सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेनाले काबुल छोडे

अमेरिकी सेनाको अन्तिम सैन्य विमान काबुल विमानस्थलबाट उडान भरे लगत्तै अफगानिस्तानमा दुई दशकसम्म रहेको अमेरिकाको उपस्थिति अन्त्य भएको छ । अधिकारीहरुले सी १७ विमानले अमेरिकी राजदूतलाई लिएर मंगलबार अबेर राति अमेरिका फर्केको बताएका छन्। अमेरिकी बर्हिगमन प्रकृया अन्तगर्तको अन्तिम विमान काबुल विमानस्थल छोड्दा तालिबान लडाकूले हवाई फायरिङ गरेर उत्सव मनाएका छन् । १४ अगष्टमा तालिबान बिद्रोही काबुल प्रबेश गरेदेखि अमेरिका नेतृत्वको नेटो सेनाको बर्हिगमन प्रकृयाले तीब्रता पाएको थियो । अमेरिकाको उच्च सैन्य कमाण्डर जेन केन्नेथ म्याक्कैन्जीले अमेरिका र गठबन्धन सेनाको सहयोगमा एक लाख २३ हजार सर्वसाधारण काबुलबाट निकालिएको बताउनुभयो । दैनिक औसतमा सात हजार पाँच सय जनाले काबुल छोडेका छन् ।

सम्बन्धित सामग्री

अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता, २० वर्षे कारबाही अन्त्य

काठमाण्डाै – अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएका छन् । योसँगै अफगानिस्तानमा २० वर्षसम्म चलेको सैन्य मिसन पनि अन्त्य भएको छ । काबुलमा रहेका अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएका बीबीसीले जनाएको छ ।  अमेरिकाले पछिल्ला केही हप्तामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको सेना फिर्ती अभियानको सुपरीवेक्षण गर्नुभएका जनरल फ्रयाङ्क मकेन्जीले बताउनुभएको छ । गएको अगस्ट १४ मा तालिबानले काबुल नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक ...

अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, २० वर्षे युद्धको अन्त्य

काठमाडौं । अफगानिस्तानमा सत्ता कब्जामा लिएको तालिवानले अमेरिकालाई ३१ अगस्ट अर्थात आज देश छोड्ने आदेश दिएपछि अमेरिकी सेना स्वदेश फर्किएको छ । अन्तिम अमेरिकी सैन्य विमानले काबुल विमानस्थल छाडेसँगै रक्षा मन्त्रालय, पेन्टागनले अफगानिस्तानमा अमेरिकाको २० वर्षे युद्ध आधिकारिक रुपमा अन्त्य भएको घोषणा गरेको हाे । अमेरिकी सैनिकको अन्तिम विमान सोमबार राति काबुलबाट उडेको थियो । […]

तोकिएको सीमामै सेना फिर्ता गर्न अमेरिकालाई तालिवान विद्रोहीको चेतावनी

काठमाडौं : अफगानिस्तानको तालिबान विद्रोही संगठनले अमेरिकी सेनालाई तोकिएको समयसीमामा फिर्ता हुन अल्टिमेटम दिएको छ।आगामी सेप्टेम्बरमा फिर्ता हुने बताएको अमेरिकी सेनाले काबुल अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि भन्दै एक हजार फौज अफगानिस्तानमै रहने बताएपछि तालिबानको यस्तो चेतावनी आएको हो । उसले तोकिएको समयमा फिर्ता नभए अमेरिकी सेना अफगानिस्तान ‘कब्जा गर्ने मनस्थितिमा रहेको’ बुझिने बताएको छ।अमेरिका नेतृत्वको नेटो सैनिक अफगानिस्तानबाट २० वर्षको अभियान अन्त्य गर्ने तयारीमा छ । अमे