पोखरा – कुमार आले आइतबार १० बजेपछि सेती खोंचमा माछा मार्न झरेका थिए। केहीबेरमा एक्कासी गड्याङगुडुङ आवाज आयो। बम पड्केजस्तै आवाज सुनियो। यती एयरको जहाज खसेर आगलागी भयो। ढुंगा खसेर उनको खुट्टामा सानो चोट लागेको छ। ‘ओडारमा बसेर बाँचेँ’, उनले भने। भाग्यले बाँचेर ओडारबाट आफैं निस्किएका उनले भने, ‘बेहोस थिएँ, कति बेला उद्धार टोली आयो […]