पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ।भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर आउन पाइरहेका छन्। सीमावर्ती बजार रुपैडियामा किनमेल गर्न जानेहरूका लागि प्रहरीको रोकटोक नाम मात्रको छ। केन्द्रका संयोजक बा

सम्बन्धित सामग्री

सीमामा भारू सस्तिनुको कारण

नेपाली मुद्रा भारतीयसँग आबद्ध (पेग्ड) गरिए पनि कुनै बेला राष्ट्र बैंकले तोकेको मूल्यभन्दा बढी नेपाली तिरेर भारू साट्नुपर्ने भारतीय सीमाक्षेत्रमा अहिले तोकिएको दरभन्दा ५/१० रुपैयाँ सस्तोमा भारू पाउन थालिएको छ । १ सय भारूका लागि १६० रुपैयाँ तय गरिए पनि १५५ भन्दा थोरैमा भारू पाउन थालिएको छ । किन यसरी सरकारले तोकेको दरभन्दा नेपाली मुद्राको भाउ बढेको छ भन्ने कारण खोज्नुपर्ने देखिएको छ । भारू फालाफाल हुने र नेपाली रुपैयाँको माग बढी हुने कारण के हो भन्नेमा सरकार र राष्ट्र बैंकले तत्कालै अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ । अन्यथा भोलिका दिनमा गम्भीर समस्या आउन सक्छ । छोटो समयका लागि सरकारले तोकेको दरभन्दा सस्तोमा वा महँगोमा भारूको कारोबार हुन सक्छ । २०७२ सालमा भारतीय नाकाबन्दी ताका थोरै समयका लागि यस्तो भएको स्थानीयको भनाइ पाइन्छ । तर, अहिलेको अवस्था केही फरक देखिएको छ । सरकारले तोकेको विनिमय दरभन्दा भारू सस्तोमा विक्री भइरहेको केही महीना भइसकेको छ । त्यसैले अहिलेको अवस्थालाई लिएर गम्भीर हुनुपर्ने देखिएको छ । सीमाक्षेत्रमा सरकारी मूल्यभन्दा कममा भारू विक्री हुँदा नियामक निकाय र सरकारबाट भने किन यसो भइरहेको छ भनेर अध्ययन गरेको सूचना सार्वजनिक भएको छैन । यसले गर्दा सर्वसाधारणले यसबारे जानकारी पाउन सकेका छैनन् । यसरी चासो नदिनु गलत हो । यसलाई बेवास्ता गर्ने हो भने भोलिका दिनमा ठूलै समस्या ननिम्त्याउला भन्न सकिँदैन । सिद्धान्तत: भारूको आपूर्ति बढेर यसको भाउ घटेको हो भन्न सकिन्छ । अर्थात् सीमाक्षेत्रमा भारूको आपूर्ति बढ्यो वा नेपाली मुद्राको माग बढ्यो । या त भारतीयले नेपालमा लगानी गरे या उनीहरूले नेपालबाट सामान बढी किने भन्ने अर्थमा बुझ्न सकिन्छ । यसका साथै सीमाक्षेत्रमा अनौपचारिक अर्थतन्त्र फस्टाएको पनि हुन सक्छ । त्यसो हुँदा उनीहरूलाई भारूभन्दा नेपाली रुपैयाँ बढी आवश्यक पर्‍यो । कतिपयले तेस्रो मुलुकबाट आएको सुन, चिनियाँ उत्पादन र लागू पदार्थ नेपालबाट भारततर्फ अवैध बाटोबाट गइरहेको तर्क गरेका छन् । उनीहरूले नेपाली रुपैयाँमा यसको भुक्तानी गर्ने भएकाले नेरूको माग बढेर भारू केही सस्तो भएको आकलन गरेका छन् । हुन त सुरक्षा संयन्त्रले यसरी भारततर्फ सामान जानै नसक्ने तर्क गरेको छ तर खुला सिमाना भएकाले यसै हो भन्न सकिँदैन । अर्को, भारतमा भन्दा अहिले नेपाली बैंकमा ब्याजदर बढी भएको बताइन्छ । बढी ब्याजका लागि भारतीयहरूले नेपाली रुपैयाँ साटेर यहाँ राखेको अनुमान पनि एकथरीको छ । त्यसो त भारतीयहरू सीमा क्षेत्रमा मदिरा सेवन गर्न आउने गर्छन् । त्यसले गर्दा पनि नेपाली रुपैयाँको माग भएको हुन सक्छ । तर, विनिमय दरलाई नै प्रभावित पार्ने गरी त्यति ठूलो परिमाणमा नेपालमा भारू आएको नहुनुपर्ने हो । अत: यसरी भारू फालाफाल हुने र नेपाली रुपैयाँको माग बढी हुने कारण के हो भन्नेमा सरकार र राष्ट्र बैंकले तत्कालै अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ । भूराजनीतिक अवस्थाका कारण नेपालले भारत र चीनसँग निकै संवेदनशील भएर व्यवहार गर्नुपर्ने हुन्छ । दुवै मुलुकले नेपाललाई पूर्णत: विश्वास गर्न नसकेको अवस्था छ । खासगरी आफ्नो मुलुकको सुरक्षा संवेदनशीलताका विषयमा भारत र चीन दुवै निकै गम्भीर देखिन्छन् । यदि केही व्यवसायीको भनाइलाई पत्याउने हो भने चिनियाँ सुन तस्करी भएर भारत गइरहेको छ । यस्तो अवैध कारोबार भएको हो भने त्यो निकै गम्भीर विषय हो । त्यसमा पनि भोलि छिमेकी मुलुकले आवाज उठाउनुपर्‍यो भने नेपालको छवि बिग्रन सक्छ । साथै अन्य समस्या पनि आउन सक्छ, जसले दुई देशको आपसी विश्वासमा संकट उत्पन्न गर्न पनि सक्छ । त्यसैले यसबारे सरकारले तत्काल छानविन गरी वास्तविकता सार्वजनिक गर्न आवश्यक छ ।

बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ। माथिल्लो भाग पहिराले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा पूर्वाधार निर्माण गरिएको थियो।...

पर्यटकीय पूर्वाधार बनेपछि बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

गलकोट : बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचार-प्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको संख्यामा क्रमशः वृद्धि भएको हो। बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको सीमामा बेलढुङ्गा अवस्थित छ। माथिल्लो भाग पहिरोले भत्किएपछि उजाड बनेको बलेढुङ्गामा गण्डकी प्रदेश सरकार र स्थानीयको…

सीमामा सधैँ एसएसबीको ज्यादती, ज्यादतीविरुद्ध किन बोल्दैन सरकार ?

नेपाल—भारत सीमामा हुने भारतको सशस्त्र सीमा बल (एसएसबी) को ज्यादतीमा नेपाल सधैँ मौन बस्ने गरेको छ ।

संकटका बीच विकासमा निरन्तरता

नेपालमा कोरोना भाइरस संक्रमणको पहिलो लहरदेखि नै स्थानीय सरकार कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेको छ । दोस्रो लहर सुरु भएसँगै सीमावर्ती जिल्लामा संक्रमण रोकथाम थप जटिल बन्दै गइरहेको छ । सीमा नाका हुँदै हरेक दिन नेपाल भित्रिने, सीमामा अलपत्र परेका नागरिकको व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकारको रहेको छ । सीमा नाका हुँदै […]

पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच

काठमान्डाैं / जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ। भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर... The post पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच appeared first on Purbeli News.

सरकार ठप्प पारेरै भए पनि मेक्सिकोको सीमामा पर्खाल लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमामा पर्खाल लगाउन आवश्यक परे अमेरिकी सरकारलाई ठप्प