आन्ध्र प्रदेशमा अक्सिजन प्लान्ट बनाउँदै कलाकार सोनु सुद

एजेन्सी। बलिउड कलाकारले भारतका विभिन्न ग्रामीण भेगमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेका छन्। सर्वप्रथम आन्ध्र प्रदेशको कुरनुल र नेल्लोरमा प्लान्ट स्थापना गर्ने उनले बताएका छन्। उनले ट्विटरमा लेखेको छन्, ‘‘भारतका ग्रामीण भेगमा मद्दत गर्ने समय हो यो। आन्ध्रपछि अन्य आवश्यक ठाउँमा पनि अक्सिजन प्लान्ट स्थापना गर्ने छु।’’ कोरोना महामारीका क्रममा सुदले सयौं मानिसलाई मद्दत गरिसकेका छन्।

सम्बन्धित सामग्री

कोरोना विरामीलाई सघाउन सोनु सुदले विदेशबाट अक्सिजन प्लान्ट ल्याउने

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड कलाकारहरु सहयोगी हातहरु अघि बढाइरहेका छन्। जसमध्ये एक हुन् अभिनेता सोनु सुद। उनले कोरोना भाइरस महामारीमा धेरै व्यक्तिलाई सहयोग गरिरहेका छन्। भारतमा अहिले अक्सिजन र भेन्टिलेटरको कमी भइरहेको छ। जसकारण अभिनेता सुदले देशमा अक्सिजनको कमी पूरा गर्न अन्य देशबाट अक्सिजन प्लान्ट ल्याउने घोषणा गरेका…