बाबा होटलमा अक्सिजन सकिएपछि होहल्ला, प्रशासनले पुर्‍यायो राति नै

वीरगंज : वीरगंजको नगवामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा सञ्चालित बाबा होटल अस्थायी कोभिड अस्पतालमा राति ११ बजे सबै अक्सिजन सकिएपछि होहल्ला भयो। संक्रमितका आफन्तले अस्पताल र प्रशासनको रवैयाको विरोध गर्दा होहल्ला गरेका थिए। मंगलवार बिहानदेखि अक्सिजनको अभाव रहेता पनि प्रहरी प्रशासनले अक्सिजनको व्यवस्थापन गर्न नसकेको भन्दै बिरामीका आफन्त…

सम्बन्धित सामग्री

अक्सिजन नपाएर बिरामी आधा घण्टा छट्पटिए, अक्सिजन आइपुग्दा गयो प्राण

पोखरा : बिहीवार राति अचानक कोरोना वार्डमा अक्सिजन अभाव भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जानकारी गरायो। रातिको करिब ९ देखि १० बजेसम्मको समयमा अस्पतालमा अक्सिजन अभावले खैलाबैला मच्चियो। बेडमा अक्सिजन अभावले छट्पटाइ रहेका बिरामी देखेर आफन्त आत्तिदै थिए। आइसोलेसन वार्डमा बसेको एकजना बिरामीका अनुसार आफन्तको कोलाहाल र रुवाबासी थियो। आफन्त बिरामीलाई…

पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु

पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो । हाइफ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनियमित हुँदा समस्या परेको अस्पतालको भनाइ छ ।क्षेत्रीय अस्पतालमा ८० बेड क्षमताको आइसोलेसनमा बिरामीको उपचार भइरहेको छ । अस्पतालमा अक्सिजनको माग बढेको र उद्योगबाट पर्याप्त अक्सिजन आउन नसक्दा समस्या

हाइफ्लो अक्सिजन पर्याप्त नहुँदा एक सुत्केरी महिलासहित ७ जनाको मृत्यु

पोखरा । पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो ।हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनियमित हुँदा समस्या परेको अस्पतालको भनाइ छ ।क्षेत्रीय अस्पतालमा ८० बेड क्षमताको आइसोलेसनमा बिरामीको उपचार भइरहेको छ । अस्पतालमा अक्सिजनको माग बढेको र उद्योगबाट पर्याप्त अक्सिजन आउन नसक्दा

ओमानबाट अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

काठमाण्डाै – ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो ।अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जान लागेको हो ।निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन लगातार बेइजि...

अक्सिजन खोज्दै मध्यरातमा सिडिओ कार्यालयमा हारगुहार

२९ वैशाख, बुटवल । दुई सय बिरामी उपचाररत रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अक्सिजन अभाव भएको भन्दै अस्पताल सञ्चालकहरु राति १२ बजे गुहार माग्दै प्रमुख जिल्ला अधिकारीको निवास अगाडि पुगे । तर सिडिओबाट रेस्पोन्स नआएको भन्दै अस्पतालको अर्को टोली अक्सिजन खोज्दै छिपागढस्थित शंकर ग्यास उद्योगतर्फ दौडियो । गएराति सवा १२ बजेसम्म सिडिओ कार्यालयको मुख्य गेट […]

प्रदेशको एकमात्र अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रियो

धनगढी : सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रिएको छ।प्रदेशमा कोरोनाका बिरामीहरुले अक्सिजन अभावमा अकालमै ज्यान गुमाइरहेका बेला उक्त उद्योगको मेसिन बिग्रिएपछि अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको छ। सोमबार राति उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको र आपूर्तिमा समस्या भएको उद्योगले जनाएको छ।उक्त ग्यास उद्योगको दैनिक एकसय ५० देखि एकसय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको छ। उद्योगको अक्सिजन प्लान्ट बिग्रिदा अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको जिल्

अक्सिजन सिलिण्डर खोजी गर्दै प्रहरी

भक्तपुर : कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन थालेपछि भक्तपुर प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको छ। गत बिहीबार राति अक्सिजन अभावमा भक्तपुरको एक निजी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएपछि प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको हो।यही क्रममा प्रहरीले हालसम्म २० वटा अक्सिजनसहित सिलिण्डर र ७५ वटा खाली सिलिण्डर संकलन गरी विभिन्न अस्पताललाई उपलब्ध गराएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पतालला

अक्सिजन नपाउँदा भक्तपुर इन्टरनेशनल हस्पिटलमा एक कोरोना संक्रमितको मृत्यु

भक्तपुर : कौशलटारस्थित भक्तपुर इन्टरनेशनल हस्पिटलमा अक्सिजन अभावमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। कमलविनायकका ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।त्यस्तै, सोही अस्पतालमा अक्सिजन नभएपछि ललितपुरको अल्का अस्पताल रिफर गरिएका पोखरा स्थायी घर भई भक्तपुर बस्दै आएका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। उक्त अस्पतालले अक्सिजन अभाव भएको बताउँदै अन्य बिरामीलाई पनि अन्यत्र रिफर गरेको स्रोतले बताएको छ। अक्सिजनको अभावमा बिरामीको मृत्यु हुनुका साथै अन्य बिरामीलाई

अक्सिजन आपूर्तिमा उद्योगको बदमासी, व्यवस्थापन गर्न अस्पताललाई सकस

धनगढी : सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ५० जना जटिल प्रकृतिका काभिड–१९ संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा कोभिड–१९ संक्रमितको उपचार गर्न निकै सकसपूर्ण अवस्था सिर्जना भएको छ। बिरामीको बढ्दो चाप र अक्सिजन अभावले उपचारमा समस्या आएको हो।प्रादेशिक अस्पतालमा मंगलबार राति नै अक्सिजनको मौज्दात सकियो। कोरोना संक्रमित तड्पिन थाले। अस्पताल व्यवस्थापनलाई अक्सिजनको जोहो गर्न धौ-धौ पर्‍याे। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेय भन्छन्, ‘राति जेनतेन व्यवस