५ फागुन, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठ (बुद्ध पूर्णिमा) देखि व्यावसायिक उडान सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति आगामी बुद्ध पूर्णिामाको दिनलाई तोकेको हो । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ । सो समितिले […]