खल्तीमा बैंक खाता लिंक गरी पैसा पठाउँदा शुल्क नलाग्ने

खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अन्तर्गत बैंक लिंक गरेका खल्ती प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि बैंक खातामा बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन् ।  यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गर्न आवश्यक छ। खाता लिंक गरे पश्चात ‘खल्ती फन्ड...

सम्बन्धित सामग्री

खल्ती र गुडविल फाइनान्सबीच सहकार्य

खल्ती र गुडविल फाइनान्सबीच सम्झौता भएको छ । सम्झौतासँगै खल्ती प्रयोगकर्ताले गुडविल फाइनान्सको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाइनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुविधाहरू प्रयोग गर्न पाउनेछन् । गुडविल फाइनान्सका प्रयोगकर्ताले यस सुविधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन् । यति मात्र नभएर […]

खल्ती र गुडविल फाईनान्सबीच सहकार्य

खल्ती र गुडविल फाईनान्स बिच सम्झौता भएको छ र यस सम्झौता भए लगत्तै खल्ती प्रयोगकर्ताले  गुडविल फाईनान्सको मोबाइल बैंकिंगबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाईनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुबिधाहरू उपलब्ध भएको छ ।  गुडविल फाईनान्सका प्रयोगकर्ताले यस सुबिधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन् ।...

प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस

साउन १, काठमाडौं । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा रू. १०० बोनस प्रदान गर्ने भएको छ ।  एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको कम्पनीले जानकारी दिएको छ । यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुनेछ ।  लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसैगरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्ने बताइएको छ ।  उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केहि सेकेण्डभित्रै जुनसुकै समयमा गर्न सकिन्छ । घरबाटै लिंक गर्न सकिने यो योजना जुलाई १६ देखि ३१ तारीखसम्म लागू हुनेछ ।  उक्त अफरको सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठ भन्छन्, ‘हामीले महामारीको समयमा घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यम बाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याएका हौँ ।’ उनले भने ‘यस सेवा मार्फत ग्राहकवर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंक मा केहि सेकेन्ड मै रकम ट्रान्सफर सकिने सुविधा भएको हुँदा हाल यो सेवा धेरैको रोजाइमा रहेको हामीले पाएका छौँ ।’