पुलिस क्लबलाई केल्मीको प्रायोजन

काठमाडौं। नेपाल पुलिस क्लबको फुटबल, बास्केटबल र भलिबल टिमलाई स्पेनिस खेलसामाग्री उत्पादन कम्पनी केल्मीले प्रायोजन गर्ने भएको छ। तीन खेलका महिला र पुरुष टिमलाई केल्मीले चार वर्षका लागि प्रायोजन गरेको हो। तथापि प्रायोजन रकम भने खुलाइएको छैन। यसअघि केल्मीले महिला र पुरुष फुटबल टिमलाई मात्र प्रायोजन गरेको थियो। सम्झौताअनुसार केल्मीले पुरुष फुटबल टिमका खेलाडीलाई युरोपियन क्लबमा प्रशिक्षणका लागि पठाउनेछ।

सम्बन्धित सामग्री

न्यू डायमन्डलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

काठमाडौं । होङवान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं ‘राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९’ को उपाधि जितेको छ । मंगलवार सम्पन्न फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–२ सेटमा पराजित गर्दै न्यू डायमन्डले उपाधि प्राप्त गरेको हो । उपाधि विजेता न्यू डायमन्डले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । न्यू डायमन्डकी प्रगति नाथ ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद १० हजार र ट्रफी पाउन सफल भइन् । उपविजेता एपीएफले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेताको पुरस्कार चाँगुनारायण नगरपालिकाले प्रायोजन गरेको हो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको तेस्रो स्थानमा नेपाल पुलिस रह्यो । पुलिसले मार्बल टेक्नोप्लास्ट प्रालिले प्रायोजन गरेको नगद ७५ हजार प्राप्त गर्‍यो । पुलिसकी उषा भण्डारी ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरिन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डायमन्डकी प्रतिभा माली घोषित भइन् । उनले नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सर्वोत्कृष्ट खेलाडीका लागि प्रदान गरिएको ५० हजार नगद मुक्तिनाथ विकास बैंकले प्रायोजन गरेको थियो । विधागततर्फ उत्कृष्ट स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट ब्लकरमा एपीएफकी हिरा केसी, उत्कृष्ट सर्भरमा एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा न्यू डायमन्डकी प्रगति नाथ, उत्कृष्ट लिबेरोमा न्यू डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा न्यू डायमन्डका कुमार राई, उदीयमान खेलाडीमा न्यू डायमन्डकी सलिना बुढामगर छनोट भए । विधागततर्फका उत्कृष्ट प्रत्येकले नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

क्रिकेटर अमितलाई ‘आइटेल’ मोबाइलको साथ

नेपाली युवा क्रिकेटर एवं नेपाल पुलिस क्लबका ब्याट्सम्यान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको ‘आइटेल’ ले प्रायोजन सहयोग गरेको छ ।

पुलिस क्लबका खेलाडीलाई युरोपियन क्लबमा प्रशिक्षण

काठमाडौं। नेपाल पुलिस क्लबका खेलाडीले युरोपियन फुटबल क्लबमा प्रशिक्षण गर्न पाउने भएका छन्। बिहीबार नेपाल पुलिस क्लब र केल्मीबीच भएको प्रायोजन सम्झैताअनुसार केल्मीले पुरुष फुटबल टिमका खेलाडीलाई युरोपको क्लबमा प्रशिक्षणका लागि पठाउनेछ। वर्षको एक खेलाडीलाई तीनदेखि ६ महिनासम्मको प्रशिक्षणको व्यवस्था र सम्पूर्ण खर्च केल्मीले बेहोर्नेछ। तथापि युरोपको कुन क्लबमा भन्ने टुंगो लागि नसकेको कामरु ट्रेडिङ प्रा.लि.का उत्तम न्यौपानेले बताए।