पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु

पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो । हाइफ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनियमित हुँदा समस्या परेको अस्पतालको भनाइ छ ।क्षेत्रीय अस्पतालमा ८० बेड क्षमताको आइसोलेसनमा बिरामीको उपचार भइरहेको छ । अस्पतालमा अक्सिजनको माग बढेको र उद्योगबाट पर्याप्त अक्सिजन आउन नसक्दा समस्या