि बढेको  छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा पूर्वी चितवनमै पहिलो मातृशिशु अस्पताल निर्माणको प्रक्रिया शुरू गरिएको हो । गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि रत्ननगर नगरपालिकाको पहलमा अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । बकुलहर रत्ननगर अस्पतालको परिसरमा निर्माण हुन लागेको सो अस्पतालको भवन निर्माणका लागि ठेक्का प्रक्रिया शुरू भइसकेको नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । वनका अनुसार सुरक्षित तरिकाले सुत्केरी गराएर आमा र बच्चाको सुरक्षा र मृत्युदर न्यूनीकरणका लागि अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । साढे तीनतले भवनमा आइसियू, भेन्टिलेटर, जनरल वार्ड, अपरेसन कक्ष, ओपिडी कक्ष, सुत्केरी कक्ष रहनेछ । अस्पताल लिफ्टसहित अपांगमैत्री पनि बन्ने छ । सो अस्पताल ५० शय्या क्षमताको हुने र एकैपटक ३० जना महिलालाई सुत्केरी गराउन सकिने प्रमुख वनले बताए । हाल रत्ननगर अस्पतालमा दैनिक ३ जना महिलाको मात्र  सुत्केरी गराउन सक्ने क्षमता  छ । सो अस्पताल सञ्चालनमा आएपछि दैनिक ३० जना महिलाहरुलाई सुरक्षित सुत्केरी गराउन सकिने वनले बताए । अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य उपकरण विदेशबाट ल्याउने नगरपालिकाको योजना रहेको छ । ‘अस्पतालमा प्रयोग हुने उपकरण अत्याधुनिक हुनेछन्’, मेयर वनले भने, ‘सम्भवतः स्विट्जरल्यान्डबाट उपकरण ल्याइनेछ ।’ अस्पतालमा आईसीयू, भेन्टिलेटरसहित मेडिकल पाइपलाइन सिस्टम जडित हुने मेयर वनले जानकारी दिए । अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया शुरू भइसकेकाले अबको डेढ महीनामा निर्माण कार्य शुरू गरिने बताइएको छ । दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजनासहित भवन निर्माण शुरू हुने र लगत्तै अस्पताल सञ्चालनमा ल्याइने छ । सो अस्पताल सञ्चालनमा आएपछि सुत्केरी गराउन र बच्चाको उपचारका लागि सदरमुकाम भरतपुर जानुपर्ने बाध्यता हट्ने प्रमुख वनको भनाइ छ ।  पूर्वी चितवनका तीन लाख जनताले प्रत्यक्ष सेवा उपभोग गर्ने गरी रत्ननगर नगरपालिकाको पहलमा मातृशिशु अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।  प्रदेश सरकारले बकुलहर रत्ननगर अस्पताललाई प्रदेशस्तरको मान्यता दिएर ५० शय्याको अस्पतालका रुपमा विकास गरेको छ । केन्द्र सरकारले प्रदान गरेको तीन करोड रूपैयाँबाट सो अस्पतालमा आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि काम भइरहेको छ ।