छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला! (फोटो फिचर)

काठमाडौं : काठमाडौ उपत्यकाको दक्षिणि भेगमा पर्ने ललितपुरको खोकनामा रोपाई सुरु भइसकेको छ। आकाशे पानीको भरमा रोपाई टारहरुमा अहिले रोपाईको चटारो देखिन्छ।कुलो र पानीको अन्य स्रोत नभएकाले आकाशे पानीको भरमा रोपाई गर्नु पर्ने यहाँका स्थानियको बाध्यता हो। अहिले खोकनाका फाँटमा धान रोप्ने चटारो सुरु भएको छ। मनसुन सुरु भएसँगै स्थानीयहरू 'मानो रोपेर मुरी उब्जाउन' लागि परिरहेका छन्।बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको प्रति  किसानहरू चिन्तित छन्।