मानो रोपेर मुरी फलाउने धान रोपाइँका ७ तस्बिर

काठमाडौँ : असार १५ को दिन विभिन्न ठाउँमा धान रोपाइँ गरेर मनाइएको छ । धान रोपाइँमा धेरैजसाले धान रोपाइँको फोटो फेसबुकमा हाल्नैका लागि पनि धान रोपाइँ गर्न खेतसम्म पुगेका छन् । तर वास्तविक किसान जो बाह्रैमास धान रोप्छन्, उनीहरु भने अहिले पनि मल र पानीविना पर्याप्त धान रोपाइँ नभएको चिन्ता व्यक्त गरिहेका छन् । सरकारी […]

सम्बन्धित सामग्री

चितवन पुगेर अध्यक्ष ओलीले यसरी मनाए धान दिवस

काठमाडौं, १५असार। धान दिवस मनाउन एमाले अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन्। उनले केरुङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोपेर सुरुवात गरेका हुन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने काम सुरु गरेका हुन्। धान रोपाइँका लागि ओली बिहीबार दिउँसो नै चितवन आएका थिए। ओलीले मेसिनबाट धान रोपेपछि केहीबेर किसानहरूसँग अन्तर्क्रिरया पनि गरेका छन्।

अखिल क्रान्तिकारीले धान रोपेर मनायो असार १५

काठमाडौ । माओवादी(केन्द्र)निकट अखिल(क्रान्तिकारी)ले बुधबार काठमडौमा धान रोपेर असार १५ अर्थात धान दिवश मनाएको हो ।काठमाडौको तारकेश्वर स्थित एम. डि. एस बहुउद्धेशिय कृषी केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न स्कुल र कलेजका बिध्यार्थीहरुसँगै धान रोपेर क्रान्तिकारीले धान दिवश मनाएको हो । अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह महासचिव दिपेश पुन सहितका नेता कार्यकर्ताहरुले धान रोपेर असार १५ मनाएको अखिल(क्रान्तिकारी)का […] The post अखिल क्रान्तिकारीले धान रोपेर मनायो असार १५ appeared first on राजधानी राष्ट्रिय दैनिक.

अखिल क्रान्तिकारीले मनायो धान दिवश

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले धान दिवश मनाएको छ । क्रान्तिकारीले बुधबार काठमाडौंमा धान रोपेर धान दिवश मनाएको हो ।काठमाडौंको तारकेश्वर स्थित एम. डि. एस बहुउद्देश्यीय कृषी केन्द्रमा क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, महासचिव दिपेश पुनसहितका नेता कार्यकर्ताहरूले धान रोपेर असार १५ मनाएको  नेता यादव ढुङ्गानाले बताए ।विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि औपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । माओवादी केन्द्र काठमाडौ निर्वाचन

खेतमा धान रोपेर गौरका नगर प्रमुखले मनाए धान दिवस

रौतहटको गौरका नगर प्रमुख शम्भु साहले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन्। किसानको खेतमा पुगेर नगर प्रमुख साहले रोपाहारहरुसँगै धानको रोपाइँ गरेका छन्।...

आज मानो रोपेर मुरी उब्जाउने दिन (फाेटाे फिचर)

आज असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिन । किसानका लागि आजको दिन विशेष हुन्छ । देशभर किसानले आज धान रोपेर यो दिवस बनाउँदै छन् ।...

आज मानो रोपेर मुरी फलाउने दिन अर्थात राष्ट्रिय धान दिवस (फोटोफिचर)

काठमाडौं, १५ असार । आज असार पन्ध्र अर्थात धान दिवस । मानो रोपेर मुरी फलाउने दिन हो । आज सबैले दही, चिउरा र आँप खाएर असार पन्ध्र मनाएका छन्। आजको दिनलाई दही चिउरा खाने दिनको रुपमा पनि मनाईने गरिएको छ । आज खेतमा धान रोपिन्छ । देशभरि नै आज धान रोपेर दिवस मनाईएको छ । […]

छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला! (फोटो फिचर)

काठमाडौं : काठमाडौ उपत्यकाको दक्षिणि भेगमा पर्ने ललितपुरको खोकनामा रोपाई सुरु भइसकेको छ। आकाशे पानीको भरमा रोपाई टारहरुमा अहिले रोपाईको चटारो देखिन्छ।कुलो र पानीको अन्य स्रोत नभएकाले आकाशे पानीको भरमा रोपाई गर्नु पर्ने यहाँका स्थानियको बाध्यता हो। अहिले खोकनाका फाँटमा धान रोप्ने चटारो सुरु भएको छ। मनसुन सुरु भएसँगै स्थानीयहरू 'मानो रोपेर मुरी उब्जाउन' लागि परिरहेका छन्।बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको प्रति  किसानहरू चिन्तित छन्।

धान दिवसको नाममा विकृति

धान दिवस अर्थात् मुठी रोपेर मानो उब्जाउने दिन पनि भन्छन । परापूर्व कालदेखि नै हाम्रो मुलुकमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आईरहेको छ । यसपटक पनि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइयो । धान दिवस कसरी मनाईन्छ त भन्दा केही परापूर्वकालमा हाम्रा अग्रजहरुले जानकारी दिएका छन् । धान रोप्ने दिन असार […]

पर्सामा पनि मनाइयो राष्ट्रिय धान दिवस

१५ असार, वीरगञ्ज । राष्ट्रिय धान दिवस पर्सामा पनि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्साले बहुदरमाई नगरपालिका–१ विश्रामपुरमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ । धान उत्पादन वृद्धि, खाद्यान्न सुरक्षा, आन्तनिर्भरता र समृद्धि भन्ने नाराका साथ दिवस मनाईएको कृषि ज्ञान केन्द्र पर्साका बागवानी विकास अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले बताए । सशस्त्र प्रहरी बल […]

मर्मत नगरेको विरोधमा स्थानीयले सडकमै रोपे धान

सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित विरोधस्वरूप स्थानीयवासीले सडकमै धान रोपेका छन् । वर्षातको मौसम सुरु भएसँगै हिलाम्य भई आवतजावतमा समस्या उत्पन्न भएपछि उनीहरूले सडकमै धान रोपेर विरोध जनाएका हुन्