अमेरिकी सहयोगको एमसीसी सम्झौताका विषयमा देखिएको विवादबीच बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।
बैठकमा कुनै निष्कर्ष ननिस्केको र भोलि शुक्रवार बिहान ९ बजे फेरि बस्ने सहमति जुटेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।