सिमसार क्षेत्र जीवनको नर्सरी

‘सिमसार क्षेत्र धर्तीको किड्नी हो’ जसले वातावरणलाई सफा बनाएर छान्ने काम गर्दछ। मान्छेले धर्तीमा गरेका फोहोरलाई सफा गर्दछ।...

सम्बन्धित सामग्री

कालीगण्डकी र म्याग्दी नदी किनारका सिमसार क्षेत्र नासिँदै

गलेश्वर (म्याग्दी), २२ पुस । अत्यधिक नदी दोहन, सडक विस्तार, जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास र विकास निर्माणले कालीगण्डकी र म्याग्दी नदी किनारको सिमसार क्षेत्र मासिँदै जान थालेको छ । वातावरणीय मूल्याङ्कनविना नै जथाभावी खनिएका सडक, सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन र बढ्दो औद्योगिकीकरणले सिमसार क्षेत्र सुक्खा र उजाड बन्दै गएको सरोकारवालाले बताएका छन् । सिमसार […]

फेवा सिमसार क्षेत्र मास्न पोखरा महानगरकै साथ

पोखरा महानगरपालिकाले जग्गा वर्गीकरण गर्दा संरक्षित क्षेत्र वा सिमसार क्षेत्र तोक्नुको साटो आवास क्षेत्र घोषणा गरिदिएपछि जग्गा व्यवसायीहरूले स्थानीय बासिन्दालाई महँगोमा बिक्री हुने आश्वासन देखाएर सिमसार पुर्न उक्साइरहेका छन् ।

फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

काठमाडौं,१३ जेठ । पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सिमसार क्षेत्रमा […]

डाँडा खार्दैै फेवातालको सिमसार क्षेत्र पुर्दै

खारेको डाँडामा १२ तले अपार्टमेन्ट निर्माण, प्रशासन मूकदर्शक फेवातालको सिरानमा डाँडा खार्ने र सिमसार क्षेत्र पुर्ने प्रतिस्पर्धा चलेको छ । तालको सिरानतर्फ सेदीदेखि पामे बजारसम्म सडकको दायाँबायाँका सिमसार क्षेत्र पुर्ने प्रतिस्पर्धा चलेको...

कोरोना महामारीसँगै सिमसार क्षेत्र सुनसान

तेह्रथुम-धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको सन्सारी सिमसार सुनसान बनेको छ ।कोरोना महामारी सुरु हुनु अघि आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यको रुपमा रहेको सन्सारी सिमसार क्षेत्र यतिबेला भने सुनसान बनेको छ । पर्यटकहरु हरियाली चिया बगान, स्वच्छ र सफा पोखरीमा मनोरम दृष्यमा रमाउने गरेका थिए । अन्य दिन भन्दा सार्वजनिक बिदाको पर्यटकलाई वनभोज खाने स्थान […]

सिमसार क्षेत्र मासिएपछि सारस घट्दै

कञ्चनपुर । सिमसार क्षेत्रमा पाइने सारस चराको संख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा वासस्थान विनाश मुख्य कारण हो । ‘सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ,’ नेपाल पक्षी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराले भने, ‘सिमसार घट्न थालेपछि आहारको कमी भएको छ । शिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले यो चरालाई समस्या भएको छ ।’ यसको आहारा माछा, भ्यागुता, सर्प र अन्य कीराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उनको भनाइ छ । भर्खरै सकिएको जलपक्षी गणनामा बेलडाँडी गाउँपालिकाको चवन्नीमा दुई र सोही गाउँपालिकाको अर्काे सिमसार क्षेत्रमा आठ सारस देखा परेका छन् । स्थानीयका अनुसार पहिला सारस एकै ठाउँमा १५ देखि २० को संख्यामा देखिन्थे । अण्डा र मासुलाई यसको शिकार हुन्छ । दुई वर्ष पहिले बेलडाँडी क्षेत्रमै संरक्षणकर्मीले एउटा मरेको र अर्काे घाइते फेला पारे । वर्षात्मा सारस स्थानीय किसानका खेतबारीमा आउँदा शिकार बढी हुन्छ । सारस घटेकाले यसलाई जोगाउन सिमसार क्षेत्र जोगाउन र यसलाई मार्नु हुँदैन संरक्षण गर्नुपर्छ भन्ने जागरण पैदा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको सरोकारवालाको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पक्षीको सूचीमा राखेको छ । साइटिसले अनुसूची २ र आईयूसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ । सारसले किसानले धानबाली लगाइसकेपछि अर्थात् जुन, जुलाई महिनामा ओथारो बस्ने (बच्चा कोरल्ने) गर्दछ ।  रासस

मासिँदै सल्यानका सिमसार

सल्यान : जनसंख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माणलगायत कारणले सल्यानका सिमसार क्षेत्र मासिन थालेका छन्।सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन, औद्योगिकीकरणले पनि सिमसार क्षेत्र सुक्खा र उजाड बन्न सघाएका छन्।सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाइँदा चरासमेत हराउन थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको

मासिँदै सल्यानका सिमसार

सल्यान : जनसंख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माणलगायत कारणले सल्यानका सिमसार क्षेत्र मासिन थालेका छन्।सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन, औद्योगिकीकरणले पनि सिमसार क्षेत्र सुक्खा र उजाड बन्न सघाएका छन्।सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाइँदा चरासमेत हराउन थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको

‘सिमसार जोगाउन जुटौँ’

आज विश्व सिमसार दिवस । ‘सिमसार र पानी’ नाराका साथ यो दिवस संसारभर मनाइँदै छ । सिमसार क्षेत्र भन्नाले बग्ने नदी खोला, तालतलैयालगायत पानी र जमिनले ओगटेको क्षेत्रलाई चिन्छौँ । ठूला–ठूला नदीहरूदेखि लिएर स–साना खोला, खोल्सा, तालतलैया, धान रोप्ने खेतहरूलाई पनि सिमसारका रूपमा मान्छौँ । यो स्थायी र अस्थायी हुन सक्छ भने प्राकृति र मानव निर्मित दुवै पनि हुन्छ । सजिलो रूपमा बुझ्न जहाँ पानी कहिल्यै सुक्दैनन् र जमिन लुक्दैनन् त्यस्ता ठाउँलाई सिमसार क्षेत्र भनिन्छ । रामसार महासन्धिले ४१ प्रकारका सिमसार परिभाष...

सिमसार क्षेत्र संरक्षणका चुनौती र उपायहरू

आज फेब्रुअरी २ तारिख। विश्वभर आज विश्व सिमसार दिवस मनाइँदैछ। यसको मुख्य उद्देश्य सिमसार क्षेत्रको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाउनु हो। यसको अलावा बहुसरोकारवाला निकाय तथा व्यक्तिहरूलाई यसको संरक्षणका बारेमा ध्यानाकर्षण गर्नु र उनीहरूलाई संरक्षणमा लाग्...