काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले नागरिक लगानीकोष र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ९७ हजार ३०५ कित्ता र नागरिक लगानीकोषको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । सूर्योदय वोमी लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १९६ रुपैयाँ र नागरिक लगानीकोषको शेयरको मूल्य प्रतिकित्ता ६८६ रुपैयाँ तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । नागरिक लगानीकोषको शेयर खरीदका लागि न्यूनतम १ हजार कित्ता र सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
अधिकतम सीमाका लागि सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । दुवै कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले मङ्सिर १९ गतेपछि घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।
एनआईसी एशिया बैंक लिमिटेडले २६ वर्ष पार गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित यो बैंकको स्थापना २६ वर्ष अगाडि भएको हो । २६औँ वार्षिकोत्सवको अवसरमा बैंकले हालको अवस्थासम्म ल्याउन सहयोग गर्ने सेयरधनी तथा ग्राहकलाई धन्यवाद दिएको छ । साथै, आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय […]
एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसको क्यूआर स्क्यानबाट डिजिटल भुक्तानी गर्न सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार एनआईसी एशियाका मोबाइल बैंक प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपाल पेको क्यूआर स्क्यान गरी सहज […]
एनआईसी एशिया बैंक स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैठकले “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, शेयर धनी, कर्मचारी लगायत सम्पूर्ण सरोकारवाला प्रति आभार प्रकट गरेको छ । ‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा
काठमाडौं (अस) । एनआईसी एशिया बैंक र सोल्टी इन्टरप्राइजेजबीच ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट पाउनेछन् ।
समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर विष्टले हस्ताक्षर गरे । डिजिटल कारोबारमा ग्राहकको बढ्दो उपस्थितिलाई लक्षित गरी बैंकले डिजिटल ग्राहकलाई प्रोत्साहन गर्न १० प्रतिशत छुटको व्यवस्था गरिएको बताएको छ ।
बैंकले मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २,३०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा खरिद रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जनाएको छ ।
हाल बैंकले ३५८ शाखा, ४७३ एटीएम, ९४ विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।
एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश गरेको छ ।
२४ वर्ष अघि आज कै दिन देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्य सहित स्थापना भएको बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा विज्ञप्ती जारी गर्दै बैंकले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमास सम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटीएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा अग्र स्थानमा रहेको दावी गरेको छ ।
‘बैंक पन...
असार १८, काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध एनआईसी एशिया बैंक कर्मचारी संघले देशैभरी आज (शुक्रवार) विरोध प्रर्दशन गरेको छ । सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले उक्त योजनाको विरोध गर्दै देशैभरी बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै विरोध प्रर्दशन गरेको हो ।
सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यसअघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न संघले सरोकारवालाहरुसँग अपिल गरेको छ ।
योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनमा कदापी संलग्न हुन नसकिने कुरामा उक्त संघ कटिबद्ध रहेको बताइएको छ ।
हालको व्यवस्था न्यूनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखीएपनि लामो समयसम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ क्षेत्रका कर्मचारीलाई भने खासै आवस्यक नदेखिएकोे अवस्थामा पनि सरकारको योजनालाई मुर्तरुप दिन बैंकिङ क्षेत्रका कर्मचारीवर्ग उक्त योजनामा आवद्ध हुन तयार रहेको तर हालको विभेदकारी बुँदाहरुलाई भने परिमार्जन गर्नुपर्ने माग रहेको संघले बताएको छ ।
सरकारले युगान्तकारी योजना ल्याएको र समग्र कर्मचारीवर्गको हितको लागि यो योजनाले काम गर्नेछ भन्ने हाम्रो अपेक्षा विपरीत उक्त योजनाले बैंकिङ कर्मचारीलाई अन्यायपूर्ण व्यवस्था लागू गर्दै वाध्यकारी बनाउन खोजेको हुनाले सबै कर्मचारी एक्यबद्ध भई आन्दोलनमा उत्रिनु परेको अवस्था सम्बन्धीत सबैलाई जानकारी गराउँदै र हाम्रा माग पूरा गरी न्यायोचित ढंगबाट उक्त सामाजिक सुरक्षा कार्यविधी परिमार्जन नगरेसम्म यो दबाब निरन्तर राख्ने उनीहरुले चेतावनी दिएका छन् ।
काठमाडौं । नेपाल सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले उक्त योजनाको विरोध गर्दै प्रदर्शन गरेको छ । संघले १८ गते देशैभरी एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा विभिन्न मागहरु राख्दै विरोध प्रदर्शन गरेको छ । एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने नभइ योजनामा भएको विभेदको विरोध गरेको बताए । उनले आफूहरुको बुँदागत माग पुरा नहुँद