साफ महिला च्याम्पियनशिप : नेपालले १ गाेल फर्कायाे

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा खेलमा नेपालले बङ्ग्लादेशलाई एक गाेल फर्काएकाे छ ।  दशरथ रङ्गशालामा भइरहेकाे खेलमा नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा गाेल गरिन् । नेपाल अझै दुई–एकले पछाडि छ । बङ्ग्लादेशका लागि स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ औँ मिनेटमा गाेल गरिन् । 

सम्बन्धित सामग्री

'च्याम्पियन' बङ्ग्लादेशबाट नेपालले के सिक्ने

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप २०२२ मा भारतको दबाब तोडिएसँगै बङ्ग्लादेश नयाँ 'च्याम्पियन' बन्यो । छैटाैँ पटक फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेको नेपाल पाँच पटक नै उपविजेतामा खुम्चिन बाध्य भयो । घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य यस संस्करण पनि नेपाललाई जुरेन । नयाँ शक्तिको रूपमा बङ्ग्लादेश उदाउँदा नेपालको स्तर कसरी नियाल्ने भन्ने जवाफ नयाँ च्याम्पियनले प्रस्टाएको छ । सँगै दक्षिण एसियामा अन्य देशले फुटबल सुधारका गतिविधिलाई चलायमान गर्दा नेपाली टोलीमा अपेक्षाअनुसारको सुधारको सङ्केत देख्न कठिन भएको ...

साफ महिला च्याम्पियनशिपको उपाधि बंगलादेशलाई

साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशलाई पराजित गरी घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको मध्यान्तरसम्म नेपाल बंगलादेशसँग २–० गोल ले पछाडि परेको …

साफ महिला च्याम्पियनशिप : नेपाल फेरि उपविजेतामा सीमित, बङ्ग्लादेशलाई उपाधि

काठमाण्डाै – छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ ।  दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्याे । बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा सान्त्वना गाेल गरिन् ।  साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएकाे हाे । नेपाल भने पाँचाैँ पटक फाइनलमा पराजित बनेकाे छ ...

साफ महिला च्याम्पियनशिप : नेपाल २–० ले पछाडि

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा नेपालसँगकाे खेलमा बङ्ग्लादेशले दुई गाेलकाे अग्रता लिएकाे छ ।  दशरथ रङ्गशालामा भइरहेकाे खेलमा बङ्ग्लादेशले १४ औँ र ४२ औँ मिनेटमा गाेल गरेकाे हाे । उसका लागि स्याम सुन्हार र श्रीमाेती के. सरकारले एक–एक गाेल गरे ।

साफ च्याम्पियनशिप फुटबलको इतिहास रच्ने मोडमा नेपाल

साफ महिला च्याम्पियनशिप फुटबलको बाह्र वर्षे इतिहासमा पाँचपटकको विजेता भारतलाई सेमिफाइनलमा पराजित गरी नेपालले इतिहास रचेको छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको महिला साफ च्याम्पियनशिपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन । आजको जीतसँगै नेपाल साफ च्याम्पियनशिपको पाँचौँपटक फाइनलमा पुग्यो । नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गर्दै नयाँ इतिहास रच्न सफल भयो । …

साफ महिला च्याम्पियनशिप : भारतलाई हराउँदै बङ्ग्लादेश समूह विजेता बन्याे

काठमाण्डाै – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा बङ्ग्लादेशले भारतलाई हराएकाे छ ।  दशरथ रङ्गशालामा भएकाे खेलमा भारतलाई तीन–शून्य गाेलले हराउँदै बङ्ग्लादेश समूह विजेता बनेकाे हाे । बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । भारत भने उपविजेता बनेकाे छ । याेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ ।  याेसँगै बङ्ग्लादेशले साफ महिला च्याम्पियनशिपमा भारतलाई पहिलाे पटक हराएकाे छ । यस्तै भारतले महिला साफ च्याम्पियनशिपकाे...

साफ महिला च्याम्पियनशिप - पहिलाे हाफमा नेपाल ४–० ले अघि

काठमाण्डाै – साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह 'बी' काे अन्तिम खेलमा नेपालले पहिलाे हाफमा श्रीलङ्कालाई चार–शून्यकाे अग्रता लिएकाे छ । दशरथ रङ्गशालामा भइरहेकाे खेलमा नेपालले खेलकाे नवाैँ मिनेटमा पहिलाे गाेल गरेकाे थियाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे गाेल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर बनाइन् । यस्तै खेलकाे १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गाेल गरिन् ।याे खेलमा नेपालले जित वा बराबरीको नतिजा निकाले पनि ...

साफ महिला च्याम्पियनशिप : बङ्ग्लादेशले माल्दिभ्सलाई हरायाे

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएकाे दाेस्राे खेलमा बङ्ग्लादेशले माल्दिभ्सलाई हराएकाे छ ।  दशरथ रङ्गशालामा भएकाे खेलमा बङ्ग्लादेशले माल्दिभ्सलाई तीन–शून्य गाेलले हरायाे । आजै भएकाे पहिलाे खेलमा भारतले पाकिस्तानलाई तीन–शून्य गोलले हरायो । हिजो मङ्गलवारदेखि काठमाण्डौमा सुरु भएको प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानलाई चार–शून्य गाेलले हराउँदै विजयी सुरुवात गरेको छ ।  समूह 'ए' मा नेपाल, श्रीलङ्का र भुटान तथा समूह 'बी...

साफ महिला च्याम्पियनशिप - नेपालले भुटानलाई ४–० ले हरायाे

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेकाे छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएकाे उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियाेगितामा सुखद सुरुवात गरेकाे हाे । नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गाेल गरे । सावित्राले खेलकाे १२ औँ र ६८ औँ मिनेटमा गाेल गरिन् भने अनिताले खेलकाे ५३ औँ र ८५ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह 'ए' रहेकाे नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते साेमवार श्रीलङ्क...

रंगशालामा भुटानमाथि नेपालको दवदवा (फोटोफिचर)

काठमाडौं–  साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।