काठमाण्डाै – आउँदो भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । आज भएको समूह विभाजन अनुसार नेपाल रहेको समूह बीमा श्रीलंका र भुटान रहेका छन् ।
समूह ए मा भने भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानसँगका सबै खेल जितेको छ । प्रतियोगिता आउँदो भदौको २१ गतेदेखि असोज ३ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ । एन्फाले महिला टोलीक...