दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको रेलवेमा कार्गाे आएन

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट हरियो झन्डा देखाएपछि जेठ १८ मा कार्गाे लिएर आएको रेल फेरि एकीकृत जाँच चौकी (आईसीपी) मा देखापरेको छैन ।  नेपालका रेलवे अधिकारी सबै तयारी छ भनेर दाबी गर्छन् भने उद्योगीले आईसीपीमा कार्गाे ल्याउन पूर्वाधार नभएको दाबी गर्दै आएका छन् । यसले गर्दा तयारी पूरा भयो भनेर उद्घाटन गरिएको आईसीपीमा रेलमार्गबाट कार्गाे आउन सकेको छैन ।  पुरानै रुटमा रहेको जोगवनी रेलवे स्टेशनमा कार्गाे रेलमार्फत आएको नुन र फलामको स्त्र्mयाप वर्षाको पानीले भिजेको छ । व्यवस्थित भण्डारण स्थल नपाएर खुला चौरमा अनलोड गरिएको सामान भिजेको हो । त्यसैगरी मोरङको प्रिमियर स्टील र सुनसरीको स्वस्तिक रोलिङ मिलले आयात गरेको स्पन्ज आइरन पनि भिजेको छ । पानीको सम्पर्कमा आएपछि स्पन्ज आइरन काम नलाग्ने हुन्छ । स्वस्तिक रोलिङ मिलका सञ्चालक रमेश राठी पानी र स्पन्ज आइरन एकअर्काको शत्रु जस्तै रहेकाले पानीबाट जोगाउनुपर्ने बताउँछन् । स्पन्ज आइरनमा पानी पर्दा आगो लाग्ने खतरा पनि रहने उनले बताए । ‘तर, संयोग यसपटक त्यस्तो भएन । के कति क्षति भयो, त्यो विवरण आउन केही समय लाग्छ,’ उनले भने । लगातार ३ दिन ६ र्‍याक सामान आएपछि व्यवस्थापन गर्न समस्या भएको व्यवसायीले बताए ।  चार र्‍याकमा साल्ट ट्रेडिङको नुन र दुई र्‍याकमा प्रिमियर र स्वस्तिकको स्पन्ज आइरन थियो । अरू २ र्‍याकमा आएको कमला स्टीलको फलामे तारसमेत यार्डमा अनलोड गरिएको थियो । राठीका अनुसार सामान अनलोड भएर यार्डमा राखेपछि ढुवानी गर्न नपाउँदै पानी परेपछि जोगवनी यार्डमा एक फिटसम्म पानी जमेर सामान भिजेका हुन् । यार्डमा पानीको सहज निकास छैन । रेल विभागका विराटनगर साइट इन्चार्ज इन्जिनीयर रोशन देवले आईसीपीमा कार्गाे आउन कुनै समस्या नरहेको बताए । उनले भने, ‘हामी सबै तयार बसेका छौं तर व्यवसायीले कार्गाे मगाउनुभएन, कार्गाे ल्याउने काम व्यवसायीको हो ।’ कार्गो रेल आए पहिलो दिन जस्तै सबै प्राविधिक व्यवस्था आईसीपी स्टेशनमा रहेको उनले बताए । उद्घाटन भइसकेको रेलवे यार्डमा समान नल्याएर पुरानै जोगवनीको यार्डबाट ल्याउँदा उद्योगी व्यवसायीले नयाँ आईसीपी यार्डलाई विश्वास नगरेको देखिएको छ । देवले रेलवे यार्डमा कार्गो ल्याउन उद्योगी र व्यवसायीलाई आग्रह गरे ।  उनका अनुसार आईसीपीमा कार्गो ह्यान्डलिङको काम नेपाल इन्टरमोडल यातायात विकास समितिले गर्छ । रेल अपरेशन विभागले र जाँचपास भन्सार कार्यालयले गर्छ । नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले रेलवे यार्डबाट आयातनिर्यात शुरू गर्न ५५ करोडको लगानीमा संरचना निर्माण गरिरहेको जानकारी दिए । उनले इन्टरमोडलले यार्डमा प्लेटफर्म बनाउने, यार्डदेखि आईसीपीसम्मको सडक चौडा गर्ने र कन्टेनर पार्किङ यार्ड निर्माण गर्ने लगायत काम गरिरहेको बताए ।  मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं प्रिमियर स्टीलका सञ्चालक अनुपम राठीले रेल विभागले व्यवसायीलाई आईसीपीमा सम्पूर्ण साधनस्रोतसहितको रेलवे यार्ड तयार भएको जानकारी नदिएसम्म आईसीपीसम्म कार्गो रेल ल्याउन नसकिने बताए । उद्योगपति राठीले आईसीपीसम्म कार्गो रेल ल्याएपछि कार्गो ह्यान्डलिङ र भन्सार जाँचपासमा कुनै असुविधा नहुने प्रत्याभूति सरकारी पक्षले नगरेसम्म आईसीपीको रेलवे यार्डमा कार्गो रेल आउन ल्याउन नसकिने बताए । उनले जोगवनी यार्डमा आफ्नो उद्योगको १५ सय बोरा स्पन्ज आइरन नष्ट हुँदा ४५ लाखको क्षति भएको दाबी गरे । उद्योगी रमेश राठीले आईसीपीको रेलवे यार्डमा मालवस्तु ल्याएपछि ती सामान ओसार्न नेपाली नम्बर प्लेटका पर्याप्त ढुवानी साधन नभएको बताए । भारतीय नम्बर प्लेटका साधनलाई नेपाली ढुवानी व्यवसायीले आईसीपीमा छिर्न दिँदैनन् । त्यसैले आईसीपीसम्म कार्गो रेल सञ्चालनका लागि पर्याप्त ढुवानीका साधनको व्यवस्था पहिलो शर्त भएको उनले बताए ।  उनले भने, ‘हामी उद्योगका लागि एकपटकमा २४ सय टन स्पन्ज आइरन मगाउँछौं । यसको ढुवानीका लागि ८० ओटा ट्रक चाहिन्छ,’ उनले भने, ‘नेपाली नम्बर प्लेटका ८० ओटा ट्रक जुटाउनै गाह्रो छ । अर्कातिर रेलवे यार्डबाट निर्धारित समयमा मालवस्तु नउठाए त्यसको डिटेन्सन शुल्क अत्यन्त महँगो छ ।’  उद्घाटन गरेपछि त्यहाँका सुविधाबारे रेलवेले उद्योगी व्यवसायी कसैलाई पनि औपचारिक जानकारी गराएको छैन । सबै कुरा ठीक छ, झन्झट बेहोर्नु पर्दैन भन्ने सरकारी पक्षबाट प्रतिबद्धता आएपछि मात्र आफूहरूले आईसीपीमा कार्गाे ल्याउन सकिने उद्योगी रमेशले बताए । 

सम्बन्धित सामग्री

स्थगित भयाे झापाको भ्युटावर उद्घाटन

काम नसकिँदै उद्घाटन गर्ने तयारी गरिएको झापाको दमकस्थित भ्युटावरको उद्घाटन तत्काल नहुने भएको छ।...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज

काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज  उद्घाटन हुने भएको छ।देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्।पोखरा महानगरपालिकाले  विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ।  उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा महानगरले लिएको छ। समारोहम

मधेस विश्वविद्यालयको उद्घाटन

वीरगन्जमा मधेस विश्वविद्यालयको बुधबार औपचारिक रूपमा उद्घाटन भएको छ । मधेस प्रदेश सरकारले गठन गरेको मधेस विश्वविद्यालयको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन्...

मधेस विश्वविद्यालय उद्घाटन

वीरगञ्ज – वीरगञ्जमा स्थापना भएको मधेस विश्वविद्यालयको उद्घाटन गरिएको छ। बुधबार वीरगञ्जको होटल भिस्वामा आयोजित एक कार्यक्रमबीच मधेस विश्वविद्यालय उद्घाटन गरिएको हो। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदी र प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। वीरगञ्जमा रहेको नेसनल ट्रेडिङ लिमिटेडको भवनमा मधेस विश्वविद्यालय […]

अन्तरदेशीय प्रसारणलाइन उद्घाटन

निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको बुटवल–लुम्बिनी प्रसारणलाइन तथा सबस्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार उद्घाटन गरेकी छन् । बुटवल–लुम्बिनी डबल सर्किट प्रसारणलाइन र त्यसअन्तर्गत निर्माण भएको सबस्टेन मन्त्री भुसालले निर्वाचन आचारसंहिता सुरु हुनुभन्दा अघि उद्घाटन गरेकी हुन् । नेपाल विद्युत प्राधिकरणले सोमबार उद्घाटन गर्ने निर्णय आइतबार गरेको थियो ।रुपन्देहीको सियारी गाउँपालिकाको मैनहियामा सबस्टेसन […]

गएको वर्ष उद्घाटन भएको मेलम्ची आउँदो मङ्गलवार फेरि उद्घाटन हुने

काठमाण्डाै - गएको वर्ष उद्घाटन भएको मेलम्ची खानेपानी आयोजनाको आउँदो मङ्गलवार फेरि उद्घाटन हुने भएको छ । चैत २९ गते सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीका अनुसार मेलम्ची आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको छ । मेलम्चीको उद्घाटनपछि काठमाण्डौ उपत्यकामा पानी सहज रुपमा वितरण गनेगरी सम्पूर्ण तयारी पूरा भएको मन्त्री चौधरीले जानकारी दिनुभयो । पूर्व प्...

शनिबार रेलको उद्घाटन हुने

जनकपुरधाम– कुर्था–जयनगर रेल सेवाको शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेलको उद्घाटन गर्न लागेका हुन् । उनीहरूले भर्चुअल रूपमा रेल उद्घाटन गर्ने बुझिएको छ । प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेका बेला रेलको उद्घाटन हुने भएको हो । उनी शुक्रबार तीनदिने भ्रमणका लागि भारत जाँदै छन् […]

रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्। रोल्पा अस्पतालमा आज आयोजित एक कर्यक्रममा उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो।

टोकियो ओलम्पिकको उद्घाटन आज

काठमाडौँ । विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ । उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो […]

२०७२ सालमै उद्घाटन भएको बिपी राजमार्ग मर्मतपछि पुनः उद्घाटन गरिँदै

१८ असार २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको बिपी राजमार्गलाई केही ठाउँको पुनर्निर्माणपछि पुनः उद्घाटन गरिँदै छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भर्चुअल माध्यमबाट उद्घाटन गर्न...