बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका जानुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

सम्बन्धित सामग्री

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

काठमाडौं, मंसिर १५। अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्त रूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गरे। उनले सहुलियतपूर्ण ऋणका […]

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सबैको अपनत्व हुने गरी बजेट ल्याइएको बताएका छन्। ‘बजेट निर्माण पूर्व हरेक सरोकारवाला पक्षहरूसँग छलफल तथा अन्तरक्रिया गरी सरोकारवालाहरूकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसहरूका आधारमा बजेट निर्माण गरिएको हो’– ...

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं । आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत बजेट र त्यसमा व्यवस्था गरिएका विषयको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थ मन्त्रालयको सहकार्यमा बिहीवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटको कार्यान्वयन अपरिहार्य रहेको बताइएको छ । कार्यक्रममा वरिष्ठ अर्थशास्त्री तथा नेपाल आर्थिक संघका अध्यक्ष प्राडा विश्वम्भर प्याकुर्‍यालले बजेटका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । बजेट समग्रमा सकारात्मक भए तापनि राजस्व लक्ष्य प्राप्तिमा कठिनाइ हुने, मुद्रास्फीति र सार्वजनिक ऋण थप बढ्न सक्ने उनले बताए । अर्थविद् डा पोषराज पाण्डेले तथ्यांक केलाउँदा बजेट आशा मात्र जगाउने खालको देखिएको बताए । वरिष्ठ अर्थविद् प्राडा गोविन्द्र नेपालले बजेट समावेशी र रूपान्तरणकारी भएको भन्दै विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयनका लागि गहिरो अध्ययन आवश्यक रहेको औंल्याए । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भई बजेट आएको बताए । यद्यपि तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको उनको भनाइ छ । कर छूटका कतिपय व्यवस्थाले निर्यात प्रवर्द्धनभन्दा आयातलाई प्रश्रय दिने शंका उत्पन्न भएको उनले बताए । अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि तथ्यांकीय हिसाबबाट बजेट सीमाभित्रै रहनेगरी ल्याइएको बताए । ‘बजेट राजनीतिक–आर्थिक दस्तावेज पनि भएकाले केही महत्त्वाकांक्षा यसले पनि बोकेको छ,’ उनले भने, ‘तर प्राकृतिक स्रोतले भरिपूर्ण र अपार सम्भावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयको कार्यान्वयन भए आर्थिक समृद्धिमा टेवा पुग्नेछ ।’ अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले आमजनता र सरोकारवाला सबै क्षेत्रको अपेक्षा र आवश्यकता समेट्दै बजेट आएको बताए । ‘बजेटले प्रदेश र स्थानीय निकायलाई ठूलो मात्रामा वित्तीय हस्तान्तरणसहित सशक्त बनाएकाले प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ,’ उनले भने । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बजेटले सबैको चाहना र मागलाई समेटेको बताए । ‘हरेक सरोकारवाला पक्षसँग छलफल तथा अन्तरक्रिया गरी प्राप्त सुझाव, आवश्यकता, अपेक्षा र सिफारिशका आधारमा निर्माण गरिएकाले यो बजेट तपाईंहरूको हो, प्रतिनिधिको रूपमा मैले प्रस्तुति मात्र गरेको हुँ,’ उनले भने, ‘अब सबैले अपनत्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ लागौं ।’ बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षहरूलाई उनले आग्रह गरे ।

अर्थतन्त्र बलियो बनाउँदै संघीयता कार्यान्वयनमा जोड

सरकारले संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाई अर्थतन्त्रको जग बलियो बनाउने गरी आगामी आर्थिक वर्ष २०७९/०८० को सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेको छ । मंगलबारको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटले संघीय लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा जोड दिने उनले बताएका छन् । हरेक […]

जातीय विभेद अन्त्य गर्न कानुनको कार्यान्वयनमा जोड

काठमाडौँ । जातीय विभेद अन्त्य गर्नका लागि सरकार र कानुन कार्यान्वयन गर्ने निकाय बढी जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा इन्सेकले आज आयोजना गरेको ‘जातीय विभेदविरुद्ध राष्ट्रिय कार्यशाला’ को उद्घाटन समारोहमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेदसम्बन्धी भएका कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले […]

अपाङ्गतामैत्री कानून निर्माण एवं प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ । अपाङ्गता भएका नागरिकको सशक्तिकरण एवं आत्मसम्मानका लागि अपाङ्गतामैत्री कानून निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । अपाङ्गता भएका महिलाहरुको महासंघ, राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहिन संघ र श्रवण दृष्टिविहिन अभिभावक संघ नेपाल लगायतका संघसंस्थाको साझेदारीमा आइतवार काठमाडौंमा आयोजना गरिएको ‘समावेशीताका लागि नीतिगत सवलता’ परियोजना शुभारम्भ कार्यक्रममा अपाङ्गता अधिकारकर्मीहरुले अपाङ्गता भएका […] The post अपाङ्गतामैत्री कानून निर्माण एवं प्रभावकारी कार्यान्वयनमा जोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

विधिको शासनका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।बिहीवार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् । उनले विधिको शासन र कानूनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गरे । मुलुकको […]

कार्यस्थलमा हुने हिंसा अन्त्य गर्न मौजुदा कानूनको कार्यान्वयनमा जोड

काठमाडौं, कात्तिक २३ । सरोकारवालाहरुले कार्यस्थलमा हुने हिंसा अन्त्यको लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । काठमाडौंमा भएको कार्यक्रमका वक्ताहरुले कार्यस्थलमा हुने हिंसाविरुद्ध कानूनको कमी नभएपनि कार्यान्वयन पक्ष फितलो हुँदा हिंसा तथा दुव्र्यवहारमा कमी आउन नसकेको बताएका हुन् । नेपालमा अहिले हिंसा र दुव्र्यवहार सम्बन्धि ११ वटा कानुन छन् । कार्यक्रममा सांसद विन्दा […]

अपाङ्गमैत्री कानूनको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ– राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले अपाङ्गमैत्री कानूनको प्रभावकारी कार्यान्वयनका लागि आफूले पहल गर्ने बताएकी छिन् । राष्ट्रिय अपाङ्ग महासङ्घको २८ औँ स्थापना दिवसका अवसरमा आयोजित सम्मान कार्यक्रममा उनले कतिपय सन्दर्भमा निर्माण भएका कानून प्रयोगमा नआएको भन्दै त्यसका लागि आफूले पहल गर्ने बताएकी हुन् । उपाध्यक्ष दाहालले कोरोना महामारीका कारण शारीरिकरुपमा अपाङ्ग भएका व्यक्ति थप समस्यामा […]

मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमा जोड

कोभिड महामारीको दोस्रो लहर चलिरहेका बेला नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-०७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आर्थिक पुनरुत्थान साथै वित्तीय स्थायित्वमा समेत जोड दिएको नीतिमा कोभिड प्रभावित उद्योग तथा व्यवसायीलाई ब्याज तथा किस्ता तिर्ने समय थप, कर्जाको पुनर्संरचना, व्यवसाय परिवर्तनजस्ता सेवा–सुविधा दिएको छ । यसैगरी अनुत्पादक क्षेत्रको लगानीलाई नियन्त्रण गर्न सेयर […]