छैटौँ महिला साफ च्याम्पियनसिप : समूह विजेतासँगै नेपाल सेमिफाइनलमा
नेपालले श्रीलंकालाई ६–० ले पराजित गर्दै महिला साफ च्याम्पियनसिप २०२२ को समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । डेंगुले सुरुका ११ मध्ये दुई मुख्य खेलाडी बाहिर रहँदा पनि नेपालले...
काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि हुँदैछ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुनेछ ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।
काठमाडाैँ- घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। भदौ २१ गतेदेखि असोज तीन गतेसम्म हुने प्रतियोगिताको लागि महिला टिमका मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। नेपाली टिमले आज (सोमबार)देखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, […]
काठमाडौं – महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षणमा ५८ खेलाडी बोलाइएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको बन्द प्रशिक्षण भोलि सोमबारबाट सुरु हुने छ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ […]
काठमाडौँ । महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो । एन्फाले गठन गरेको साफ आयोजक कमिटीका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् । एक हप्ता सरेको महिला […]
काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ रङ्गशालामा गर्ने निर्णय गरेको हो ।
एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि बङ्लादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्न...
महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौँको दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ रंगशालामा गर्ने निर्णय गरेको हो । बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।
काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालको प्रस्तावलाई स्वीकार गरेपछि महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने पक्का भएको हो । अब साफ च्याम्पियनसिप भदौं १३ देखि २५ (अगस्ट २९ देखि सेप्टेम्वर १०) सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का […]
काठमाण्डौ – महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
बंगलादेशको ढाकामा आज बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गर्नुभएको थियो । त्यही प्रस्तावलाई समितिले अनुमोदन गरेको हो । साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विरा...
काठमाडौँ– बंगलादेशको ढाकामा सम्पन्न साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो । यस्तै यु–१७ साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आगामी भदौमा आयोजना गर्ने प्रस्ताव गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको हो । एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गर्दै उक्त […]