भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड कलाकारहरु सहयोगी हातहरु अघि बढाइरहेका छन्। जसमध्ये एक हुन् अभिनेता सोनु सुद। उनले कोरोना भाइरस महामारीमा धेरै व्यक्तिलाई सहयोग गरिरहेका छन्।
भारतमा अहिले अक्सिजन र भेन्टिलेटरको कमी भइरहेको छ। जसकारण अभिनेता सुदले देशमा अक्सिजनको कमी पूरा गर्न अन्य देशबाट अक्सिजन प्लान्ट ल्याउने घोषणा गरेका…