मर्दी हिमाल पुग्ने नेपाली पर्यटक बढे, बाटोमा फोहोर पनि बढ्यो

विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा फोहोरका कारण प्रदूषण बढ्दै गएको छ । कास्की, मनाङ, म्याग्दी, मुस्ताङलगायत जिल्लामा फैलिएको यो पदमार्गअन्तर्गत रुटमा प्लास्टिकजन्य फोहोर बढ्दै गएको हो । प्लास्टिकजन्य वस्तुको प्रयोग बढ्दै गएपछि ...

सम्बन्धित सामग्री

हेलिकप्टर र स्थलमार्गबाट खोज्दा समेत भेटिएनन् मर्दी क्षेत्रमा हराएका पर्यटक

मर्दी हिमाल पदयात्राका क्रममा सम्पर्कविहीन भएका स्वीडेनका नागरिक माइकेल लीउ ब्लमबर्ग अझै फेला परेका छैनन्।...

मर्दी पदयात्रामा हराएका विदेशी पर्यटक अझै फेला परेनन्

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदयात्राका क्रममा गत पुस १४ गतेदेखि हराएका एक जना विदेशी पर्यटक अहिलेसम्म फेला पर्न सकेका छैनन्।...

एक्लै पदयात्रा जाँदा जोखिम, अझै भेटिएनन् स्वीडेनका पर्यटक

मर्दी हिमाल क्षेत्रको पदयात्रामा निस्केका स्वीडेनका एकजना नागरिक पाँचदिनदेखि सम्पर्कविहीन छन्। मर्दी हिमाल आधारशिविर उक्लने गरि एकाबिहानै होटलबाट निस्केका स्वीडेनका २० वर्षिय माइकेल लीउ ब्लमबर्ग त्यसपछि कतैपनि सम्पर्कमा आएका छैनन्।...

पदयात्रामा एक्लै गएका स्वीडेनका नागरिक मर्दी पदयात्राबाट सम्पर्कविहीन

मर्दी हिमालको पदयात्रामा रहेका एकजना विदेशी नागरिक गत शनिबारदेखि सम्पर्कविहीन भएका छन्। मर्दी हिमाल आधारशिविर उक्लने गरि एकाबिहानै एक्लै होटलबाट निस्केका उनी त्यसपछि कतैपनि सम्पर्कमा आएका छैनन। होटलमा आफ्ना सामान राखेर निस्केका ती पर्यटक नफर्केको प्रहरीले...

मर्दी पदयात्रामा गएका विदेशी पर्यटक बेपत्ता

पोखरा : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिवार विहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिवार बिहान ४ बजे होटलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार व

मर्दी हिमाल पदमार्गमा पर्यटक सूचना केन्द्र

१ मंसिर, कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्ग पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्ने गरेको छ । मर्दी हिमालसहित माछापुर्च्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने …

मर्दी हिमाल पदयात्रालाई तन्नेरी बनाउने सुदीप

संघर्षका दिनहरू सम्झँदा अहिले पनि सुदीपको दिलमा दुःखको बाढी नै आउँछ । तर आफू जन्मिएको ठाउँको पहिचान स्थापित गर्न सकेकोमा उनी हर्षले मुस्कुराउन सक्छन् । मर्दी ट्रेकका पायोनियर नै हुन् सुदीप । पोखरेली पर्यटन व्यवसायी राम गुरुङ आफ्नै भाषामा भन्छन्, 'सुदीपले मर्दी ट्रेकमा छिट्टै बैंस ल्याए । मर्दी ट्रेकिङ छिट्टै तन्नेरी बन्न उनको अतुलनीय योगदान छ ।'

मर्दी ट्रेकमा आन्तरिक पर्यटकको चहलपहल

कास्की, ६ असोज । कास्कीको मर्दी हिमाल पदयात्रामा आन्तरिक पर्यटक पुग्न थालेपछि पर्यटन व्यवसायीमा उत्साह बढेको छ । कोरोनाले शिथिल यस पर्यटनमार्गमा पछिल्ला दिनमा दैनिक आन्तरिक पर्यटक आउन सुरु गरेको त्यस क्षेत्रका व्यवसायी बताउछन् । विदेशी पर्यटकले पनि सोधीखोजी शुरु गरेका छन् । कोभिड अघिको अवस्थामा यहाँको पयर्टन फर्किन समय लाग्ने भए पनि स्वदेशी पदयात्रीको […]

मर्दी हिमाल पदयात्रा मार्गको स्तरोन्नति शुरू

पोखरा । मर्दी हिमाल पदयात्रा मार्गमा कोरोना कहरका बीचमा पनि स्तरोनतिका काम अघि बढेका छन् । छोटो समयको पदयात्रामार्फत हिमाल चुम्न सकिने चासो र चर्चा कमाएका पदमार्गका रूपमा मर्दी हिमाल पदयात्रा मार्गको स्तरोनतिका काम अघि बढेका हुन् । पछिल्ला वर्षमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणसँगै राज्यको समेत चासो पुगेको यस पदमार्गमा पर्यटन विभागको सहयोगमा स्तरोन्नतिका काम अघि बढाइएको हो । स्तरोन्नति अन्तर्गत पदमार्गको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माण गरिएको छ भने २५० घनमिटर मेसिनरी वाल निर्माण गरिएको छ । त्यस्तै पदमार्गका विभिन्न अफ्ठेरा स्थानमा गरी ४ हजार किलो तौलको फलामबाट ठाउँ ठाउँमा रेलिङ राख्ने काम सम्पन्न भएको पर्यटन व्यवसायी एवं मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष सुदीप गौतमले जानकारी दिए । मर्दी ट्रेक जुनसुकै उमेर समूहका व्यक्तिले पनि पदयात्रा गर्न सक्ने पदमार्ग भएको भन्दै उनले पछिल्ला वर्षमा यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको बताए । प्राकृतिक सुन्दरताले भरिएको यस पदयात्रा मार्गका हरेक मनमोहक दृश्य यहाँको विशिष्टता भएको उनको भनाइ छ । चाँडै नै कोरोनाको कहरको अन्त्य भई पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशा एवं विश्वासमा यस क्षेत्रका पर्यटन व्यवसायी रहेको गौतमको भनाइ छ । उनका अनुसार पदयात्रा मार्गको धम्पुसदेखि अष्ट्रेलियन क्याम्प, पोथना, देउराली, लो क्याम्प, फरेष्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्प हुँदै भ्यू प्वाइन्टसम्म लगभग १०० ओटा होटेल छन् । यस क्षेत्रको पदयात्रा पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन सर्वप्रथम यस क्षेत्रका लगभग ४०० व्यवसायी तथा मजदूरलाई कोरोनाविरुद्धको खोप लगाउन आवश्यक भएको उनले बताए । नेपालको राष्ट्रिय फूल लालीगुराँसले ढकमक्क ढाकिएको जंगलैजंगलबीच हिँड्ने पदमार्ग भएकाले चैत वैशाखको समयमा यहाँको सुन्दरता रमणीय हुने यहाँका होटल व्यवसायी बताउँछन् । उनीहरूका अनुसार पदयात्रा गर्दा सुरूमा गुलाबी रङको गुराँस देखिए पनि माथि जाँदै गर्दा गाढा रङको लालीगुराँस देख्न पाइनु अर्को महत्वपूर्ण पक्ष हो । मर्दीलगायत पदमार्ग स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनेको बताउने ट्रेकिङ एजेन्सिज एशोसिएशन नेपाल पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्वअध्यक्ष सोम थापाले कोरोनाका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको बताए । कोरोना कहरका बीचमा पनि पदमार्ग स्तरोन्नति हुनुले पर्यटकीय गतिविधिमा थप टेवा पु¥याउने भन्दै पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष समेत रहेका थापाले पदयात्रा मार्गमा व्यवसायी तथा मजदूरलाई तत्काल खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिए । मर्दी हाइक्याम्पस्थित होटल ट्रेकेस प्याराडाइजका सञ्चालक सुदीप गौतमका अनुसार सन् २००७ मा मर्दी हाइक्याम्पमा होटल खोलिएसँगै पदमार्ग क्षेत्रका अन्य स्थानमा होटेल निर्माणले गति लिएको हो । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अस्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटल सञ्चालनमा आइसकेका छन् । समुद्री सतहबाट ३ हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट करीब २ घण्टामा ४ हजार २०० मिटर उचाइको ‘भ्यू प्वाइन्ट’ र त्यहाँबाट २ घण्टामा ४ हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुग्न सकिन्छ । सिदिङसम्म जीप जाने भएकाले त्यहाँबाट झन्डै २ घण्टाको समयावधिमा पर्यटक पोखरा पुग्दछन् । प्रकृतिमा आधारित पदमार्गका रूपमा स्थापित यो पदमार्गमाको लो क्याम्पबाट भ्यू प्वाइन्टसम्म ४ हजार २०० सिँढी निर्माणका साथै मेसिनरी वाल, रेलिङ आदिको निर्माणले पदयात्रालाई थप सुरक्षित बनाउने पर्यटन व्यवसायी बताउँछन् । कोरोना कहरका कारण प्रभावित पदयात्रा पर्यटनलाई जोगाउन नेपाल पर्यटन बोर्ड र यूएनडीपीको संयुक्त प्रयासमा पदयात्रा पर्यटन लक्षित कार्यक्रम अघि बढाउने तयारी पनि गरिएको छ । पदयात्रा क्षेत्रका मजदूरलाई पेशामा टिकाइराख्न उनीहरूलाई बिग्रेभत्केका पदमार्ग मर्मत गर्न लगाउँदै रोजगारी सृजना गरी केही न केही राहत पु¥याउने लगायत योजना अघि बढाउन लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिए । रासस