पोखरामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान हुने

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार प्रदर्शनी अर्थात डेमो उडान हुने भएको छ । यो विमानस्थलमा बिहीबार यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले दिउँसो २ बजे डेमो उडान गर्न लागेका हुन् । दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने बताईएको छ । नवनिर्मित विमानस्थलमा अंग्रेजी […]

सम्बन्धित सामग्री

उडेको ५ मिनेटमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जब विमान अवतरण भयो..

नागरिक उडड्यन प्राधिकरणले पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । बिहीबार प्राधिकरणको सहयोगमा यती र बुद्ध एयरलाइन्सको विमानले डेमो उडान सफलतापूर्वक गरेका छन् ।दुवै कम्पनीका विमान पुरानो विमानस्थलबाट उडेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । पुरानो विमानस्थलबाट उडेको ५ मिनेटमै पोखरा–१४ स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ती विमान अवतरण गरेका हुन् ।विमानमा सवार पत्रकार अनिष भट्टराईका अनुसार २ बजे भनिएको उडान २५ मिनेट ढिला उडाइएको थियो ।

बुद्ध र यतिले गरे पोखरा विमानस्थलमा ‘डेमो’ उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन १० दिन बाँकी रहँदा बुद्ध एयर र यति एयरलाइन्सले बिहीबार प्रदर्शनी (डेमो) उडान गरेका छन् । नागरिक उड्डयन प्राधिकरणको समन्वयमा साविकको विमानस्थलबाट नयाँ विमानस्थलमा बिहीबार दिउँसो यी दुई कम्पनीका एटीआर ७२ जहाजले सफल उडान भरेका हुन् ।

पोखरामा आज डेमो उडान भर्दै यति र बुद्ध

काठमाडाैँ – आज नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन (डेमो) उडान हुँदैछ। यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे विमानस्थलमा डेमो उडान गर्ने भएका हुन्। दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन्। नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी […]