साढे चार महिनादेखि बन्द बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुला गरिएको छ । निकुञ्ज खुला भएसँगै ठाकुरद्वारा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । कोरोना संक्रमण बढेसँगै गत वैशाख १५ गतेदेखि निकुञ्ज बन्द गरिएको थियो ।
बर्दिया । बर्दियाको गेरुवा गाँउपालिकाले आफ्नै पालिकाबाट बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न गेट बनाउने भएको छ । पालिकाले पर्यटक भित्र्याउने उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशको लागि दक्षिण पश्चिम गेट निर्माण गर्ने भएको हो । आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले निकुञ्जसँग सहकार्य गरेर गेरुवा ५ बन्जरियामा पश्चिमद्वार […]
बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुई पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आइतबार जङ्गली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाउने […]
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुईपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको छ । यसैबीच आइतबार दुई जनाको मृत्यु भएसँगै मृतकका आफन्तले सोमबार बिहान ११ बजेदेखि अवरुद्ध गरेको कोहलपुर–सुर्खेत (रत्नराजमार्ग) सडक झण्डै ६ घण्टापछि खुलेक
पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि हब बन्न थालेको छ । संख्यात्मक रूपमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा भए पनि बर्दियामा वृद्धिदर उच्च छ । चार वर्षमा चितवनमा ३५ बाघ...
बर्दिया : कोरोना महामारीको दोस्रो लहर बढेपछि गत वैशाखदेखि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुुञ्ज करिब पाँच महिनापछि पर्यटकका लागि खुला गरिएको छ। स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि आजदेखि प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए। दशैं, तिहारलगायतका चाडपर्वका समयमा बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए।निकुञ्जभित्र हुने हात्ती सफारी, भने अहिले खुला गरिएको छैन। जिप सफारी र जंगल वाक, ¥य
भदौ ३१, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रवारदेखि खुल्ने भएको छ ।
स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।
जंगल वाक, र्याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतीक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथप्रदर्शकसहित तीन जना मात्र जानुपर्ने लगायत मापदण्ड बनाइएको श्रेष्ठले बताए । रासस
बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ । बाघको आक्रमणबाट सोमवार राजापुर नगरपालिका १० बस्ने ६५ का लालबहादुर थारुको ज्यान गएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवक्री क्षेत्र गेरुवा गाउँपालिका ६ नौरंगापुरमा भैसी चराउन गएका थारुलाई बाघले आक्रमण गरेको थियो । हात्तीको सहायताले खोजी गर्दा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बाघको आक्रमणबाट बर्दियामा एक वर्षमा सात जनाले ज्यान गुमाएका छन् ।